Search This Blog

Friday, December 30, 2016

आमिर खान- जसले एउटा सिङ्गो जेनेरेसनको सेन्टिमेन्टसँग खेलिरहे

घटना म १० क्लास पढ्दा ताकाको हो। मेरा अरु समकक्षीलाई जस्तै मलाइ पनि एस.अल .सी परीक्षा भनेको ठुलै हाउगुजी हो भन्ने परिसकेको थियो। त्यसमाथि मेरा अभिभावक र विद्यालयका गुरुहरुले नजाने म-मा के खुबी देख्नु भयो, यो केटाले नब्बे प्रतिशत कटाउँछ भनेर पहिलै भविष्यवाणी गर्नु भएको थियो। अनि सुरु भयो मेरो जिन्दगीको रेस ।

घरबाट आउ-जाउ गर्दा टाइम वेष्ट हुन्छ भनेर म होस्टेल बसेँ। बिहान उठ्दा चार दस भयो भने पनि मेरो नब्बे प्रतिशत आउँदैन कि भनेर चिन्ता लाग्थ्यो। टिफिन टाइममा पनि खाजा खाउन्जेल मात्र फुर्सद। छुट्टी भएपछी सबैजना टि-टि, बास्केटबल , स्विमिङ खेल्थे । तर टेन क्लासको स्टुडेन्टले त्यता हेर्नू पनि पाप हो जस्तो लाग्थ्यो किनभने सबै एउटै कुरा भन्थे - जिवन कतातिर मोडिने हो एस.अल.सीले नै निर्धारण गर्छ। सहि - गलत छुट्टाउने फुर्सद हामीसँग हुँदैन थियो किनकी त्यतिखेर मिनेटमिनेटको महत्व हुन्थ्यो।

संयोगवश म छुट्टिमा घर आएको दिन, नजाने कसरी मैले एउटा फिलिम हेर्ने मौका पाएँ । त्यो हेर्नू अघि म तिनलाइ "लगानको" हिरो भनेर मात्र चिन्थेँ तर त्यसदिनदेखि उनी मेरा लागि आमिर खान मात्र रहेनन् , ठुलै रोलमोडल बने।

त्यस दिन घरमा  मलाइ पनि 'इशान नन्द किशोर अवस्थीलाइ ' जस्तै होस्टेल राखेर टर्चर दिन खोज्नु भयो भनेर झगडा गरेँ। फिल्ममा देखाइएको इशानको दाइ आफैँ हुँ जस्तो लाग्थ्यो।

राम शंकर निकुमले बोलेका हेरेक डायलग कन्ठस्थ थिए - " खुद तो अपने सपने पूरा कर नहि पाते अर अप्ने बचे पे थोपर दे'ते हेँ। "
यो नेपालीमा उल्था गरेर घरमा सुनाएँ । त्यसैका कारण दुई-चार दिन त बोलीचाली पनि बन्द भयो।

आफुलाइ इन्टेरेस्ट भएको चिज गर्नुपर्छ भनेर लुकी लुकी नोभेल पढ्न थालेँ। एकदिन क्लासमा बस्दा "लाइफ एन्ड एड्भेन्चर्स अफ रबिन्सन क्रुसो" लुकाएर पढ्दै थिएँ , सर आएर झपाट गाली गर्नु भयो। त्यतिनैखेर, राम शंकर निकुम ढोकाबाट छिरेर मेरो पक्षमा बोलिदिन्छ्न जस्तो लागेको थियो । तर कोहि आएन।

"बाबु आफुलाइ मन लागेका यस्ता कामहरु एस.अल.सी पछि पनि गर्न सकिन्छ , अहिले छाडिदेउ।"

तर मलाइ फिल्मको छाप यत्ती बेजोडसँग परिसकेको थियो कि, निकुम सर जत्तिको जान्ने हाम्रो सर छैनन् भन्ने मलाइ धेरै पछिसम्म पनि लागिरह्यो।

रबिन्सन क्रुसो पढेर पनि मेरो सेकेन्ड ट्रमको जाँचमा नब्बे प्रतिशात कट्यो। अनि त अब झन प्रेसर बढन थाल्यो। एस.एल.सी एउटा आइरन गेट हो भने, त्यो भन्दा उता के छ, न मलाइ कसैले बतायो न मैले कसैलाइ सोध्ने जरुरत नै ठानेँ । मलाइ त नब्बे प्रतिशत ल्याउनु थियो किनभने त्यसो गर्दा, मेरो मम्मी-बुवा खुशी हुनुहुन्थ्यो अनि प्रीन्सिपल सरले धाप मारेर 'स्याबास' भन्नूहुन्थ्यो। बस, यत्तिका लागि म रणभुमिमा उत्रीएँ, सबथोकको बलि चढाएर।
***
एस.अल.सी पछि पढाइबाट अलिक  दिन मात्र के छुट्टी मिलेको थियो, एकजना बुज्रुक घरमा आइपुगे। "केटा केटीहरु बिग्रने भनेकै यहि ३ महिनामा हो । बाबू अलिक मेहेनत गरे, राम्रो कलेजमा साइन्स पढ्न पाइन्छ, नत्र भए जिन्दगी बर्बाद हुन्छ"।

संयोगवश , मेरा एक वर्ष अघिका रोल मोडल निकुम सरलाइ मैले त्यसैदिन मात्र टिभिमा हेरेको थिएँ तर अर्कै अवतारमा। आज मलाइ "रन्चोड दास चाँचडका" एक-एक डायलग कन्ठस्थ थिए।

 ती बुज्रुकका कुरा सुन्नासाथ मेरो दिमाग १८० डिग्रीले घुम्यो । मैले साइन्स , कमर्सबारे केही पनि बुझेको थिइन तर मैले निहुँ खोजेँ - "मैले के पढ्दा राम्रो हुन्छ, त्यो तपाइलाइ थाह हुन्छ कि मलाइ? साइन्स पढ्ने भाको भए म स्कुलदेखी नै साइन्समा फोकस्ड हुने थिएँ।" 

कतिसम्म भने , " यदि मैले साइन्स पढ्न नसकेर मलाइ केही भइहाल्यो भने, त्यसको सम्पुर्ण दोषी तपाइहरु हुनुहुनेछ"।
त्यस दिन कसैले  मेरो विरोधमा चुइक्क समेत बोल्न सकेन।

आमाबाबुले भनेको भन्दा फरक गरेर पनि सफल हुने कथाहरु धेरै कममात्र हुन्छ्न । त्यस्तै मध्यको हजारौंमा एक कथा 'फरान कुरेसी' को पनि हो। तर त्यतिखेर मेरो दिमागले त्यो कुरा पटक्कै बुझेन। मैले सोचेँ- मानिसलाइ आफुलाइ लागेको गर्यो भने मात्र सफल भइन्छ , अर्काले देखाएको अझ विशेषत आमाबाबुले देखाएको बाटो हिँड्यो भने अवस्य दुर्घटना हुन्छ। उमेर झन अर्लि टिनमा चढ्दै थियो, आफुँभन्दा जान्ने कोही छैन जस्तो लाग्थ्यो।

कालन्तरमा फिलिमको मेमोरी डिम हुँदै गयो । मलाइ पनि साइन्स पढे, राम्रो मोबाइल किनिदिनेदेखि , साइन्स पढे संस्कृतसमेत पढन पाइने अवसरको लोभ देखाइयो। अब मेरो जिन्दगीमा नयाँ टार्गेट कायम भयो, साइन्स पढेर राम्रो मार्क्स ल्याउने।
***
"प्रोफेसनल करिअर छुट्टिने मुख्य द्वार प्लस टु हो, जसले आजसम्म एस.अल.सी लाई आइरन गेट भने ती सबै गलत थिए।" करिअर काउन्सिलिङ गर्न भनी आएका अर्का नयाँ बुज्रुकले यसो भने।

ब्याचलर ज्वाइन गर्ने बेलातिर आएपछि बल्ल आयुर्वेदिक मेडिसिन पढौँकि जस्तो जिवनमा पहिलोपटक लागेको थियो। तर परिवारलाई दुखी बनाएर, म आफुलाइ खुसी बनाउन चाहिन र मेरो जिवनमा नयाँ, अध्याय सुरु भयो- एम.बि.बि.एसको"।
***
हाम्रा जेनेरेसनका प्राय सबैजना, कहिले निकुम सरलाइ त कहिले फुङ्सुक वाङगडु लाई रोल मोडल मान्दै हुर्कियौँ।

संयोगवश हिजो मात्रै  हाम्रा ब्याचका धेरै जना ग्राजुएट भए। अब छिट्टै विवाह गर्छन् होला र केही वर्ष भित्रै आमाबाबु पनि ।


म आफैं पनि आफ्ना सन्तानको कल्पना गर्ने उमेरमा पुगिसकेको छु। र हरेकपल्ट सन्तानको बारे सोच्दा, स्कुल लेभलसम्म निकुम सरका कुरा सुन्ने र स्कुल पछिका दिनमा रयान्चोका भनेर मन दरो बनाउँछु।बाल्यकाल अनि आफ्नो पूरा युवा अवस्था भरी बाबुआमा लिबेरल हुनपर्छ भनेर लडिरहियो, धेरैपटक त झगडा पनि गरियो। तर जब अहिले  आफू नै बाबु बन्ने बेला आएको छ, मलाइ यहि समाज एक क्रुर पिता बन्न प्रेरित गरिरहेको छ। मेरो माइन्डसेट परिवर्तन गर्न खोज्दै छ। सायद , फेरि एकपटक म यो समाजको बिपरित दिशामा जान असक्षम हुनेछु। सन्तानका भविष्यका लागि  अनि उनिहरुको खुसीका लागि मैले मेरो धार परिवर्तन गर्नुपर्नेछ। 

कथा काल्पनिक, बायोपिक जे पनि हुन सक्छन् । तर त्यसले दिने म्यासेज कहिलै काल्पनिक हुनसक्दैनन् ।

मेरा रोलमोडल आफ्नै सिदान्तको बिपरित गएर कसरी महाविर सिंह पोगट बन्न सके होलान् ? एक अभिनेताका रुपमा निकुम सर बनेर आफ्नो सपनाको भारी आफ्नो बच्चालाई नबोकाउ भन्दा जत्ती  उनलाइ  सुहाएको छ, त्यो भन्दा कयौं गुणा बढी एक क्रुर बाबु बनेर आफ्नो सपनाको भारी आफ्ना छोरीहरुलाइ बोकाउदा  सुहाएको छ। सायद त्यही भएर उनलाइ कलाकारिताको दुनियामा सेहेनसाह मानिन्छ, पर्फेक्सनिस्ट भनिन्छ।

यति भनिरहँदा, एउटा कलाकारले जीवनभर एकै किसिमको काम गरिरहनुपर्छ भन्ने पनि छैन र एउटा कथाकारले खाली एउटै सन्देश दिने कथा मात्रै लेखिरहनुपर्छ भन्ने पनि छैन।
सायद यहि रहेछ फरक, अभिनेता र अभियन्तामा।
***
जनावरले त आफ्ना सन्तानको बारे सोच्छ  भने मानिसले त झन राम्रो चिताएर यसो गर, उसो गर भन्न किन नपाउने?

