पूर्व अमेरीकी राष्ट्रपति थोमस जेफरसनको एउटा निकै प्रसिद्ध भनाइ रहेको छ –“
I never considered a difference of opinion in politics , in religion , in philosophy as a cause for withdrawing from my friend." अथार्त मैले कहिल्यै पनि मेरो भिन्न राजनैतिक , धार्मिक वा दार्शनिक विचारलाइ मेरा साथी–भाइबाट टाढिने माध्यम बन्न दिइन ।
राजनीतिमा एउटा गजबको सूूत्र छ फुटाउ अनि राज गर । चाहे त्यो सम्बन्धका लागि गरिने राजनीति होस या सत्ताका लागि , हमेसा यो सिदान्त लागु भइरहन्छ अनि समाज, राजनीतिका कारण अनावश्यक या सानातिना कुराहरुमा विभाजित भइरहन्छ । समाजमा अस्थिरता नभइ , सत्तामा स्थिरता छाउँदैन । त्यसैले त सत्ताले हामीलाइ सधैँ एक–अर्कासँग लडाइरहन्छ , हामीबिच फुट सृजना गराइरहन्छ अनि त्यसैको आवरणमा आफू राज गरिरहन्छ ।
आइओेएमको विद्यार्थी राजनीति
भनिन्छ ०४६ अनि ०६२–६३ सालमा ब्यवस्था परिवर्तका लागि भएका आन्दोलनका झिल्काहरु टिचिङ अस्पतालकै विद्यार्थी , कर्मचारी र प्राध्यापकहरुले बालेका थिए । त्यतिखेरको अवस्थामा सार्वजनिक रुपमा मानिसहरुलाइ संगठित बनाउन पाइदैन थियो । त्यसैले त मूलधारका राजनैतिक पार्टिहरुले बडो चातुर्यताका साथ शैक्षिक क्षेत्रमा आफ्ना भातृ संगठनहरु बिस्तार गरे जहाँ सरकारले कुनै रोक–तोक गर्न पाउँदैन थियो । फलत उनीहरु विद्यार्थी र शैक्षिक क्षेत्रका विज्ञहरु मार्फत नै आफ्ना एजेन्डाहरु जनता समक्ष पुर्याउँथे । यसरी त्रिभुवन विश्वविद्यालय लगायत आइओएममा पनि विद्यार्थी संगठनको बिजारोपण भयो । र त्यसबखतको सो निर्णयलाइ धेरै हदसम्म सहि पनि मान्न सकिन्छ ।
तर आज व्यवस्था परिवर्तन भएर जनताले सम्पूर्ण अधिकार प्राप्त गरिसकेका छन् । कुनै पनि विषयलाइ सार्वजनिक बहसमा ल्याउने अनेकन उपायहरु निक्लिसकेका छन् । यसर्थ , जसका लागि राजनैतिक दलका भातृसंगठनहरु शिक्षा क्षेत्रमा खोलिएका थिए , तिनका प्रयोजन साथै औचित्य पनि आजका दिनमा समात्त भइसकेको छ ।
यहाँनेर बिडम्बनाको कुरा के छ भन्दा ,हामीले त्यस्ता संगठनहरुको समयानुकूल परिवर्तन गर्नुृको साटो , झन तिनीहरुमा भएका बिकृतीहरुलाइ प्रश्रय दिँदै त्यस्ता कुराहरुलाइ मान्यताका रुपमा स्थापित गरिरहेका छौँ ।
उदाहरणका लागि, जीवनको लगभग एक–चौँथाइ उमेरसम्मको त्याग र कठिन परिश्रमको फलस्वरुप एउटा विद्यार्थी आइओएममा भर्नाहुन आइपुग्छ । उसको एउटै सपना हुन्छ – सक्सेसफुल डाक्टर या स्वास्थ्यकर्मी बन्ने , नाम, दाम कमाउने अनि प्रशस्त बिरामीहरुको सेवा गर्ने । जीवनमा कहिल्यै माक्र्स–लेनिनको नाम नसुनेको वा पुजिवाद या समाजवादका बारेमा नजानेको प्रथम वर्षको विद्यार्थीलाइ भर्ना भएको प्रथम दिनमै राइटिस्ट वा लेफ्टिस्ट बन्ने अफरहरु आउँछन् । बिचरा एक अबोध बालक झैँ ऊ पुरै रन्थनिन्छ ।
