कथा: मङगलसेनको घोडा।।
**********************
करिब १००० वर्ष पहिलेको कुरा हो, सुनकोसीको किनारमा
एउटा ऎतिहासिक सभ्यता मौलाएको थियो। हलेसी महादेवको कोखबाट बगेको दुधकोसी, अहिलेको
दोलखा-रामेछापलाइ साधँ बनाइ बगेको तामाकोसी र रोसी खोलो सब मिसिएपछी सुनकोसीले एक भिमकाय
स्वरुप ग्रहण गर्छ।हो त्यही सुनकोसी जो आफ्नो साथमा अमुल्य मणि- माणिक्य र सुनका असर्फीहरु
लिएर बग्थ्यो। त्यसैले त त्यस कमलपुर सभ्यताको कान्ति दिन दुइ-गुना र रात चार गुना
गर्दै संसारभर फैलिरहेको थियो। कमलपुर देशमा मङगलसेन नाम गरेका राजा थिए। आफ्नो युद्ध
कौशल र सुशासनका लागि ति राजा दुर-दराजका देशहरुमा समेत कहलिएका थिए। भनिन्थ्यो मङ्गलसेनको
राज्यमा खान नपाएर र अन्याय सहेर कोही मर्दैन। हुन पनि उनि आफ्ना प्रजालाइ सदैव उच्चतम
स्थानमा राख्थे। यसरी त्यस राज्यमा राजा-प्रजा सबै मिलेर देशको गौरव चुलीमा पुर्याइरहेका
थिए।
**************************
राजा मङगलसेनको एउटै खोट थियो; उनि निसन्तान थिए। त्यस
दिनको स्राप यति भयानक थियो कि आजसम्म पनि राजदरबार वर-पर कुनै वृक्षमा फल फल्दैन थियो।
तबेलाको घोडा होस् या राजगोठका गाइ- भैँसी कोही ब्याउन सक्दैन थिए। बुढो हुन्थे र मर्थे
तर सन्तान उत्पादन गर्ने क्षमता तिनमा पटक्कै हुँदैन थियो।
"कौटिल्या" --आज पनि मङगलसेन कहालिदै बिउँझिए।
कमलपुर राज्यमा त्यो आकाशवाणी सबैले सुनेका थिए- "जबसम्म कौटिल्याको कोख बाँझो
रहन्छ , तबसम्म राजा मङगलसेनको दरबारमा विर्यहरु नाश भइरहने छ्न।
**************************
कमलपुरबाट धेरै पश्चिममा अर्को सभ्यता फस्टाउँदै थियो-
सिखरापुरा। अन्नपूर्ण हिमशृङ्खला लाइ छिचोल्दै बगेको सेती अनि उस्तै अजङ्गको आँधीखोला
जब कालीगण्डकीमा मिसिन्थ्यो तब सुनकोसीको महानता पनि फिका-फिका लाग्द्थ्यो। कस्यप राजा
त्यस क्षेत्रमा आधिपत्य जमाएर बसेका थिए। कस्यप राजाकी जेठी सुपुत्री कौटिल्यादेवी
जसको सुन्दरता बयान गर्न त्यस समयका कुनै पनि महापुरुषहरु असमर्थ थिए। त्यस्तो हजार
सुर्यको जस्तो तेज वर्ण सायदै कुनै सभ्यतामा आजसम्म पैदा भएको होला।
कौटिल्याको सुन्दरताको चर्चा पुरै आर्य सभ्यता भरी
हर एक युवकको मुक्तकन्ठबाट हुन्थ्यो।
कस्यप राजाका छोरा थिएनन मात्र दुइ छोरी कौटिल्या र
बिशाखा।
*************************
त्यस सभामा मङ्गलसेन आफ्ना पिता उग्रसेनका साथ उपस्थित
भएका थिए। कमलपुर राज्यबाट मात्रै होइन, लगभग चौधै भुवनका आधीपतिहरु , कौटिल्यालाइ
आफ्नो बनाउन त्यहाँ पुगेका थिए। सभालाइ सम्बोधन गर्दै कस्यप राजाले भने- जसले यो स्वयम्बरको
औँठीमा पोतिएको तिन रङ्गको अर्थ बताउन सक्ला म उसैलाइ आफ्नो छोरीको हात सुम्पनेछु।
*************************
मङगलसेनले पहिलोपटक कौटिल्यालाइ अर्धनग्न अवस्थामा
देखेका थिए, जुन अवस्थामा उनलाइ कुनै परपुरुषले देख्न त परै जावोस चिताउन पनि सकेका