शिक्षाविद केदार भक्त माथेमालाई मान्ने हो भने, बच्चाहरुको फाउन्डेसन ब्रोड बनाइदिन पर्छ। १८ वर्षको उमेरसम्म सबैथोक पढाउनु पर्छ, सबैथोक सिकाइनु पर्छ अनि बल्ल साइन्स पढने कि मोडलिङ गर्ने, कमर्स पढ्ने कि एथलेट बन्ने भनेर  छान्न दिइनुपर्छ ।
तर हाम्रोमा त्यस्तो हुँदैन। बच्चादेखि नै रोबोटिक्स बनाइन्छ। एउटै कुरा रिपिटेड्ली दिमागमा हालिदिएर,अरु कुरा पनि एक्जिस्ट गर्छ भन्ने नै थाह दिइदैन। 
बाबू आमाले भनेको छोराछोरीले गर्नै पर्छ, किनभने या 'त उनिहरुले कहिलै आफ्ना सन्तानप्रती गलत चिताउँदैनन वा आफ्ना सन्तानले आफ्नो सपना पूरा गरिदिवोस भनेर सोच्छ्न।

 हुन'त टिचर, अभिभावक र समाजको लहैलहैमा लागेर पछुताउनु परेको छैन, जिन्दगीमा कहिलै पछाडी फर्किएर हेर्नू परेको छैन। आउँदा दिनमा'नी धेरै राम्रो नगरेपनी, धेरै नराम्रो पनि नहुने विश्वास  पलाइसकेको छ। यदि चिताएको सबैथोक पाउनु सफलता हो भने   गोल्ड नै नजितेपनि  एक हिसाबले म पनि गिता-बबिता झैँ  सफल भएँ  जस्तो लाग्छ र यसको जस फेरि घर परिवार र समाजलाई नै जान्छ।

सायद बालक अवस्थामा निकुम सरको  अनि युवा अवस्थामा रयान्चोको सेन्टिमेन्ट हावी भइदिएको भए आज म डाक्टर बन्ने लाइनमा नहुन पनि सक्थेँ, वा यो भन्दा अझ राम्रो पनि  गरिरहेको हुन सक्थेँ , यो मेरालागि सधैँ रहस्य नै रहनेछ।

अझ यो भन्दा ठूलो सस्पेन्स त मेरा जन्मने वाला सन्तानलाइ छ, मेरा बाबू आखिर कुन चाहिँ आमिर खान बन्ने हो, सपना देख्न सिकाउने कि सपनाको भारी बोकाउने?

प्राइभेट मेडिकल कलेजहरु बन्द हुँदै - सरकारलाइ चुनौती साथै अवसर पनि।

धेरै आदर्शका कुरा गरियो, आउनुहोस् एकैछिन यथार्थका कुरा गरौं ।

प्राइभेट मेडिकल कलेज संचालकका कुरा मान्ने हो भने,  डा.गोविन्द केसीको आन्दोलन कै कारण , अब निकट भविष्यमै नेपालमा सम्पुर्ण प्राइभेट मेडिकल कलेजहरु बन्द हुँदै छन् ।

अनौपचारिक कुराकानिका दौरान, एक मेडिकल कलेजका पुर्व संचालकले यसो भन्दै गुनासो व्यक्त  गरे -"एक त डा.गोविन्द केसीले भनेको शुल्कमा हामीले कुनै पनि हालतमा विद्यार्थी पढाउन नै सक्दैनौं अर्को कुरा केसी कै आन्दोलनका कारण मेडिकल क्षेत्रको चार्म घटिसक्यो फेरि यो मेरिट अनुसार भर्ना गर्ने लफडा। आजकाल मेडिसिन पढ्न खोज्ने विद्यार्थी नै पाइँदैनन। अब हामी त बन्द
गर्दै छौँ, सक्छ भने सरकारले चलाएर देखाओस।" 

उनले यसो भनिरहँदा , आज उनकै जुत्तामा खुट्टा राखेर केही कुराहरुको चिरफार गर्न मनलाग्यो।

के ३५ लाखमा विद्यार्थी पढाउन, हाम्रा मेडिकल कलेजहरु साँच्चै  असक्षम छन् त ?

विस्वका धेरै देशहरुमा मेडिकल कलेजका अस्पतालमा जचाउन जाने बिरामीलाइ विशेष सुविधा दिइन्छ। किनभने , विद्यार्थीहरुले त्यहाँ आउने बिरामीका रोगबाट साथै उनिहरुका  अङ्ग प्रत्यङ्गहरुबाट धेरै कुरा सिकिरहेका हुन्छन् 

हाम्रो देशमा पनि मेडिकल कलेजहरुले ओपिडी शुल्कदेखि ल्याब परिक्षण साथै  अन्य उपचार खर्चमा समेत सहुलियत प्रदान गर्नुपर्ने नियम रहेको छ र यसै नियमलाइ आधार बनाइ मेडिकल शिक्षाको मूल्य अन्य संकायको हेरि झन्डै २० गुना बढ्ता तोकिएको पनि छ। तर समस्याको चुरो कहाँनेर छ भने, बिरामीलाइ सहुलियत दिइएको रकम मात्रै होइन , यहाँ त अस्पतालको सम्पुर्ण अपरेसनल कस्टसमेत विद्यार्थीसँग मात्रै उठाउन खोजिएको जस्तो भान हुन्छ। सरसर्ती बाहिर बसेर हेर्दा, आफुलाइ पढाउने फ्याकल्टी मात्र होइन अस्पतालमा कार्यरत अन्य चिकित्सक र कर्मचारीहरुलाइ तलब खुवाउने ठेक्कासमेत विद्यार्थीको नै हो जस्तो लाग्छ ।

 कुरा स्पष्ट छ, टन्न बिरामी आए अस्पतालले आफ्नो खर्च आँफै धान्न सक्छ।बिरामी नआए, त्यो रकम विद्यार्थीसँग उठाउनु पर्छ। त्यसैले जुन-जुन कलेजले अस्वभाविक रुपमा शुल्क बढाइरहेका छ्न, तिनीहरुको गुणस्तर खस्किरहेको छ किनभने जहाँ गुणस्तर घट्छ, त्यहाँ बिरामीको संख्या पनि घटेको हुन्छ।

यो परिप्रेक्षमा यदि कसैले पारदर्शी रुपमा उठाइएको शुल्कमा हामी विद्यार्थी पढाउन असक्षम छौँ भन्छन् भने, या त उहाँहरु निकै नै ठूलो स्केलमा नाफा खोजिरहनु भएको छ वा बिरामी नै कहिलै नआउने न्यून गुणस्तरीय अस्पताल चलाइरहनु भएको छ।

यो भनिरहँदा, हामीले प्राइभेट कलेजहरुले पुर्याइरहेको योगदानलाई भने पटक्कै बिर्सनु हुँदैन।

सबै प्राइभेट मेडिकल कलेजहरु एकैपल्ट बन्द भए के हुन्छ?

एउटै शब्दमा भन्नुपर्दा यस्तो अवस्था आउनु भनेको स्वास्थ्य-शिक्षा क्षेत्रमा महाभुकम्प आउनु जस्तै हो।

१. मेडिकल कलेजहरुले पुर्याइरहेको स्वास्थ्य सुविधाबाट हजारौँ जनता प्रभावित हुन्छन् ।

२. सरकारले वार्षिक रुपमा उठाइरहेको कर बन्द हुन्छ।

३. मेडिकल पढ्न चहाने सयौं  विद्यार्थी विदेशिन बाध्य हुन्छन् ।

४. कार्यरत साथै अहिले अध्ययन गरिरहेका चिकित्सकहरु रोजगारीबाट बन्चित हुन्छन् र अन्ततः विदेशिन बाध्य हुन्छन् ।

५. मेडिकल कलेजसँग आबद्ध गैरचिकित्सकीय म्यानपावर नर्स, ल्याब टेक्निसियन  फार्मेसिस्ट देखि झाडु पोछा लगाउने हरेकको रोजिरोटी खोसिन्छ।


समग्रमा भन्नुपर्दा यसले देशमा गतिलै हलचल पैदा गर्छ।

सायद, अघि नै यो परिस्थितिलाई महाभुकम्पसँग तुलना गर्नुको कारण यसले पैदा गर्ने हलचल मात्र नभएर यो परिस्थितिले उभ्झाउने अवसरको चर्चा गर्नु पनि थियो।

त्यसपछि सरकारका अवसरहरु
सम्पुर्ण रुपमा निजि क्षेत्रमा आस्रित रहँदै आएको देशमा, त्यसपछिका अवसरलाई क्याच गर्नु भनेको भुकम्पले लडाएको धरहरालाइ उठाउन भन्दा धेरै गुणा कठिन काम हो। तर त्यसपछी उठ्ने धरहरा निस्चित रुपमा मजबुत हुनेछ। अर्थात, शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले आफैले लगानी गरि जनतालाइ प्रत्यक्ष लाभान्वित गराए त्यो साँचो अर्थमा क्रान्तिकारी छलाङ हुनेछ। र यो काम कठिन देखिएतापनी असम्भव भने पटक्कै छैन।

उदाहरणका लागि डा.सतिश देवले यसै पत्रीकामा सुझाउनु भएको एउटा मोडललाइ हेरौँ:

राज्यले तत्कालका लागि ७०० जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबिबिएस पढाउन भर्ना गरोस। पहिलो दुई वर्षको पढाइलाई बेसिक साइन्स कोर्ष भनिन्छ जुन पढाउन  बिरामी चाँहिदैन। यो हाइ स्कुलमा जस्तै कक्षा कोठामा बसेर पढ्न सकिन्छ। तसर्थ दुई वर्षसम्म सबै विद्यार्थीलाई एउटै ठाउँमा (फरक-फरक सेक्सनमा विभाजित गरि) राखेर पढाउने । त्यसो गर्दा धेरै म्यानपावर र लगानी गर्नु पर्ने पनि हुँदैन। र त्यो दुई वर्ष भित्र सरकारलाइ आफ्नो जिल्ला , अञ्चल , उपक्षेत्रीय र क्षेत्रीय अस्पतालहरुको स्तरोन्नति गर्ने प्रशस्त समय मिल्छ। बेड संख्यादेखि  अन्य सुविधा अनि विद्यार्थी पढाउन सक्ने विशेषज्ञ डाक्टर जब सरकारी अस्पतालमा पुग्छन् , त्यहाँ बिरामी नआउने झन् कुरै भएन।
अनि जब विद्यार्थी तेस्रो वर्षमा पुग्छन् उनिहरु क्लिनिकल पढाइ अर्थात् बिरामीबाट सिक्न सरकारी अस्पतालहरुमा जानेछन् ।
हेर्नुस् , कति कम लगानीमा सरकारले चिकित्सक उत्पादन गराउन सक्छ, त्यो पनि त्यत्रोको संख्यामा छात्रवृत्ति दिएर।

 मोडलहरु अरु पनि हुन सक्छन् । बस, सरकारले इच्छाशक्ति देखाउन पर्यो। 

बिकसित र पश्चिमा देशहरुको त कुरै छोडिदिउँ, यहिँ नजिकैको श्रीलंकाले पनि  यो काम गरेर देखाइसकेको छ।
 
यदि साँच्चै शिक्षामन्त्री स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसँग आँट छ भने, यसपटक चुनौती स्विकार गर्नुस र चलाएर देखाइदिनुस सरकारी लगानीमा मेडिकल कलेजहरु। आखिर फाइदा त जनतालाइ नै हुनेछ।

Friday, December 16, 2016

चार अरबको लुट हो! जे गर्न नि छुट भो!!