त्यसपछि भने विद्यार्थी संगठनहरुले विस्तारै आफ्ना तुरुपहरु निकाल्न थाल्छन् । भर्खर भर्ना भएका विद्यार्थीहरुलाइ आकर्षित गर्न फस्ट एड ट्रेनिङ दिने नाममा होुस या रेष्टुरामा दिइने खाजा–खाना पार्टीका रुपमा , उसलाइ आफ्नो पक्षमा पार्न हरदम लागिरहन्छन् । उसले यत्तिको महत्व त जीवनमा कहिल्यै पाएको हुँदैन । कसैले महत्व दिनु या नयाँ आएका भाइ बहिनीहरुलाइ पार्टी दिनु पटक्कै गलत कुरा होइन तर यहाँ त कुरा नियतको उठ्दै छ । प्रसिद्ध नाट्यकर्मी इलियोटले आफ्नो नाटक मडर इन क्याथेड्र«लमा लेखेका छन् –
The Last Temptation is the greatest treason , to do the right deed for wrong reason।अर्थात , गलत नियतका साथ गरिने सहि कामहरु पनि गलत हुन ।
अन्त्यमा लामै रस्साकस्सी पश्चात् नयाँ भर्ना भएका विद्यार्थीहरु विभिन्न संगठनहरुमा प्रवेश गर्छन्, औपचारिक या अनौपचारिक रुपमा । ऊ स्वतन्त्र बस्न सक्दैन किनभने “एक्लो बृहस्पती झुट्टा” भन्ने पाठ उसलाइ बेलैमा पढाइएको हुन्छ ।त्यसपछि सुरुहुन्छ बिभाजनको राजनीति। अनि आफ्नो संगठनको संख्याको आवरणमा अनेकन नैतिक ÷ अनैतिक गतिविधिहरु ।
के हुन्छ त बिकसित देशहरुमा ?
धेरै दिनको कसरत पछि हालसालै मात्र विस्वको प्रतिष्ठित हार्डवर्ड मेडिकल स्कुल बाट एम.बि.बि.एस
सक्काएका एक जुझारु नेपाली भाषी डाक्टरलाई भेट्ने मौका जुर्यो। दुई जनाले चार–चार कप कफि सुर्क्याउन्जेल हामीले हार्डवर्डमा हुने विद्यार्थी राजनीति बारे छलफल गर्यौँ।
त्यहाँको मेडिकल स्कुल अरु संकायको तुलनामा अलि भिन्न रहेछ। विभिन्न पूर्व विशिष्ट व्यक्तिहरुका नामबाट क्लबहरु खोलिएका रहेछन् । ती क्लबहरुले युनिभर्सिटी कै पुर्व डिन वा प्राध्यापकहरुको प्रत्यक्ष निगरानीमा अनेकन विद्यार्थी सेन्ट्रीक कामहरु गर्दा रहेछन् ।अनि विद्यार्थीहरु पनि आ–आफ्नो फिल्ड अफ इन्टेरेस्टका आधारमा, ती क्लबहरुमा आबद्द हुँदा रहेछन् । उदाहरणका लागि खेलकुदमा बढ्ता चासो हुने स्टुडेन्ट स्पोर्ट्स क्लबको सदस्य बन्छ, साहित्यमा इन्ट्रेस्ट हुने लिटेररी क्लबको आदि । ती क्लबहरुको छुट्टाछुट्टै विधिवत चुनाव हुँदोरहेछ अनि त्यसैअनुसार कार्यसमितिको गठन पनि।
यो बाहेक त्यहाँ हुने अर्को चुनाव भनेको क्लास रिप्रेजेनटेटिभ अर्थात् सि.आर को रहेछ । सि.आर हरुलाइ नै युनिभर्सिटीले विद्यार्थीको असली प्रतिनिधि मान्दोरहेछ अनि तिनिहरुसँगै मासिक रुपमा बैठक बसेर, विद्यार्थीहरुका समस्या र गुनासो सुन्दोरहेछ ।
अनि त्यसो भए के हार्डवर्डका विद्यार्थीहरु देशको मेनइस्ट्रीम पोलिटिक्ससँग कनेक्टेड नै हुँदैनन् त?
