टुँSSSS, ब्याकग्राउन्डमा एकोहोरो शखं बजिरहेको छ।। "राम-नाम सत्य हो, राम-नाम सत्य हो" । लगभग ५० जनाको भिँडबाट यस्ता आवाजहरु मेरा कानमा प्रतिध्वनित भइरहेका छ्न। म सब सुन्न सक्छु, बुझ्न सक्छु अनि महसुस गर्न पनि। मेरो नाक मुन्तिर झिँगा भन्किरहेको छ, अनि त्यसले मलाइ निकै सकस पनि पुर्याइरहेको छ। तर त्यसको पर्वाह कसैलाइ छैन ।म आफैँ पनि बिल्कुल निसाहय भएको छु, तिन- चार पल्ट भयो नाकमा हात पुर्याउन खोजेको तर मेरो शरीर त पुरै प्यारालाइजड भएको छ । चुपचाप झिँगा आतंक सहनु बाहेक अरु कुनै विकल्प छैन।
**
म नाम किटेरै भन्न सक्छु, मेरा हत्याराहरु पनि यसै भिँडमा छन् ।यिनलाइ त युगकै महान कलाकार भनेर घोषणा गरिदिए हुन्छ , कसरी पो सकेको होला आँसु खसाल्न ?? सायद यसैलाइ भन्छन् होला गोही आँसु-तप्प-तप्प।
मंसिरको जाडो , बिहानपखको समय , बागमती नदिबाट बहेको हावाको एक लहर सिधै मेरो कनपट्टीमा आइपुग्यो अनि ओढाइराखेको पिताम्बर शिरबाट हलुका पर सारिदियो- अनि दृश्यमा आए ‘मने’ सरकार।
**
नाम: ‘मने’ सरकार।
काम: सबैलाइ मने मने भन्ने तर कसैले भनेको नमान्ने ।
पद: राष्ट्रप्रमुख।
त्यस रात अनि त्यो घटना , मेरो मानसपटलमा सब ताजा नै छ्न। ब्याकग्राउन्डमा ३-४ जना उनलाइ जोस्याइरहेका थिए। चक्कु अर्काको , उदेश्य अरुकै, आँट र साहस दिने अरु नै तर, मलाइ राम्रो सम्झना छ, प्रहार भने ‘मने’ ले नै गरेका थिए। पहिलो चोट छातीमा, दोस्रो सिधै मुटुमा , त्यसपछि के भयो मलाइ केही याद छैन। होस खुल्दा सिधै वैद्य-घाटमा थिएँ। जानीफकारहरु भन्दै थिए, यसको मृत्युु भयो।
तर मलाइ सस्पेन्स मनपर्छ। मेरो सास चल्दै छ, यो कुरा कि मलाइ थाह छ कि चार-काधँ दिएर बोकिरहनु भएका मेरा पिताहरुलाइ।
**
म, पुरा नाम : माथेमा प्रतिवेदन
उमेर: लगभग डेढ वर्ष।
मेरो जन्मकथा अत्यन्त असाधारण छ। जब-जब धरतीमा असत्य, दुराचार र पापको घैँटो भरिन्छ, तब तब म जस्तो असाधारण बालकको जन्म हुन्छ। करिब १०० वर्ष अगाडी विस्वको महाशक्ति अमेरिकामा फ्लेक्जनर रिपोर्टको रुपमा मेरा दौँतरी जन्मिए। फरक यत्ती छ, उ बढ्यो, हुर्कियो अनि जगत हल्लाउने अभिमान आफ्नो राष्ट्रलाइ दिएर गयो। म जन्मिएँ निहत्था जनताको क्रान्तिबाट तर शिशु अवस्था मै मारिएँ राज्य हाँक्ने ठेगदारहरुबाट।
**
ब्रम्हनालको समय भयो, मलाइ निवस्त्र पारियो अनि डङ्ररङ्ग कलिको मुर्ति अगाडी पछरियो। मेरो सास चलिरहेको ज्ञान मेरा पाँचै पितालाइ थियो तर उनीहरु त लाचार अनि निस्साहाय ठहरिए।चुपचाप बागमतीको पानी अँजुलिमा कसेर मेरो मुखमा हालिदिए।। कलि हाँसेको हाँसै भए।। पानी घुटुक्क निल्न खोजेँ, सक्दै सकिन, तब लाग्यो साँच्चै मरिएछ कि क्या हो। यत्तिकैमा दृश्यमा आए; मेकस बहादुर।
**
नाम: मेकस बहादुर ( उर्फ मेडिकल कलेज संचालक ))
काम: अकुत पैसा कमाउने।