अभिभावक : मेरो छोरीको भर्ना गर्नु पर्ने थियो, के कति फि लाग्छ कुन्नि , फि चार्ट पाउन पाए हुन्थ्यो।
मेडिकल कलेज प्रतिनिधि (मे.क.प्र) : हामीसँग त्यस्ता चार्ट सार्ट हुँदैनन् , आजसम्म ५६ लाख छ, चाँडो भर्ना गर्नुस्, भोलिदेखि त ६२ लाख हुन्छ।
अभिभावक : ओहो! एकरात मै ६ लाख वृद्धि , कसरी?
मे.क.प्र : मुद्रा स्फिर्तिको आधारमा भनेर सोच्नुस।
झट्ट सुन्दा, यो कुनै कमेडी फिलिममा हँसाउन राखिएको संवाद जस्तो लाग्छ । तर न यो कुनै फिलिमको डाइलग हो न कपोकल्पित संवाद नै, यो त अचेल मेडिकल भर्नामा विद्यार्थीहरुले भोगिरहेको कटु यथार्थ हो। हाँसेर मजा लिनुस वा गम खाएर एकछिन सोच्नुस, छनोट तपाइहरुकै हुनेछ।
मेडिकल शिक्षामा हुने शुल्क र मेरिटका अनियमितता बारे भन्डाफोर गर्ने उदेश्यका साथ हामीले यसपटक १००० वटा उजुरी संकलन गरेर शिक्षा मन्त्रीका पुर्याउने महत्वाकांक्षी योजना बनायौँ। धेरैजनाले यो कामको प्रशंसा गर्नुभयो । कत्तिले त फोन, इमेल अनि लिखित रुपमा आफू ठगिएको कुरा जानकारी पनि गराउनुभयो।
मेरिट लिस्टमा अगाडि नै रहेका अर्का विद्यार्थीको भोगाइ यस्तो थियो :

एक साँझ मेरो बाबालाई अचानक फोन आयो , यस वर्ष भर्ना हुन खोज्ने तिनै विद्यार्थी भन्दै थिए-
"तपाइको छोराले हाम्रो कलेजमा फर्म भरेको रहेछ , भर्नाका लागि पहिलो किस्ता बापतको ३१ लाख रुपैया लिएर भोलि आउनुहोला।"
अभिभावक : एक दुई दिन लाग्छ, म जग्गा बेच्ने प्रक्रियामा छु।
मे.क.प्र : भोलि १२ बजेसम्म पैसा जम्मा नगरे, तपाईंको सिट अर्कैलाइ दिनपर्ने हुन्छ, सरी।
ती विद्यार्थीले दिक्क मान्दै भने, एक रातमै त कसरी जम्मा गर्ने त्यत्रो पैसा? बरु सिधै मेरिटअनुसार हुँदैन, बढी पैसा लिएर आउनु भनेकोभए भइहाल्थ्यो ।
अर्को प्रसङ्ग,यसपटक काठमाडौ विस्वविद्यालयले मेडिकल कलेजहरुलाइ ४० प्रतिशतसम्म विदेशी विद्यार्थी भर्ना गर्ने छुट दिएको छ जसको भरपुर फाइदा कलेजहरुले यसरी उठाइरहेका छन् :
मे.क.प्र : कति मार्क्स आएको छ, युनिभर्सिटीको इन्ट्रान्समा ?
अभिभावक : ६२
मे.क. प्र : ए, भनेपछी हाम्रो कलेजमा भर्ना हुन गाह्रो छ, यहाँ ८०-८२ ले त पाएका छैनन् ।
अभिभावक : केही उपाय छैन, झन छोरालाई काठमाडौमै पढाउँ भनेको।
मे.क.प्र : त्यसो भए यसो गर्नोस् । १०-१२ लाख जति बेसी पर्न आउँछ हाम्रोमा फरेन सिट खाली छ, त्यसमा भर्ना गरौंला ।
अभिभावक : कति जति पर्ला?
मे.क.प्र : दिनुस् न तपाईंको छोराले इन्ट्रान्समा ल्याएको मार्क्स जति!

 उनै अभिभावक भन्दै थिए - " कस्तो अचम्मको नियम हो हाम्रो देशमा , यता आफ्नै देशका विद्यार्थीले भर्ना पाइरहेका छैनन् , विदेशीलाइ भने ४० प्रतिशत सिट रे ।
आजकाल नेपालीलाइ भर्ना गर्ने सिट चाहिँ चाँडै सकिन्छ अनि तिनै विद्यार्थीलाई विदेशी कोटामा मँहगोमा भर्ना गर्ने नयाँ टेकनिकको आविष्कार भएको छ।
केयुको पुनः प्रवेश परीक्षाको रहस्य
यसपटक काठमाडौ विस्वविद्यालयले दोहोर्‍याएर प्रवेश परीक्षा लिएको छ। विभिन्न मेडिकल कलेजहरुमा विद्यार्थी नपुगेर, सिट नै खाली जाने अवस्था आएकाले यसो गरिएको होला भन्ने सबैको अनुमान छ। तर सत्य चाहिँ यो भन्दा अलिक फरक पनि हुनसक्छ ।
 हालसालै एक विद्यार्थी सम्पर्कमा आए, जसकाअनुसार उनी केयु अन्तर्गतकै तिन छुट्टाछुट्टै कलेजहरुमा पुग्दा सिट फुल भइसकेको भनी उनलाई फर्म पनि दिन अस्विकार गरियो। उनी तब अचम्मित परे जब युनिभर्सिटीले तिनै कलेजहरुमा विद्यार्थीको अभाव देखाएर पुनः परीक्षा लिने निधो गर्यो।
जानकारहरुका अनुसार पहिलो लिस्टमा पास नभएका विद्यार्थीहरुसँग विभिन्न कलेजहरुले भर्ना गरिदिने बाचा सहित मोटो रकम असुल गरिसकेका छन् । त्यसरी प्रवेश परीक्षा नै उत्तीर्ण नगरी भर्ना गरे, पछि नेपाल मेडिकल काउन्सिलले मान्यता नदिने खतरा रहन्छ। त्यसैले कलेजहरुकै दबाबका कारण युनिभर्सिटीले दोहोर्‍याएर प्रवेश परीक्षा लिएको छ। 


अझ ती विद्यार्थीलाई जसरी पनि पास गराउनुपर्ने दबाबका बिच , रातारात परीक्षा केन्द्रहरु विराटनगर र चितवन पुर्याइएका छन् । प्रवेश परीक्षामा सम्मीलित एक विद्यार्थीका अनुसार , १५ तारिखमा हुने प्रवेश परीक्षाको परीक्षा केन्द्र अचानक १४ तारिख साझ पाँच बजे निर्धारण गरियो त्यो पनि मोफसलमासमेत रहने गरि। "धन्न मेरो काठमाडौ नै परेछ, बिराटनगर परेको भए, फसाद पर्ने, कसरी पुग्नु एक रातमै। "
उसैले थप्यो -" हेरिराख्नुस् , विराटनगर र चितवन सेन्टर पर्ने कोहि पनि फेल हुँदैनन् ।"
यो सब भनिरहदा, म सम्पुर्ण दोष मेडिकल कलेजहरुलाइ मात्रै चाहिँ दिन चहान्न।दोषी अरु पनि छन् :
दोषी नम्बर १: शिक्षा मन्त्री धनिराम पौडेल 

शिक्षा मन्त्रालयले यस वर्षको शैक्षिक सत्र प्रारम्भ हुनुभन्दा अगावै, चिकित्सा शिक्षा अध्ययनका लागि कति पैसा लाग्ने हो, निर्धारण गरिसक्नुपर्ने थियो।
 तर शिक्षा मन्त्री यस विषयमा यस्तरी मौनता साँधेर बसे कि उनलाइ यो कुरै थाह थिएन , फि तोक्ने काम शिक्षा मन्त्रालयको हो भनेर।
यहि मुद्दा उठाएर डा.गोविन्द केसी दशौँपटक अनशन बस्न पर्यो त्यो पनि २१ दिनसम्म। बाफ्रे, शिक्षा मन्त्रीले आफै गर्न पर्ने काम गराउन एउटा चिकित्सकले झन्डै ज्यान फाल्न परेको ।कस्तो उदेकलाग्दो देश।
 अझै पनि सहमती बमोजिम शुल्कको परिपत्र गर्न मन्त्रालय आनाकानी गरिरहेको छ। कडा रुपमा लागू गराउला, कार्वाही गर्ला, मर्कामा परेका विद्यार्थीलाई न्याय देला भनेर त झन् के आस राख्नु।
दोषी नम्बर २ : अभिभावक / विद्यार्थी अर्थात उपभोक्ता
जब हामीले १००० उजुरी संकलन गरेर शिक्षा मन्त्रालयमा बुझाउने निर्णय गर्यौ तब एकजना अभिभावकले पनि हामीलाइ सहयोग गर्नु भएन। उहाँहरु ६५ लाख तिर्नुहुन्छ तर ३८.५० को मात्र बिल दिँदा पनि खुसीखुसी लिएर हिँड्नुहुन्छ। सानो रकम बैंक खातामा दाखिल गरिदिनु हुन्छ , अनि मोटो रकम सिधै टेबलमा लगेर बुझाउनुहुन्छ। आफू भर्ना नहुन्जेल सबैतिरको बिकृती सुनाउन आउनुहुन्छ अनि आफू भर्ना भएपछि एकदमसँग चुप।उहाँहरु गाडी चढ्ता दुई रुपैया ठगिए, हल्लखल्ल गर्नुहुन्छ तर २० लाख ठगिदा चुइक्क बोल्नुहुन्न। यसर्थमा, उपभोक्ता आफैँ ठगिन तयार छ भने, ठग्नेलाइ के को दोष?
अन्तमा, लुटको हिसाबकिताब
यो हिसाब राख्न किन पनि जरुरी छ भने, आज नभए भोलि अथवा, भोलि नभए पर्सि , एकदिन त अवस्य हामी सोझा-निर्धा जनताको आवाज पनि सुनिने छ।हो, त्यो दिन हामी सबै मिलेर पाई-पाइको हिसाब चुक्ता गराउनुपर्छ।
- सरकारले तोकेको (तोक्न बाध्य पारिएको) : ४० लाख औसतमा।
- विद्यार्थीसँग लिइएको : ६० लाख (बढीमा ७०, कममा ५०)।
- फरक : ६०-४० = २०
- एउटा शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थी संख्या : २००० ।
- जम्मा : २००० × २०,००,०००
जम्माजम्मी चार अरबको लुट । लुट के भन्नू ब्रम्हलुट!!

