रानीपोखरीले घण्टाघरमा एघार छप्पन देखेछ
शहिदगेटले धरहराको तड्पन देखेछ
युगौँ शहनसिल बसेको भद्रकाली भित्तोले
सिंहदरबारमा (अ)दूर्दशिताको कम्पन देखेछ
बसपार्कले गाँेगबु लडेको देखेछ,,
बाइसधाराले रानीवन डढेको देखेछ
“बचाउ“ चित्कार सुनेको मित्रनगर गल्लिले
गेष्ट हाउसमा ज्यँुदै लास सढेको देखेछ
एनसेलले एनटिसिको उदारता फलेको देखेछ,
निष्पट अन्धकारले पनि रेडियो नेपालको टावर बलेको देखेछ
हल्लिएर थङथिलो भएको सूचना विभागले,
आजतक र एनडिटिभिमा ढोङ चलेको देखेछ
विरले ट्रमा सेन्टरको ढोका खुलेको देखेछ
संसदले पनि टिचिङमा कार्यकौशलता फुलेको देखेछ
“नेपालको एकमात्र भूकम्प प्रतिरोधात्मक अस्पताल” लेखेको बोर्डले
अर्को भवन खोज्दै ग्रान्डी डुलेको देखेछ
कौशलटारले ठिमिको घनत्व सुकेको देखेछ
सिद्धपोखरीले न्यातपोलको शिर झुकेको देखेछ
जसोतसो अडिएको सूर्यविनायक भित्तोले
चागुनारायण चिरा परी फुटेको देखेछ
बज्रयोगिनिले साँखुको बस्ती खुइलिएको देखेछ
बौद्धनाथले आफ्नो गजुर मैलिएको देखेछ
बचेखचेका खुला ठाउँमा गाडिएका तम्बुहरुले
दुर्गन्ध र रोगव्याधी फैलिएको देखेछ
हनुमानढोकाले बसन्तपुर डबली नाचेको देखेछ
डङरङ्ग लडेको तलेजुले मछिन्द्रको भोटो साचेको देखेछ
असनले इन्द्रचोक अनि इन्द्रचोकले असनलाइ
टुडिखेलमा बसाइ सरि बाँचेको देखेछ
रानीपोखरीले घण्टाघरमा एघार छप्पन देखेछ
शहिदगेटले धरहराको तड्पन देखेछ
युगौँ शहनसिल बसेको भद्रकाली भित्तोले
सिंहदरबारमा (अ)दूर्दशिताको कम्पन देखेछ
बसपार्कले गाँेगबु लडेको देखेछ,,
बाइसधाराले रानीवन डढेको देखेछ
“बचाउ“ चित्कार सुनेको मित्रनगर गल्लिले
गेष्ट हाउसमा ज्यँुदै लास सढेको देखेछ
एनसेलले एनटिसिको उदारता फलेको देखेछ,
निष्पट अन्धकारले पनि रेडियो नेपालको टावर बलेको देखेछ
हल्लिएर थङथिलो भएको सूचना विभागले,
आजतक र एनडिटिभिमा ढोङ चलेको देखेछ
विरले ट्रमा सेन्टरको ढोका खुलेको देखेछ
संसदले पनि टिचिङमा कार्यकौशलता फुलेको देखेछ
“नेपालको एकमात्र भूकम्प प्रतिरोधात्मक अस्पताल” लेखेको बोर्डले
अर्को भवन खोज्दै ग्रान्डी डुलेको देखेछ
कौशलटारले ठिमिको घनत्व सुकेको देखेछ
सिद्धपोखरीले न्यातपोलको शिर झुकेको देखेछ
जसोतसो अडिएको सूर्यविनायक भित्तोले
चागुनारायण चिरा परी फुटेको देखेछ
बज्रयोगिनिले साँखुको बस्ती खुइलिएको देखेछ
बौद्धनाथले आफ्नो गजुर मैलिएको देखेछ
बचेखचेका खुला ठाउँमा गाडिएका तम्बुहरुले
दुर्गन्ध र रोगव्याधी फैलिएको देखेछ
हनुमानढोकाले बसन्तपुर डबली नाचेको देखेछ
डङरङ्ग लडेको तलेजुले मछिन्द्रको भोटो साचेको देखेछ
असनले इन्द्रचोक अनि इन्द्रचोकले असनलाइ
टुडिखेलमा बसाइ सरि बाँचेको देखेछ
No comments:
Post a Comment