त्यस रात मेरो हत्या गर्ने चक्कु यिनैले ल्याएका थिए। उफ कति सग्लो बनेर मलामी आउन सकेका होलान् ।मेरो छातीमा मेरा पिताहरुले जे लेखिदिएका थिए, त्यसले यिनलाइ निकै सकस पुर्याइरहेको थियो। म भन्थेँ, मानिसको जिवन र मरणसँग जोडिएको विषयमा पैसाको खेला हुनुहुँदैन तर यिनलाइ त पैसा कमाउनु थियो, अकुत पैसा। म भन्थेँ कुना-कन्दरामा बसेका जनताले पनि आधारभुत सेवा-सुविधा पाउनुपर्छ । तर यिनलाइ त दुई-चार वटा शहरमा सिमित वर्गका लागि मात्र आफ्नो धन्दा चलाउनु थियो। म भन्थेँ; ठिक्क क्षमता अनुसार भर्ना गर तर यिनलाइ त फ्याक्ट्रीबाट चाउ-चाउ निस्किए जसरी उत्पादन निकाल्नु थियो:- फुत्त फुत्त। म सहि थिएँ वा उनि, त्यो त भविष्यले देखाउला तर आज उनको पैसाको जित भएको छ। त्यस रात पनि बियरको चुस्की लगाउँदै भनेका थिए- "जो ना करे बाबु भैया, वो करे रुपैयाँ।
**
ब्रम्हनालबाट उठाएर सिधै मलाइ चितामा राखियो-सायद प्लटको क्लाइमेक्स। म अब हल्ला गर्ने बाला थिएँ, उठेर भिँडलाइ धकेल्दै दौडिने बाला थिएँ। शरीरमा झन् तागत थपियो जब मैले असाधारण जन्मबारे सम्झिएँ।
मेरा पिताहरु लोकले मानेका अनि इतिहासले चुनेका हस्तिहरु हुन। त्यस्ता दिग्गजको सुविर्यबाट मेरो जन्म भएको थियो। पान्डु, धितराष्ट्र र विदुरलाइ ब्यासले जन्माएको भन्दा पनि अलौकिक अनि सारा मिश्र सभ्यताले पुकारेर जन्माएको हरम्यासिस भन्दा पनि पृथक पद्धतिबाट मेरो जन्म भएको थियो। करिब ६ महिना मन्थन भयो बढो कष्टले , समुद्र मन्थन भए जस्तै वा त्यो भन्दा बढी। एकपटक होइन अनेकपटक कालकुट बिषहरु निस्किए तर हरेकपल्ट बिषपान गर्ने निलकन्ठ एकै थिए। दश पटक आमरण अनशन अनि हरेकपटक बिष घुटुक्क निलिदिन्थे। त्यसैले भन्दैछु मेरो जन्म कति अलौकिक अनि असाधारण छ। अझ अहिले त मेरो पेटमा बच्चा हुर्किरहेको छ- “चिकित्सा शिक्षा ऎन” ।म आफु मरेर भएपनि, यसलाइ जन्म दिनु छ।
**
जेठा पिता दागबत्ती लिएर अघी सर्दै थिए। म जुरुक्क उठेर भाग्न खोजेँ।। आथाSSSS मेरो मुखैमा ल्याएर आगो झोसिदिए। जति चाल्न खोजेपनी शरीर डेग चलेन। आगो हुत्याएर पर फाल्न खोजेँ तर हात चले पो? कुद्दै झवाम्म बागमतीमा हाम फाल्न मन लाग्यो , खुट्टा चले पो। एकछिन असह्य पिडा भयो त्यसपछि छु-मन्तर।
*******
आँखा खुल्दा म अर्कै संसारमा थिएँ। सायद मानिसहरुले भन्ने बैतर्नी यहि थियो। सेतो गाइ पुच्छर फर्काएर खोलाको एउटा किनारमा उभिएको थियो। बिचमा अजङ्गको खोला अनि पारी स्वर्ग या नर्क मैले छुट्टाउन सकिन।
**
हठात एउटा निर्णय लिएँ, म बैतर्नी तर्दिन। म मेरै देश फर्कन्छु, मेरै परिवेशमा जान्छु- मेरो आवश्यकता त्यँहा छ, यहाँ होइन। भलेही मलाइ तार्न निरन्तर श्राद्द गर्लान् , श्रीमतभागवत पुराणको ढोङ रच्लान तर म भड्किरहने छु तबसम्म , जबसम्म एउटा बोल्ड डिसिजन आउँदैन।। फगत एउटा बोल्ड डिसिजन -: म अर्थात् माथेमा प्रतिवेदनको कार्यनयन गर्ने।
**
No comments:
Post a Comment