Tuesday, December 13, 2016

कथा: मकालु यातायात


दिवस हतारिदै कलङ्की बसपार्क गयो, सिधै पुर्व जाने गाडी को काउन्टर तर्फ ।
" आज नाइटको दुइ वटा टिकट पाउँन, धरान जाने"।
बोल्दा पनि उ स्वाँ स्वाँ गरिरहेको थियो।
"डिलक्स बसको पछाडिको ७ र ८ बाँकी छ, अलि अलि उफार्छ नि"।
उसलाइ कुन, कहाँको कस्तो सिट आज त्यति मतलब थिएन, बस् धरान पुग्नु थियो। एकदम छिटो।
"हुन्छ दिनुस।"
धत, पैसा निकाल्ने बेलामा पो उसले सम्झियो । उ त आज एक्लै छ। उसकी बुढी छे तर बुढी धरानमा छे।
लाजले मुन्टो निहुरायो अनि जम्मा एउटा टिकट लिएर झट-पट गाडीतिर लाग्यो। सायद गाडीले पनि उसको हतारो बुझेछ क्यारे, अलिकती पनि ढिला नगरी तुरुन्तै थानकोट तर्फ अघि बढिहाल्यो।
गन्तव्य : धरान
गाडी : मकालु यातायात
***
करिब एक वर्ष अघि दिवसको जीवन पनि ठ्याक्कै यो नागढुङ्गामा जस्तै ओरालो लागिरहेको थियो अनि यस्तै नौ बिस भन्दा बढ्ता गुजुल्टिएका घुम्तीहरु। जागिर भर्खरै मात्र खुस्किएको थियो, पढाइ लथालिङ्ग थियो अनि त्यँहामाथी मानुषीले दिएको चोट।
ज्या!! उसले आँफैलाइ हपार्यो- को मानुषी , म मानुषी- सानुषी कसैलाइ चिन्दिन" किनभने उसकी एउटी बुढी छे, एकदम राम्री, मानुषी भन्दा राम्री, सायद सबैभन्दा राम्री।
धार्के पुगेसँगै गाडीले सार्प टर्न लियो अनि दिवसको जिवनले पनि त्यस्तै खाले यु टर्न ।
"आमा म अब बिहे गर्न तयार छु, भोलि नै घर आउँछु अनि अस्ती भनेको केटीसँग कुरा पक्का गर्नुपर्छ है ।"
दिवसका निम्ति बिवाह फगत एउटा प्रतिशोध साँध्ने माध्यम थियो- मानुषीसँगको प्रेम वियोगको प्रतिशोध । भोलिपल्टै आफ्नो घर इनरुवा गयो , केटी भने धरानकी। हो त्यही केटी आज उसकी बुढी हो जो धरानमा छे। उ एकदम राम्री छे तर
पछिल्लो १ वर्ष भयो उसले आफ्नो बुढीलाइ प्रत्यक्ष देख्न नपाएको फोनमा भने कुरा भइनै रह्न्थ्यो- निरन्तर जस्तै ।
****
अब बाटोमा घुम्तीहरु सकिसकेका थिए। थियो त केवल दाँया पट्टी शान्त र सौम्य त्रिशुली नदि अनि बाँया पट्टी मनै लोभ्याउने हरिया चट्टानी पहाड ।
पहिलोपटक दिवसले आफ्नी बुढीलाइ धरानमै देखेको थियो सायद भानुचोकमा हुनपर्छ। उसको सौर्न्दर्यताले दिवस कायल भएको थियो। जसरी मिश्र सभ्यताकि महारानी क्लीयोप्याट्रालाइ देख्नासाथ जुलियो सिजर र हरम्यासिस जस्ता बढे-बढे योद्धाहरु पनि दोस्रो भन्दा तेस्रो पाइला सार्न सक्दैन थिए, दिवसको हालत पनि त्यस्तै भएको थियो। लोग्ने मान्छेको जात, उसले मानुषीलाइ एक झट्का मै बिर्सियो; यस्तरी बिर्सियो कि उसका कुनै पनि स्नायुहरुमा 'मानुषी भन्ने डाटा कहिलै स्टोर नै भएको छैन- बोलेतो:- परमानेन्ट्ली डिलिट।
उसले सपनामा पनि कहिल्यै चिताएको थिएन होला , उसको बिबाह त्यस्ती अप्सरासँग हुनेछ भनेर। त्यसैले त दिवस आफ्नी बुढीलाइ औधी प्रेम गर्छ। बिवाह पस्चात करिब ५ महिना सँगै थिए उनिहरु। त्यस पाँच महिनाका एक एक पलहरु, एक -एक खुसी हरु, एक-एक सुखहरु, सम्झदा आज पनि उसको जिउ सिरिङ्ग गर्छ।
***
"८ नम्बर सिटको दाइ अलि पर सर्नुस त, हाम्रो गुरुजी को मान्छे चढ्ने रे अर्को स्टपबाट" सहचालक भाइको तीखो आवाजसँगै दिवस झल्यास्स बिउँझियो।
झिस-मिस साँझ परिसकेको थियो, सायद मुङ्लिङ आएको हुनपर्छ अनि पो उसले महसुस गर्यो, ७ नम्बर अर्थात उसको छेउको सिट खाली छ। नभन्दै एक अपरिचित स्त्री उसको छेउमा आएर बसी।
निकै बोलक्ड हुनपर्छ सायद, केही क्षेणकै यात्रा पछि उसले प्वाक्क सोदिहाली- "दाइ भर्खर बिदेशबाट आउनु भाको जस्तो छ नि, कहाँसम्म पुग्ने हो कुन्नि ??" । उसले पनि इमानदारीका साथ जवाफ दियो- "हो हिजोमात्र हङकङबाट फर्कदै छु, अहिले चाँही धरान हिँडेको -ससुरालीतिर।"
नजाने दिवसको त्यस वाक्यले उसमा के प्रभाव पर्यो कुन्नी उ निकै भावुक भइ अनि एक-एक गर्दै आफ्ना अतितका पाना पल्टाउन थाली- फररर:
उसको पनि लोग्ने बिदेशमा छ अरे। ३ वर्ष अघि मलेसिया गएको थियो रे । त्यहाँ को म्यानपावरले लगाएको काम चित्त नबुझेपछी भागेर अन्तै काम गर्न थाल्यो रे। त्यसपछि उसको पासपोर्ट र भिसा जफत भयो रे, अनि नेपाल फर्कन नपाएर उतै गैरकानुनी रुपमा बसिरहेको छ अरे। उ भन्दै गइ- यसै बिचमा हाम्रो बसको गुरुजी माछा खान भन्दै हरेक चोटी उसकै होटलमा जान्थे रे अनि घन्टौंसम्म उसलाइ हेरिरहन्थे रे।एक दिन , दुइ दिन गर्दा-गर्दै दुइ बिच प्रेम सम्बन्ध झ्याङिन थाल्यो रे। दिवसलाई उसाका कुरामा झन रुचि लाग्न थाल्यो। एकातिर बिदेशबाट लोग्ने फर्कने वा नफर्कने अनिश्चितता अनि आर्कोतिर हाम्रा गुरुजीको सदाशयता; उसले जिवनमा अत्यन्त ठुलो जोखिम उठाउने निर्णय गरिछ। त्यसैले आज उ त्यो होटल, सासु-ससुरा अनि आफ्नो प्यारो लोग्ने सबथोक सदाका लागि छाडेर यस मकालु यातायातमा चढेकी रहिछ।
दिवसलाइ देखेर सायद उसले बिदेशमा रहेको आफ्नो लोग्ने सम्झी अनि बररर आँसु खसाल्न लागि। निस्पट अन्धकार थियो , आँसु पुछिदिने निहुमा दिवसले उसको शरिरको स्पर्श लिन चाह्यो तर अहँ उसका हात पटक्कै अघि बढेनन किनभने धरानमा उसकी बुढी छे, एकदम राम्री, त्यो स्त्री भन्दा राम्री, सायद सबैभन्दा राम्री।
***
गाडी कृष्णभिरको पहिरो अनि दासढुङ्गाको खोंच छिचोल्दै अघि बढिरहेको थियो, दिवसको मनमा पनि त्यस्तै भयानक अवशेषहरुले ठाउँ लिन थाले । बिबाह भएको ५ महिना मात्रै भएको थियो, दिवसलाइ हङकङ जाने अवसर मिल्यो। समुन्नत भविष्यको लालसामा उसकी बुढीले पनि उसलाई रोक्न सकिन।
जानेबेलामा आमाले भन्नुभएको थियो- तँ नभएपछि बुहारीलाइ यहाँ न्यास्रो हुन्छ होला, एकै वर्षको कुरा त हो उनलाइ माइत मै पुर्याएर गएस है दिवस। उसले त्यसै गरेको थियो। आज त्यही निर्णयले दिवसलाइ पोल्न थाल्यो। बरु घरमै बस भनेको भए आफ्नी आमाको अभिभावक्त्वमा हुन्थी।
...माइतमा ... त्यती राम्री मान्छे.....
दिवसका मनमा अनेक तर्क-बितर्क खेल्न थाले। उसले आफ्नी बुढीलाइ अविस्वास गर्न खोजेको थिएन तर पनि आफ्नै अगाडि जे भैरहेको थियो, उसले त्यस्लाइ नजरअन्दाज गर्न सकेन।
गाडी हेटौंडामा गएर रोकियो, सबै खाना खान ब्यस्त भए, दिवस भने त्यही स्त्रीलाइ नियालिरहेको थियो जसमा उ आफ्नो बुढीको अंश भेटाउँथ्यो।
अघिसम्म आफ्नो लोग्नेलाइ सम्झिएर बगाएको गोही आँसु, त्यस स्त्रीका आँखाबाट ओभाइसकेका थिए।
उ सरासर गुरुजीको हात समाएर एउटा कोठा भित्र पसि अनि गुरुजीले ढोका ढ्याप्प लगाए।
त्यसपछि "मकालु यातायात" का गुरुजी फेरिए। पहाड सकिएर मधेस सुरुभयो, परिवेश फेरियो; सायद दिवसको मन पनि।।
***
पथलैयाको जङ्गल सकिएर निजगढ आयो, निजगढको जङ्गल सकिएर च.पुर आयो अनि च.पुरको जङ्गल सकिएर सर्लाही आयो। जब घनाह जङ्गल आउँथ्यो, उसका मनमा अविस्वासका भावहरु पैदा हुन्थे र जसै बस्ती सुरु हुन्थ्यो र प्रकाश देखिनथाल्थ्यो, उ भित्र पनि आशाका दिपहरु प्रज्वलित हुन थाल्थे।
छेउको ७ नम्बरे सिट धेरैबेर खाली रहन पाएन। मलङगवा पुगेपछी एक जोडी युवक र युवती "मकालु यातायात" मा चढे। युवतीलाइ अगाडी सिट मिलाइयो। त्यस युवक भने दिवसकै छेउमा बस्न आयो।
"कहाँ सम्म पुग्ने होला?" युवकसँग भने दिवस आँफै खुल्न थाल्यो।
"हामी मिर्चैया हिँडेका "
उ अलि अत्तालिएको थियो ।यस्तो लाग्थ्यो उसले आफुभित्र भयानक रहस्य लुकाएको छ। केही घन्टाको यात्रा पछि ती जोडीको गन्तव्य आइपुग्यो र ती झरे।
***
दिवसले त्यस युवक बसेको सिटमा एउटा पत्र भेट्यो अनि पत्रसँग सम्लग्न गरिएको सानो फोटो। फोटो देख्नासाथ दिवस झस्कियो। फोटोको मानिस उसले नचिन्ने कुरै थिएन। गाडी भित्रको अन्धकारमा मोबाइलको लाइट बालेर पत्र पढ्न लाग्यो, जसमा लेखिएको थियो;
प्यारी मानुषी,
यो पत्र लेखिरहदा तिमी सायद यो संसारबाट टाढा भइसकेकी छौ होली किनभने त्यो कोल्ड ड्रीन्क्समा हामीले बिष मिसाइदिएका छौँ। हो हामीले। सुनेना र म। हाम्रो भेट कोरियामा भएको थियो । म काम को खोजिमा पुगेको र उ पढ्न । त्यहीँ हाम्रो माया बस्यो। मानुषी, तिमी मेरी श्रीमती भएर के गर्नु, तिमी धेरै टाढा थियौ। धेरै समयको ग्याप भएपछि मानिसले सबथोक बिर्सिदो रहेछ, म पनि अपवाद बनिरहन सकिन। तिम्रो एउटै गल्ती थियो- तिमी सति-सावित्री निस्कियौ। तिमीसँग मैले डिभोर्स माग्न सकिन अनि यो कदम उठाउन पर्यो। मिल्छ भने मलाई माफ गरिदिनु।
***
गाडीले झ्याप्प ब्रेक हान्यो, कोशी ब्यारेज आइपुगेछ। दिवसले यता-उति हेर्यो। उसको हातमा मानुषीको फोटो थियो मात्र फोटो। खोइ त त्यो चिठी , उ निकै अत्तालियो। सपना होकी बिपना त्यो पनि छुट्ट्याउन सकेन, धेरै पटक चिमोटेर हेर्यो तर पनि सकेन। उसले केही बुझ्न सकेन को हो त्यो युवक, को हो सुनेना, कसरी आयो उसको हातमा मानुषीको फोटो??
सायद पर्स मा पो थियो कि, अहँ होइन।
मानुषी त्यही थिइ, जोसँग दिवसको दुइ वर्ष अघीसम्म प्रेम थियो। एक दिन अचानक मानुषीले आएर उसँग सत्य कबुल गरि- आफ्नो बिबाह भैसकेको र लोग्नेलाइ धोका दिएर उसँग आउन नसक्ने भनेर।" हो त्यसै दिनको प्रतिशोध साँध्न दिवसले बिबाह गरेको। बिबाह शब्दले उ फेरि झस्कियो:- उसकी एउटी बुढी छे, उ धरानमा छे र एकदमै सुन्दर छे।
तर दिवस रात भरिको घटनाले पुरै बिचलित भयो । के साँच्चै ती जोडी मानुषीको हत्या गरेर भाग्दै थिए?
अब त उसले आफ्नी बुढीको मुहार पनि सम्झ्न सकेन ।यो के भइरहेको छ , उसको समझमा केही थिएन। एकदमै ब्ल्यान्क।
***
बिहान सबेरै गाडी धरान पुग्यो। दिवस भने अब ढुक्क थियो, उसकी बुढी अरु कसैसँग हिँडिसकेकी छे, उसलाइ छाडेर ,त्यो पनि सदाका लागी। उसले सम्झियो -अन्तिमपटक फोनमा कुरा हुँदा पनि उ राम्रोसँग बोलेकी थिइन। धेरै पटक भयो, राम्रोसँग सुनिएन भनेर उसकी बुढिले बिचमै फोन काटेको। बसपार्कबाट बुढा-सुब्बा पुग्ने बेलासम्म उसले एक-एक सम्झियो , फेसबुकमा अर्कै केटासँग हालेको फोटो अरु पनि के के हो के के?? उसको मुटु जोड जोडले धड्किन लाग्यो।
***
बुढा-सुब्बासँगै थियो उसको ससुराली। उसकी बुढी सानैदेखी दाजु-भाउजुसँग बस्थी- आमा बाबु सानैमा बितेका। बिहानको ७ बजेको हुनपर्छ, सिदै घर गएर दिवसले डोरबेल बजायो, मुटु ढुक-ढुक गर्दै नै थियो। जब ढोका खुल्यो, उसको क्रोधको सिमा टुट्यो।
लामो हाइ काट्दै एउटा युवक आएर खोलेको थियो ढोका। त्यो युवक उसकी बुढीकी दाइ थिएन न कोहि आफन्त नै। दिवस आँधी -बेहरी जस्तै घर भित्र घुस्यो- सिधै आफ्नी बुढीको बेडरुम तर्फ। अर्धनग्न अवस्थामा युवती ओछ्यान पट्याउँदै थिइ।
दिवसले आफ्नो ब्यागबाट " स्विस नाइफ" निकाल्यो र आफुँतर्फ आउँदै गरेको युवकको पेटमा घुसाइदियो।
उसले अया पनि भन्न पाएको थिएन होला जसै उसका आन्द्रा-भुँडी भुइँमा असरल्ल छरिए।अब बल्ल युवती कराइ। दिवसले उसलाई प्रहार गर्न सकेन, एकदमसँग रोकियो किनभने त्यस युवती उसकी बुढी थिइन।
****
दिवस भुइँमा थ्याच बस्यो अनि पो बल्ल उसलाइ करिब ३ महिना अघि आएको म्यासेजको हेक्का भयो। उसकी बुढीले भनेकी थिइ- पुरानो घर लिलामीमा पर्यो, बल्ल-तल्ल दाजुले अलि माथी सानो टहरा जोड्नु भएको छ, तपाइ आउने हुँदा फोन गरेर मात्र आउनु है!! तर दिवस आफ्नो आगमनको सर्प्राइज दिन चहान्थ्यो!!!सायद धेरै ठुलो सर्प्राइज।
***
सहेनारे!!!