विश्वविद्यालयले सर्टि्फिकेट धारी विद्यार्थी मात्र होइन , सक्षम नेतृत्व पनि उत्पादन गर्नुपर्छ र यो कुरामा हार्डवर्ड पुर्णरुपमा कन्भिन्स्ट रहेको देखिन्छ । उदाहरणका लागि एउटा पब्लिक हेल्थ स्टुडेन्ट भविष्यमा जिल्ला जनस्वास्थ्य अधिकृत बन्छ र जिल्ला कै स्वास्थ्यको नेतृत्व गर्छ । त्यसैगरी एउटा मेडिसिन पढेको विद्यार्थीले भविष्यमा डिन, डाइरेक्टर आदि बन्नुपर्ने हुन्छ र त्यसका लागि उसमा नेतृत्व लिनसक्ने खुबी बेलैदेखी विकास गर्नु अति नै वान्छनीय छ।
तसर्थ तिनै मध्यका एक क्लबले , रिपब्लिकन इन्फर्मेसन सेन्टर र डेमोक्र्या्टिक इन्फर्मेसन सेन्टर भनेर भिन्नाभिन्नै सबकमिटी गठन गरिदिएका रहेछन् । ती इन्फर्मेसन सेन्टरहरुको काम भनेको विद्यार्थीहरुलाइ मेनइस्ट्रीम पोलिटिक्सका बारेमा बुझाउने, देश कसरी चलिरहेको छ भनेर सिकाउने र उनिहरुमा नेतृत्व क्षमताको विकास गर्ने रहेछ । यसरी हार्डबर्डमा राजनैतिक पार्टिका भातृसंगठनहरु नहुँदै पनि हामीले चाहेका जस्ता सम्पूर्ण कामहरु भइरहेका छन । जस्तै , विद्यार्थीका हकहितका लागि काम गर्ने कमिटिहरु पनि छन् , उनिहरुलाइ विभिन्न अतिरितm क्रियाकलापहरुमा सहभागि गराउने क्लबहरु पनि छन् पोलिटिक्स बुझाउने गैरराजनैतिक संगठनहरु पनि ।
अब हेरौं , हाम्रोमा के चलन छ।
हाम्रा कलेजहरुमा क्लबहरु छैनन् बरु विद्यार्थी संगठनहरु खडा गरिएका छन् । यस्ता संगठनहरु जुन राष्ट्रिय मुलधारका राजनैतिक पार्टीसँग सिधै आबद्ध हुन्छन् , तिनिहरुबाट फन्डिङ प्राप्त गरेका हुन्छन् अनि तिनै पार्टीका सिदान्तहरु हुबहु लागू गराउँछन् । सबैभन्दा महत्वपूर्ण कुरा भनेको , क्याम्पसका विद्यार्थीहरु आफ्नो फिल्ड अफ इन्टेरेस्ट जस्तै खेलकुद, लिटेरेचर आदिको आधारमा होइन आफ्नो सिदान्तका आधारमा बिभाजित हुन्छन् । ती सिदान्तका बारे ब्रीफिङ गर्ने पनि कहाँ छुट्टै क्लब हुन्छन् र, आफ्नो निकटतम साथी वा सिनियर जता छ, उ पनि त्यतै लाग्छ।
सबैभन्दा महत्वपूर्ण कुरा त के छ भन्दा , कुनै पनि विद्यार्थीले पाउने अवसरहरु उसको क्षमताले होइन , उसले संगठनमा पार्ने प्रभाव र उसको नेतृत्वसँगको निकटताले निर्धारण गर्छ । यसरी , क्षमतावान विद्यार्थीहरु ओझेलमा पर्ने वा निरुत्साहित हुने सम्भावना बढ्छ ।
हो, यसै कुराले हामीलाइ हार्डवर्ड भन्दा फरक बनाएको छ अनि हार्डवर्ड भन्दा पत्रु पनि।उनिहरु विद्यार्थी नीति गर्छन् , हामी राजनीति ।
राजनीति कि विद्यार्थी निति ?