Friday, December 9, 2016

कथा: म अर्थात माथेमा प्रतिवेदन ।


टुँSSSS, ब्याकग्राउन्डमा एकोहोरो शखं बजिरहेको छ।। "राम-नाम सत्य हो, राम-नाम सत्य हो" । लगभग ५० जनाको भिँडबाट यस्ता आवाजहरु मेरा कानमा प्रतिध्वनित भइरहेका छ्न। म सब सुन्न सक्छु, बुझ्न सक्छु अनि महसुस गर्न पनि। मेरो नाक मुन्तिर झिँगा भन्किरहेको छ, अनि त्यसले मलाइ निकै सकस पनि पुर्याइरहेको छ। तर त्यसको पर्वाह कसैलाइ छैन ।म आफैँ पनि बिल्कुल निसाहय भएको छु, तिन- चार पल्ट भयो नाकमा हात पुर्याउन खोजेको तर मेरो शरीर त पुरै प्यारालाइजड भएको छ । चुपचाप झिँगा आतंक सहनु बाहेक अरु कुनै विकल्प छैन। 
**
म नाम किटेरै भन्न सक्छु, मेरा हत्याराहरु पनि यसै भिँडमा छन् ।यिनलाइ त युगकै महान कलाकार भनेर घोषणा गरिदिए हुन्छ , कसरी पो सकेको होला आँसु खसाल्न ?? सायद यसैलाइ भन्छन् होला गोही आँसु-तप्प-तप्प।
मंसिरको जाडो , बिहानपखको समय , बागमती नदिबाट बहेको हावाको एक लहर सिधै मेरो कनपट्टीमा आइपुग्यो अनि ओढाइराखेको पिताम्बर शिरबाट हलुका पर सारिदियो- अनि दृश्यमा आए ‘मने’ सरकार।
**
नाम: ‘मने’ सरकार।
काम: सबैलाइ मने मने भन्ने तर कसैले भनेको नमान्ने ।
पद: राष्ट्रप्रमुख।
त्यस रात अनि त्यो घटना , मेरो मानसपटलमा सब ताजा नै छ्न। ब्याकग्राउन्डमा ३-४ जना उनलाइ जोस्याइरहेका थिए। चक्कु अर्काको , उदेश्य अरुकै, आँट र साहस दिने अरु नै तर, मलाइ राम्रो सम्झना छ, प्रहार भने ‘मने’ ले नै गरेका थिए। पहिलो चोट छातीमा, दोस्रो सिधै मुटुमा , त्यसपछि के भयो मलाइ केही याद छैन। होस खुल्दा सिधै वैद्य-घाटमा थिएँ। जानीफकारहरु भन्दै थिए, यसको मृत्युु भयो।
तर मलाइ सस्पेन्स मनपर्छ। मेरो सास चल्दै छ, यो कुरा कि मलाइ थाह छ कि चार-काधँ दिएर बोकिरहनु भएका मेरा पिताहरुलाइ।
**
म, पुरा नाम : माथेमा प्रतिवेदन 
उमेर: लगभग डेढ वर्ष।
मेरो जन्मकथा अत्यन्त असाधारण छ। जब-जब धरतीमा असत्य, दुराचार र पापको घैँटो भरिन्छ, तब तब म जस्तो असाधारण बालकको जन्म हुन्छ। करिब १०० वर्ष अगाडी विस्वको महाशक्ति अमेरिकामा फ्लेक्जनर रिपोर्टको रुपमा मेरा दौँतरी जन्मिए। फरक यत्ती छ, उ बढ्यो, हुर्कियो अनि जगत हल्लाउने अभिमान आफ्नो राष्ट्रलाइ दिएर गयो। म जन्मिएँ निहत्था जनताको क्रान्तिबाट तर शिशु अवस्था मै मारिएँ राज्य हाँक्ने ठेगदारहरुबाट।
**
ब्रम्हनालको समय भयो, मलाइ निवस्त्र पारियो अनि डङ्ररङ्ग कलिको मुर्ति अगाडी पछरियो। मेरो सास चलिरहेको ज्ञान मेरा पाँचै पितालाइ थियो तर उनीहरु त लाचार अनि निस्साहाय ठहरिए।चुपचाप बागमतीको पानी अँजुलिमा कसेर मेरो मुखमा हालिदिए।। कलि हाँसेको हाँसै भए।। पानी घुटुक्क निल्न खोजेँ, सक्दै सकिन, तब लाग्यो साँच्चै मरिएछ कि क्या हो। यत्तिकैमा दृश्यमा आए; मेकस बहादुर।
**
नाम: मेकस बहादुर ( उर्फ मेडिकल कलेज संचालक ))
काम: अकुत पैसा कमाउने।
त्यस रात मेरो हत्या गर्ने चक्कु यिनैले ल्याएका थिए। उफ कति सग्लो बनेर मलामी आउन सकेका होलान् ।मेरो छातीमा मेरा पिताहरुले जे लेखिदिएका थिए, त्यसले यिनलाइ निकै सकस पुर्याइरहेको थियो। म भन्थेँ, मानिसको जिवन र मरणसँग जोडिएको विषयमा पैसाको खेला हुनुहुँदैन तर यिनलाइ त पैसा कमाउनु थियो, अकुत पैसा। म भन्थेँ कुना-कन्दरामा बसेका जनताले पनि आधारभुत सेवा-सुविधा पाउनुपर्छ । तर यिनलाइ त दुई-चार वटा शहरमा सिमित वर्गका लागि मात्र आफ्नो धन्दा चलाउनु थियो। म भन्थेँ; ठिक्क क्षमता अनुसार भर्ना गर तर यिनलाइ त फ्याक्ट्रीबाट चाउ-चाउ निस्किए जसरी उत्पादन निकाल्नु थियो:- फुत्त फुत्त। म सहि थिएँ वा उनि, त्यो त भविष्यले देखाउला तर आज उनको पैसाको जित भएको छ। त्यस रात पनि बियरको चुस्की लगाउँदै भनेका थिए- "जो ना करे बाबु भैया, वो करे रुपैयाँ।
**
ब्रम्हनालबाट उठाएर सिधै मलाइ चितामा राखियो-सायद प्लटको क्लाइमेक्स। म अब हल्ला गर्ने बाला थिएँ, उठेर भिँडलाइ धकेल्दै दौडिने बाला थिएँ। शरीरमा झन् तागत थपियो जब मैले असाधारण जन्मबारे सम्झिएँ।
मेरा पिताहरु लोकले मानेका अनि इतिहासले चुनेका हस्तिहरु हुन। त्यस्ता दिग्गजको सुविर्यबाट मेरो जन्म भएको थियो। पान्डु, धितराष्ट्र र विदुरलाइ ब्यासले जन्माएको भन्दा पनि अलौकिक अनि सारा मिश्र सभ्यताले पुकारेर जन्माएको हरम्यासिस भन्दा पनि पृथक पद्धतिबाट मेरो जन्म भएको थियो। करिब ६ महिना मन्थन भयो बढो कष्टले , समुद्र मन्थन भए जस्तै वा त्यो भन्दा बढी। एकपटक होइन अनेकपटक कालकुट बिषहरु निस्किए तर हरेकपल्ट बिषपान गर्ने निलकन्ठ एकै थिए। दश पटक आमरण अनशन अनि हरेकपटक बिष घुटुक्क निलिदिन्थे। त्यसैले भन्दैछु मेरो जन्म कति अलौकिक अनि असाधारण छ। अझ अहिले त मेरो पेटमा बच्चा हुर्किरहेको छ- “चिकित्सा शिक्षा ऎन” ।म आफु मरेर भएपनि, यसलाइ जन्म दिनु छ।
**
जेठा पिता दागबत्ती लिएर अघी सर्दै थिए। म जुरुक्क उठेर भाग्न खोजेँ।। आथाSSSS मेरो मुखैमा ल्याएर आगो झोसिदिए। जति चाल्न खोजेपनी शरीर डेग चलेन। आगो हुत्याएर पर फाल्न खोजेँ तर हात चले पो? कुद्दै झवाम्म बागमतीमा हाम फाल्न मन लाग्यो , खुट्टा चले पो। एकछिन असह्य पिडा भयो त्यसपछि छु-मन्तर।
*******
आँखा खुल्दा म अर्कै संसारमा थिएँ। सायद मानिसहरुले भन्ने बैतर्नी यहि थियो। सेतो गाइ पुच्छर फर्काएर खोलाको एउटा किनारमा उभिएको थियो। बिचमा अजङ्गको खोला अनि पारी स्वर्ग या नर्क मैले छुट्टाउन सकिन।
**
हठात एउटा निर्णय लिएँ, म बैतर्नी तर्दिन। म मेरै देश फर्कन्छु, मेरै परिवेशमा जान्छु- मेरो आवश्यकता त्यँहा छ, यहाँ होइन। भलेही मलाइ तार्न निरन्तर श्राद्द गर्लान् , श्रीमतभागवत पुराणको ढोङ रच्लान तर म भड्किरहने छु तबसम्म , जबसम्म एउटा बोल्ड डिसिजन आउँदैन।। फगत एउटा बोल्ड डिसिजन -: म अर्थात् माथेमा प्रतिवेदनको कार्यनयन गर्ने।
**

Tuesday, November 29, 2016

माग अनेक तर सपना एक


एउटी बुढी आमालाइ जिवनमा धेरै थोक चाहिएको थियो। तर उनले यस्तो वरदान पाइन जसअनुरुप उनले एकथोक भन्दा बढ्ता माग्न पाउँदिन थिइन। त्यसैले बढो चलाखीपुर्ण रुपमा उनले यसो भनिन - " चारतल्ले घरको कौसीमा बसेर वरिपरि धान खाने खेत हेर्दै नातीलाइ सुनको थालमा बुहारीले खाना खुवाको हामी बुढा-बुढिले हाँस्दै हेर्न पाउँ"।माग जम्मा एउटै थियो तर उनले यसरी मागिन कि त्यसभित्र सम्पत्ति थियो, घर-जग्गा थियो, सन्तान थिए अनि खुसी थियो।
डा.गोविन्द केसीले स्वास्थ्य र चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रह प्रारम्भ गरेको झन्डै पाँच वर्ष पुग्न लाग्यो। यसबिच उनी १०० दिनभन्दा बढि बडो कष्टपुर्ण निर्जल-निराहार अनशनमा बसिसकेका छन् । संयोगवश दशौँ सत्याग्रह थाल्दै गर्दा उनले मागेका कुराहरु पनि दशवटा नै छन् । अनि आजसम्म आउँदा सतहमा देखिने मुद्दाहरु पनि दशौँ किसिमका छन् ।कहिले लोकमान त कहिले मनमोहन मेडिकल कलेज , कहिले वरिष्ठ डिन त कहिले चिकित्सा शिक्षा ऎन। सबैले प्रश्न गर्छन् : के यस्तै झिनामसिना कुराका लागि डा.केसीले प्राणकै आहुती दिन लागेका हुन् ?
यो प्रस्नको उत्तर जान्नु नै साच्चै डा.केसीलाइ बुझ्नु हो, उनको सत्याग्रहलाइ बुझ्नु हो।
प्रसङ्ग करिब दुई वर्ष अघिको हो, वरिष्ठ पत्रकार बिजय कुमारले एक टेलिभिजन अन्तर्वार्तामा सोधेका थिए - गोविन्दजी तपाइका जिवनका तीन प्राथमिकताहरु के-के हुन। डा. केसीले जवाफ दिए- एक बिरामी, दुई विद्यार्थी । मेरो जिवनमा तेस्रो प्राथमिकता नै छैन । बिजय कुमार आफैँ अवाक भए।
यसअर्थ , डा. केसीका हरेक मागहरु विद्यार्थी र बिरामीलाइ बिचमा राखेर छलफल गरियो भने बुझ्न सजिलो हुन्छ।
काठमाडौलाई पुगिसको
गाउँ ठाउँमा पुग अब।
यो माग विशेषत बिरामीका लागि हो।चिकित्सक भएका ठाउँमा बिरामी जान्छन् यो सामान्य कुरा हो। तर बिरामी भएका ठाउँमा चिकित्सक पुग्छन् त्यो असामान्य कुरा हो। डा.गोविन्द केसी आफ्नै खर्चमा औषधि बोकेर कुना-काप्चाका बिरामी खोज्दै जान्छन् । झन्डै पच्चीस वर्ष भयो रे, यसरी बिरामी खोज्दै हिँड्न थालेको। यो क्रममा अनेकौं सरकार फेरिए, दुई-चार वटा त व्यव्स्थै फेरियो तर जुन जोगी आएपनि कानै चिरेका। न जाजरकोटमा कुनै अस्पताल बन्यो न हुम्ला जुम्लामा डाक्टर पुग्ने वातावरण नै । 
जाजरकोटमा त एकपटक आफुले सकिनसकी काठमाडौदेखि लगेको औषधि बिचमै सकिएछ। आधा बिरामी लाइनमै थिए रे। त्यसपछि उनलाइ लागेछ , अजुँलिमा बोकेर हिँडेको पानीले कतिजनाको प्यास मेट्ने?
अनि डा.केसीले नयाँ प्रयोग थाले गाविस गाविसमा पुगेर त्यहिँ उपलब्ध स्वास्थ्य कर्मिको सीप बिकास गर्ने। त्यसैले उनी आफ्नो हरेक तीन दिने क्याम्पमा दुई दिन बिरामी जाँच्छ्न र तेस्रो दिन कुन रोगसम्बन्धि बिरामी धेरै छन् त्यसैअनुरुप स्वास्थ्य कर्मिलाई ट्रेनिङ दिन्छन् । हाडजोर्नी सम्बन्धि तालिम त झन् छुटाउदै छुटाउदैनन।
यसो गर्दा सानोतिनो समस्या त गाउँ-ठाउँमै ठिक हुने भयो। तर गम्भीर प्रकृतिमा बिरामी? यस कुराले धेरैपटकसम्म डा.केसीको मथिङ्गल हल्लाइरह्यो। अन्त्यमा उनले निष्कर्ष निकाले काठमाडौ केन्द्रित चिकित्सकलाई गाउँ-ठाउँमा पुग्ने वातावरण बनाउनुपर्छ ।
उनको सपना छ : हेल्थ पोस्ट लेभलमा एम.बि.बि.एस , प्राथमिक स्वास्थ्य केन्द्रमा जि.पि (General Practioner) अनि जिल्ला जिल्लामा विशेषज्ञ चिकित्सक ।
डा.केसीको यो सपना पूरा भए सच्चा मानेमा स्वास्थ्य क्षेत्रको विकेन्द्रीकरण हुनेछ। आहा! घर छेउमै सुत्केरी सुविधा , अपरेसन गर्नुपरे अलि पर स्वास्थ्य केन्द्र अनि क्यान्सर नै भए पनि आफ्नै जिल्लामा उपचार।
एक प्रदेश
एक सरकारी मेडिकल कलेज
यो माग बिरामी र विद्यार्थि दुवैका लागि हो। अहिलेको स्थिति कतिसम्म नमिल्दो छ भने , काठमाडौमा बगरल्ती खुलेका प्राइभेट मेडिकल कलेजहरुमा बिरामी नै आउँदैनन् । कोहि फाट्टफुट्ट पुगिहाल्यो भने , सयौंका संख्यामा आएर विद्यार्थिले घेरीहाल्छ्न।
अब दुर्गम जिल्लाको एउटा दृश्य सम्झनुस जहाँ स्वास्थ्यकर्मी नै जाँदैनन् । कोहि फाट्टफुट्ट पुगिहाल्यो भने हजारौंको संख्यामा आएर बिरामीले घेरा हाल्छ्न।
यहाँनेर डा.केसीले मध्यमार्गी बाटो सुझाएका छन् , काठमाडौमा मेडिकल कलेज खोल्न रोक लगाउने अनि थप्न चहानेलाइ विभिन्न जिल्लामा पुर्याउने। मेडिकल कलेज सँगै कम्तीमा ३-४ सय शैयाको अस्पताल खुल्छ, विशेषज्ञ चिकित्सक हुन्छन् , औषधालय हुन्छ, ल्याब हुन्छ।"बिरामी खुशी , विद्यार्थि झनै खुशी "।
उनको सपना छ - एउटा दाङमा खुलोस जसले सल्यान, रोल्पा जस्ता ठाउँका जनतालाइ पनि सुविधा होस। अर्को धनगढीमा खुलोस ताकि कैलाली-कन्चनपुरका जनता उपचार गराउने नाममा सिमा पारी नठगिउन। पुर्वमा उदयपुरमा खुलोस जसले तराइका सिराहा, सप्तरीलाई मात्रै होइन पुर्वी पहाडका सोलुखुम्बु र ओखलढुंगाका जनता लाई पनि एकै ठाउँमा बाँध्नेछ।
के डा.केसीले यस्तो सपना देख्नु नाजायज हो?
सरकारको लगानी होस
चिकित्सा शिक्षा निशुल्क होस!!
झट्ट हेर्दा यो मुद्दा विद्यार्थि केन्द्रित देखिएपनि यसले कालन्तरमा फाइदा पुग्ने भनेको बिरामीलाई नै हो। लाखौं-लाख मोलमोलाइ गरि तयार पारिएका चिकित्सक के गाउँ-गाउँमा गएर सुविधा दिन तयार हुन्छन् ?
फेरि यति महङ्गो चिकित्सा शिक्षा कति प्रतिशत नेपालीले अफोर्ड गर्ने हैसियत राख्छन् ?
त्यसैले यसमा सरकारले लगानी गर्नुपर्छ।
डा केसीको सपना छ : सरकारले हरेक प्रदेशमा खोलेको मेडिकल कलेजहरुमा पुर्ण छात्रवृत्ति सिट होस। रुकुम, रोल्पा र जाजरकोट अनि सिराहा, सप्तरी र तिलाठीका छोराछोरीले पनि निशुल्क डाक्टर पढ्न पाउन।अनि तिनीहरू नै आफ्नो गाउँ-ठाउँमा गएर सुविधा प्रधान गरून्। पोस्ट ग्र्याजुएट पढाई निशुल्क होस अनि उत्पादन भएका विशेषज्ञ चिकित्सक जिल्ला जिल्लामा पुगुन।
दशौँ सत्याग्रह प्रारम्भ गर्दै गर्दा , मैले डा.केसीलाइ यसो भनेको थिएँ - सर कति धेरै माग भएछ है , फ्लेक्स पनि ठूलो छाप्नु पर्ने भयो।
यसो भन्दै गर्दा   , डा.केसी फिस्स हाँसे अनि उहि बुढी आमाको कथा सुनाउदै मलाइ सम्झाए। बाबु मैले मागेको के हो थाह छ -" हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज खुलोस। त्यसको सुविधासम्पन्न अस्पताल होस। त्यहाँ मेडिसिनको निशुल्क पढाइ होस अनि त्यहाँबाट उत्पादन भएका गुणस्तरीय चिकित्सक गाउँ-गाउँ गएर स्वास्थ्य सुविधा प्रधान गरुन, अरु केही छैन , बस यत्ती हो।"
आफुले देखेको सपना पूरा गर्न डा.केसी जस्तोसुकै मुल्य चुकाउन पनि तयार छन् । निशुल्क पढाउ भन्दै गर्दा , शिक्षा मन्त्री ७० लाखको कालोबजारीलाई प्रोत्साहन दिन्छन् । धनगढी र उदयपुरमा मेडिकल कलेज खोल भन्दै गर्दा, डिन काठमाडौका लाई सम्बन्धन दिन दौडधुप गर्छन् ।अरु त अरु प्रधानमन्त्री समेत सरकारीलाइ धरासायी बनाउँदै, निजि व्यवसायीलाई फाइदा हुने निर्णय गराउँछ्न।
"सर, बूढो शरीर कतिन्जेल को-कोसँग लडिरहनुहुन्छ"
"बाबु मैलै देखेको सपना पूरा गर्न म फटाह , दुष्टसँग मात्र होइन , आफ्नै परम मित्र र आफू स्यमसँग पनि निरन्तर लडिरहनेछु"।