राजनैतिक पार्टीको भातृसंगठनका रुपमा चुनाव लडेको व्यक्तिलाई कालान्तरमा पार्टीले रिकग्नाइजड गर्छ । अनि हाम्रो जस्तो जतासुकै राजनैतिक भागबन्डाले चल्ने देशमा त झन ती उमेदवारहरु भविष्यका स्वास्थ्य प्रतिष्ठान वा एकेडेमिका प्रबल दाबेदार आजैबाट बन्दछन् । त्यसैले त यस्ता संगठनहरुको नेतृत्व गर्न तछाड मछाड चल्छ । साँढेको जुधाइ बाछाको मिचाइ भनेझैँ , यहि नेतृत्वको तछाड मछाडमा निहत्था विद्यार्थीहरु चाहिँ मन–मुटाव अनि झैँझगडा गरिरहन्छन् ।
यसको ठिक बिपरित , जब कोही विद्यार्थी कुनै पार्टीको झन्डा नबोकी स्वतन्त्र ढंगले अगाडि आउँछ तब उ आफ्नो मास्टर्स प्रती बफादार रहन पर्दैन र सचा अर्थमा विद्यार्थीको प्रतिनिधि बन्दछ। यसो गर्दा व्यक्तिलाइ भन्दा बढि विद्यार्थीलाइ फाइदा हुन्छ र यसैलाइ नै विद्यार्थी नीति भन्न खोजिएको हो।
आखिर बेफाइदा के त ?
राजनैतिक पार्टिका भातृसंगठनहरुको विचार स्वतन्त्र रहने सम्भावना निकै कम रहन्छ । जति नै स्वतन्त्र हौँ भनेतापनि जब कसैले बाहिरको फन्ड प्रयोग गरेर चुनाव लड्छ वा संगठनलाइ माथिल्लो लेभलसम्म पुग्ने खुड्किलोको रुपमा प्रयोग गर्छ तब उसको निर्णयहरुमा अवश्यदुर्गन्धझल्किन्छ । त्यस्तै उनीहरुकै आवरणमा बाहिरी तत्वहरुले संस्थाकै अस्तित्व माथि प्रहार गरिरहने सम्भावधना पनि उत्तिकै रहन्छ ।
विद्यार्थी मात्र होइन , यहाँ त कर्मचारीदेखि प्राध्यापकसम्म राजनैतिुुक रुपमा विभाजित छन् । विभाजित हुनुका साथै , राजनीतिलाइ आफ्नो पदोन्नती गर्ने माध्यमका रुपमा प्रयोग गरेको दृश्टान्त पनि प्रशस्तै छन् । प्रतिष्ठानदेखि विश्वविद्यालय तहसम्म हुने राजनैतिक भागबन्डा र नियुतिmहरु पनि हाम्रा यस्तै राजनीतिका नेगेटिभ आउटकमहरु हुन । त्यस्तै डा.गोविन्द केसीको मुद्धामा सबै मेडिकल क्षेत्र एक नहुनुको कारण पनि यस्तै हुन सक्छ ।
सायद यी सबै कुराहरु बुझेर होला , पूर्व अमेरीकी राष्ट्रपति थोमस जेफरसनले भनेका होलान् , राजनीतिले सदैव दुइ चार व्यतिmलाइ मात्र फाइदा पूर्याइरहन्छ र त्यसैले राजनीतिका लागि उनी आफ्ना साथी भाइ , इष्टमित्रसँग टाढा हुुन चहान्नन् ।
ु