Sunday, November 20, 2016

यस अर्थ वरिष्ठ नै हुन पर्छ IOM को डिन:

आठौं अनशनको आठौं या नवौँ दिन, सभामुख ओनसरी घर्तीसँग डा.गोविन्द केसीको वार्ताको एउटा अंश यस्तो थियो:
सर : तपाईं कुन क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुन्छ?
सभामुख : रोल्पा।
सर : तपाईं त बिरामी परे उपचार गर्न बिदेश जानुहोला। तर रोल्पाका जनता कहाँ जान्छन् ? 

के त्यहाँका जनतालाई गुणस्तरीय स्वास्थ्य सुविधा पाउने अधिकार छैन??

***
आज दशौँ अनशनको आठौं दिनमा आउँदा एउटा बहस चुलिदो छ। कहिले लोकमान भन्छन् , कहिले मनमोहन कलेजका कुरा , अहिले आएर फेरि वरिष्ठ डिन चाहियो रे ! के यसरी आफ्नो माग थप्दै / परिवर्तन गर्दै लैजानु जायज हो?
हो, अब सबैले बुझ्न पर्ने कुरा के छ भने - सतहमा माग लोकमान या डिन जे भएपनी; डा.केसीको अहिलेसम्मका हरेक सत्याग्रह ,माथि सभामुखलाई सोधेकै प्रश्नको सेरोफेरोमा घुमिरहेको छ। "तपाइ त उपचार गर्न विदेश जानुहोला तर तपाइको क्षेत्रका जनता नि?"
फेरि सबैको मनमा अर्को प्रस्न उब्जियो होला - दुर्गम क्षेत्रका जनताले पाउने स्वास्थ सुविधा र वरिष्ठ डिन नियुक्ति बिच के सम्बन्ध छ?
हो यो सम्बन्ध बुझ्नु नै डा.केसीलाइ बुझ्नु हो। उनको हरेक सत्याग्रहलाइ बुझ्नु हो।
***
तर्क गर्नेहरु गगन थापा र कुलमान घिसिङको उदाहरण तेर्साएर कार्यक्षमताको वकालत गरिरहेका छ्न। झन कोही-कोही त जापानमा ३१ वर्षे प्रोफेसरले युनिभर्सिटी हाँकिरहेको तर्क पनि प्रस्तुत गर्छन् । यो सब सुनिरहदा मलाइ बारम्बार एन्टन चेकभको एउटा भनाइ याद आउँछ - " दुई चार उदाहरण पेश गरेर कुनै विषयलाइ नै जेनरलाइज्ड गर्नु मुर्खता हो। हरेक वस्तुलाइ इन्डिभिजुयल्ली टृट गर्नुपर्छ।"
यस अर्थमा, के गगन थापाको मन्त्री पद र डिनको पदलाइ एउटै पोल्टामा राखेर दाँज्न मिल्छ??
अझ, के जापानमा जस्तै यहाँ हामीसँग पनि कार्यक्षमता र कार्यदक्षताको कुनै चित्तबुझ्दो परिभाषा छ?
छैन भने कृपा गरेर यो कार्यक्षमता बाला तर्क अघि नसारिदिनुहोला। अन्यथा यहि तर्कलाई आधार बनाइ आइ.वो.एम लाई राजनैतिक कार्यकर्ता भर्ती गर्ने थलो बनाउनेछ्न।
***
आइ.वो.एम मा डिन बन्ने व्यक्ती भनेको , त्यहिँ भित्र काम गर्ने चिकित्सक हो , जो बिशुद्द प्राज्ञिक व्यक्तित्व हुन्छ। अर्थात हिजोसम्म बिरामीको नाडी समातिरहेको वा अपरेसन थिएटर भित्र स्काल्पेल समातिरहेको व्यक्तिले भोलिबाट हठात प्रशासनिक दाइत्व निभाउन पर्ने हुन्छ। एकाध-दुइ लाई छाडेर मेडिसिनमा डिन बन्ने व्यक्तिसँग कुनै पुर्व प्रशासनिक अनुभव हुँदैन।
यस्तो अवस्थामा के हो त उसको कार्यक्षमता- कति बिरामीलाइ निको पार्यो वा उसको सर्जरीमा सक्सेस रेट कति छ? वा अहिलेको भिसी कार्यलयको बुझाइ जस्तै कुन राजनैतिक दलप्रती बफादार छ??
यस अर्थमा जबसम्म सरकारले आइ.वो.एम लाई कार्यक्षमताको उचित परिभाषा दिन सक्दैन र यहि कार्यक्षमताको नाममा पटकपटक चलखेल गरिरहन्छ, तबसम्म हाम्रो डिन वरिष्ठ नै हुनपर्छ। कमसेकम उसले आफ्नो जुनियरले भन्दा बढ्ता देखेको हुन्छ, ज्यादा भोगेको हुन्छ र सबैभन्दा महत्वोपुर्ण कसैको निगाहाले नभइ सिस्टमले नै डिन बनेको व्यक्ती उसको पोलिटिकल मास्टरप्रती नभइ आफ्नो संस्थाप्रती जिम्मेवार हुन्छ।
****
अब कुरा आउँछ, डा.केसीले सभामुखलाइ सोधेको प्रश्न को के भयो?
यस कुरालाई व्याख्या गर्न यसैपटकको उदाहरण हेरौँ। सबैभन्दा वरिष्ठ मानिएका डा.जगदीश अग्रवाललाई ठूलो हथकन्डा अपनाएर डिन हुन दिइएन र उनको साटोमा वरिष्ठता मिच्दै डा.केपी सिंहलाइ डिन नियुक्त गरियो। नियुक्तिसँगै उहाँले एक त जारीरहेको भर्ना प्रक्रिया व्यवस्थित गर्न र सरकारले तोकेको ३५ लाख शुल्क लागु गराउन तदारुकता देखाउनु भएको छैन अर्को उहाँ आफुलाइ नियुक्त गर्नेप्रती वफादार रहदै काठमाडौमा रहेको एक पुर्वाधार बिहिन मेडिकल कलेजलाइ सम्बन्धन दिने दाउमा हुनुहुन्छ। जब ,फेरि यहि काठमाडौमै मेडिकल कलेज खोलिन्छन अनि लाखौं-लाख पैसाको मोलमोलाइ गर्दै चिकित्सक उत्पादन गरिन्छ्न तबसम्म सभामुखका क्षेत्रका जनता सिटामोल पनि नपाएर मरि नै रहन्छन् ।
***

Saturday, November 19, 2016

अरे बाफ रे डा.साब तो जवान छि


****
झुस्स सेता दारी , चिल्लो तालु अनि मुसुक्क मुस्काउने हँसिलो मुहार। अनशनका बेला पत्र- पत्रीका र टेलिभिजनमा छाइरहने डा. गोविन्द केसीलाइ सायद कसैले सम्झन पर्दा यहि चित्र मानसपटलमा सुरुमै आउँछ। आज दशौँ अनशनको पाचौं दिन, हल्का दारी बढ्न थालेका छन् , सास फेर्न समस्या भएर अक्सिजन माक्स लगाइएको छ र मुटुको चाल निरन्तर मनिटर गर्न अनेकथरी तार झुन्डाइएको छ। समग्रमा भन्नुपर्दा उहाँ अब ठ्याक्क पत्रपत्रिकामा देखिने गोविन्द केसीको अवतारमा हुनुहुन्छ । तर अनशन बस्नु ठिक पुर्व उहाँको जीवनचर्या अति नै सामान्य हुन्छ। यतिसम्म सामान्य कि यति परिचित अनुहार तपाईंको अगाडिबाटै निस्कन्छ्न तर तपाइले उनी डा.केसी हुन भनेर लख पनि काट्न सक्नु हुन्न।
****
गोविन्द सर आफ्नो आठौं अनशनबाट बल्लतल्ल तङग्रदै हुनुहुन्थ्यो, अचानक सप्तरीमा भारतीय पक्षले बाधेको बाँधका कारण तिलाठी जलमग्न भएको घटना खरमा सल्केको आगो झैँ देश भरि नै फैलियो। सायद डा.केसी पनि लाइब्रेरीमा यहि समाचार पढ्दै हुनुहुन्थ्यो, जुरुक्क उठेर सरासर हिँड्नुभयो। यसपटक साथ लाग्नेमा हामी केही थान विद्यार्थी पनि भयौँ। सप्तरीका लागि चढेको नाइट बसमा एकजना वयस्कको गतिविधि हामीलाइ निकै संकास्पद लाग्यो। उनी अगाडिको सिटमा थिए तर घरीघरी हामी भएतिर पछाडी आउँथे र सरतिर पुलुक्क हेर्थे। नौबिसेमा गाडी रोकियो तर पनि उनको शंकालु हेराइ भने जारी नै थियो। रात छिप्पिदै जाँदा ती ब्यक्तिलाइ अचाक्लै भएछ क्यार, हेटौंडामा खाना खान ओर्लिदा उनी हामी नजिकै आए -
"हजुर डा.गोविन्द केसी हैन?"
सर : हाहा, भनेपछि तपाई पनि झुक्किनु भयो है! डा. केसी त अनशन बस्दा-बस्दा कति दुब्ला भएका होलान् । हेर्नुस म त कति मोटो घाटो छु"
ती व्यक्ति : अँ है साच्चै ,उनी त दुब्ला होलान् नि।
सर : यसमा तपाईंको केही गल्ती छैन, म उनी जस्तै देखिन्छु। धेरै मान्छे झुकिन्छ्न।
त्यसपछि यात्रा भरी नै ती व्यक्ति कहिलै हाम्रा तिर आएनन् सायद उनी विस्वस्त भए कि , अनशन बसिरहने डा.केसी त निकै दुब्ला छन् ।
****
राजबिराजमा ओर्लिदा, हामीसँग दुई फुल प्याकेट त्रिपाल अनि ३-४ कार्टुन औषधि थिए । सायद ती सामान बोकिदिने ठेलावाला दाइले सरलाइ काठमाडौंबाट आएका कुनै एनजिवो/आइएनजिवो का प्रतिनिधि ठानेछ्न क्यार (बाटोमा कुरा पनि त्यस्तै गर्दै थिए) हामीलाइ त्यहाँको तीन-तारे होटलमा पुर्याइदिए। सामान बिसाएर नुहाइ-धुवाइ गर्न थालियो। एकछिन पछि यसो विचार गर्छौ त सर नै हुनुहुन्न। हतार-हतार फोन घुमाएँ- सर कता निस्कनु भयो??
" बाबू म त अलि सस्तो होटल पाइन्छ कि भनेर खोज्न पो निस्किएँ। यहाँ बाढीपिडितलाई सेवा गर्न आएको , बरु जति पैसा बच्छ, सबै उनीहरुलाइ नै खर्च गरौँ"।
त्यसपछि तीन दिनको होटलको एक्स्ट्रा खर्च कटाएर हामीले वृद्ध-वृद्दालाई फलफूल अनि केटाकेटीलाई कापीकलम किनिदियौँ। खाना- खाजा पनि मितव्ययिता अपनाएर नै खाने निर्णय भयो।
अर्को बिहान, खाजा खान एउटा पसलमा छिरेका थियौँ। त्यहाँका साउझी एकटक लाएर हामीलाइ हेरेको हेरै गर्न थाले। हामी जेरी-पुरीले अघायौँ तर उनको जिज्ञासाको भोक अझै मेटिएको थिएन। पैसा तिर्नै लाग्दा उनले पैसा लिन मानेनन् तर एउटा प्रश्न गरे - हजुरलाई मैले देखेको हो तर कहाँ देखेको यादै भएन??
सर : टिभीमा हो?
साउझी : हो , टिभीमै हो। बल्ल याद आयो।
सर : अँ त नि , म धेरै टेलिसिरियलहरुमा खेलिरहन्छु सायद कुनैमा देख्नु भयो होला।"
साउझी टेलिसिरियलको नाम सम्झिन थाले। तर उनको दिमागमा नाम आउनु अगाडी नै हामी त्यहाँ पैसा राखिदिएर धेरै अगाडि बढिसकेका थियौँ।
***
राजबिराजबाट तिलाठी करिब १३ किलोमिटरको दुरिमा छ। चाँडै सामान बोकेर लैजान एउटा मोटरसाइकलको व्यवस्था गरियो। हामीले को-के खासै परिचय नखुलाइ जित दाइलाई यसो भनेका थियौँ -
" काठमाडौँबाट एकजना डाक्टर आउनुभएको छ उहाँ तिलाठी पुग्नु अगाडि नै औषधि लिएर त्यहाँ जानुपर्ने भयो, तपाईं बाइकमा लगिदिनुस न है!"
तर सरले हामीलाइ गाडीमा पठाएर आफूले नै अट्ने जति औषधि बोकेर जानुभयो। जित दाइ निकै रमाइला मानिस थिए, बाटोमा पनि सायद सरसँग ठट्टा गर्दै गए होलान् ।
हामी त्यहाँ पुग्दा , साउनको मधेसको घाममा सर असिनपसिन भएर बिरामी जाच्दै हुनुहुन्थ्यो। कसैलाई औषधि दिनुहुन्थ्यो, कसैलाइ सुइ लगाइदिनुहुन्थ्यो, कसैलाई फिजियोथेरापी सिकाइदिनुहुन्थ्यो। खाजा पनि खान नपर्ने, शौचालय पनि जान नपर्ने , बिचबिचमा यसो एक-दुइ घुट्की पानी खायो अनि बस बिरामी जाँचिरह्यो। यो क्रम साझँ हुनेबेलासम्म चलिरह्यो।
साँझतिर तिनै जित दाइ हस्याङफस्याङ गर्दै आइपुगे। डा.गोविन्द केसी तिलाठी पुगेको खबर पुरै राजबिराज भरी फैलिसकेको रहेछ।जब उनी सरले बिरामी जाँचिरहेको कोठामा पुगे, बल्ल उनको होस खुलेछ। बिहान आफुले बाइकमा ल्याएको व्यक्ति त सामान बोक्ने मानिस होइन रहेछन् बिरामी जाच्न आएका डाक्टर नै रहेछन् । त्यो पनि राजबिराजमा चर्चा गरिएको डा.गोविन्द केसी।
सायद उनको दिमागमा तिनै पत्रपत्रिकामा देखिने , झुस्स दारी भएको, अनि निकै गलेर सुतिरहेका अनशनकारी डा.गोविन्द केसी थिए होलान् । त्यसैले त उनको मुखबाट हठात फुस्कियो -
"अरे बाफ रे, डा.साब तो जवान छि!!"

**

Sunday, October 23, 2016

He-She Story

To Sum up his life in one sentence I would preferably say-“Bank of Bagmati River underneath the bridge of Sankhamul”. In one hand the bridge separates two districts of a valley while on the other hand it forms a sharp demarcation between two different lives. One life running incessantly to gain an extravagance has no spare time to look below the other life just striving for a piece of bread.
****
And he belongs to second half of the description. He does not have an extra-ordinary ambition in his life nor has he ever blamed his fate for this condition. He has spent countless night below the bridge of Sankhamul with an empty stomach, surpassed endless days seeing his own dignity falling down. Yet he is the happiest person of this world. And all credit to his bliss goes to her. No matter what the quantity of food is, when she is with him they both feel like having a fully blown tummy.
****
The day when he met her was not less dramatical one. Dark cloud had just turned apart after a heavy downpour in the city. The holy Bagmati had increased its bulk and a pace. Then he suddenly saw her going to jump into the river. He had no ideas from where she came and why was she going to kill herself. All he knew was, he needs to save her life. Within a flash, he was there to grab her. To his surprise, she had a dilated tummy and was continuously regretting for that sin. He later realized the father of that unburned baby had recently passed away due to accidental consumption of poisoned food flowing in same mighty river.
From that day onward, they both stayed together. He used to make a long walk over the bank of river now searching for two pieces of bread. Some nights he used to come with a single piece and gave her most of them. For few weeks she was alright dong all her stuffs and getting food by her own. But gradually her belly was increasing and so was his burden.
****
One day he decided to go above the bridge to collect ample of food to feed her. He had heard a lot about that life but never had the first hand experience of it. People there were well dressed smiling over each other. Some hurrying, some stepping slowly and some resting at the park. But his attention was drawn by a shop where everyone was voraciously feeding. He went there, sat down and continuously gazed through a glass frame at those people and their foods. He began to dream there of having enough food for his beloved one. Suddenly a van with a loud siren stopped by his side and two man with a gun fire came near to him. They caught him tightly and after a short ride he was in a place where he found other lads of his type.
****
Two days had passed since she had her last food. Night passed with the wet eyes and days went off gazing over the bridge. But he did not come back. She finally convinced herself that he flew away and no any male in this world is trustworthy. That devastating emotion was then followed by a series of labor pain. Ultimately there was nobody in her difficult days.
****
He was not having a fun in the custody either. It took him three days to find out loop hole in that security system. A love for the soul mate gave him an immense power to jump off a cliff and cross countless of hurdles to come out of the cage. And finally when he reached below the bridge of Sankhamul, she had already emptied her belly. Their sight caught each other. 

He could easily read the feeling of being betrayed in her eyes. 

No sooner then he shook off his tail and barked out loud saying-“We have not given up the trust and honesty like these poor human beings”

Poem : Untold Story.



It is the story of my pain;
I was in nine when she was in ten.
It was the summer, a sunny day;
When I first saw her coming through school way.
****
She was the captain of my house ;
Beautiful lady made some feelings to arouse.
Sweetness in voice but bold was her command;
Even the headmaster used to applause her clapping the hands.
*****
The year marked an annual student's week;
I asked her to be my partner a little quick.
We made a team for general quiz;
She had the answers when I buzzered the switch.
******
Combination of ours was hailed by all;
Beauty and the brain, rarest was a girl.
We then begin to represent outside ;
With handful of medals, raised the school's pride.
****
Once we were sent for poetry's work;
She taught me for weeks how it goes.
Juries gave their decide, left to hear;
She grabbed my hand with the fear.
****
Finally we got the titles with a louder beeps;
That was the day when I first kissed her lips.
The sight showed nobody nor were there any peeps;
She pulled me towards her seeking the lips.
*****
The days passed away, plural weeks lapsed;
Those cherishable moments were lost within a flash.
Thousands of effort were to be made for her to see;
Harder the days even to her, appearing the SLC.
*****
It was the final day of her exam;
I dared to speak all those collected as spam.
I purpose her in a different way;
She then asked for a week to have her say.
*****
She discarded my love, that's what the letter sound;
Tears rolled through my cheeks with no bound.
I was told that she could not make to the junior;
From the very day my heart always ask-sir:
Then what was that kiss for?