थिएनन। कौटिल्या कालीगण्डकीको किनारमा शालिग्राम पुज्न गएकी थिइ अनि मङगलसेन नयाँ राज्यमा
शिकार खेल्न। उनि त्यसबखत त्यहाँ आइपुगे जसबखत कौटिल्या आफ्ना वस्त्र खोलेर नदिमा स्नान
गर्न तयार थिइन। हो मङगलसेनले त्यहीबेला कौटिल्याका छातीमा ३ बहुरङी धर्साहरु देखेका
थिए। दुवैका आँखा जुधे अनि नशा-नशामा प्रेमको सन्चार यसरी भयो कि मानौं उनिहरु मिलनका
निम्ती सात जुनीदेखि टडपिरहेका छन्।
**************************
सभामा निकैबेर खास-खुस चल्यो। ठुला-ठुला विद्वान कहलिएकाहरुले
आ-आफ्नो तर्क राखे। जब मङगलसेनको पालो आयो, उनले सबैले अपेक्षा गरेभन्दा बिपरित उत्तर
दिए। "औँठीमा पोतिएका तिन रङ्गको सिधा सम्बन्ध कौटिल्याको छातीमा रहेका तिन बहुरङ्गी
धर्साहरुसँग रहेको छ"। उनको उत्तरले सभामा सन्नाटा छायो। यसको सबैभन्दा ठुलो असर
कस्यप राजालाई पर्यो , उनले त केवल बौद्धिकता जाच्नेँ हेतुले यो प्रस्न गरेका थिए।
उनको क्रोधको सिमा रहेन अनि आफ्नो तरवार निकालेर मङगलसेनतिर जाइ लागे। राजा उग्रसेनले
पनि आफ्नो छोरालाइ बचाउन हतियार लिएर कस्यप राजालाइ प्रहार गर्न लागे। आफ्नो राजाको
रक्षार्थ, अङ्गरक्षकले बिच सभामा राजा उग्रसेनको गर्दन छिनालिदियो । मङगलसेनको पनि
त्यही हविगत भइसकेको थियो तर कौटिल्या हतारिदै आएर , मङगलसेनलाइ अङ्कमाल गरिन अनि जिवनरक्षाका
लागी याचना गरिन।
कौटिल्या रोइ, कराइ अनि मङगलसेनसँग प्रेमको भिख मागी।
तर बाबुको हत्याको चोट उसका लागी कौटिल्याको विस्व सुन्दर स्वरुप भन्दा लाखौं गुणा
ठुलो थियो।
बाबुको छुट्टीएको शिर र धड उठायो अनि कौटिल्यालाइ थु-थु
गर्दै त्यस सभाबाट मङगलसेन बाहिरियो।
*************************
कौटिल्याले आफ्नो चोखो प्रेम मङगलसेनलाइ दिइसकेकी थिइन
त्यसैले यो घटना पछि आजिवन ब्रम्ह्चर्यमा रहने कठोर निर्णयमा पुगिन। यता मङगलसेन आफ्ना
पिताका उत्तराधिकारीका रुपमा कमलपुर राज्यका नयाँ राजा बने नयाँ रानी भित्र्याए तर
पनि कौटिल्याको स्नेहले उनलाइ हरपल - हरक्षण पोलिरहन्थ्यो।
त्यहाँमाथी कौटिल्याको ब्रम्हचर्यको असर यति भयावह
हुदै गइरहेको थियो कि; अब त सारा कमलपुर भरी नै सन्तान उत्पादन गर्ने कार्य लगभग बन्द
जस्तै भैसकेको थियो।
*******-**********
एकदिन राजाले हठात निर्णय लिए- म कौटिल्याको ब्रम्हचर्य
डगाएरै छाड्छु.......
2nd part
राजा मङगलसेन भीषण युद्धको तयारीमा जुटे। उनको जिवनमा अब एउटै मात्र
लक्ष्य बाँकी रह्यो, शिखरापुरा राज्य हत्याएर आफ्नो पिताको हत्याको बदला लिने अनि कौटिल्याको
चिरहरण गरि उसको ब्रम्हचर्य नष्ट गर्ने। महिनौ लामो अभ्यासमा आफैँ सम्लग्न भइ, मङगलसेनले
एउटा अजङ्गको फौज तयार पारे अनि आवश्यक युद्ध सामाग्री सहित पश्चिम पहाडतिर हानिए।
**************************
जति जति पाइला पश्चिम तर्फ लम्कदै जान्थ्यो उनलाइ त्यती त्यती कौटिल्याको यादले सताउँदै
जान थाल्यो। उसको मृगमरिची नयन, कलकलाउँदो केश अनि मस्त कसिएको बदन, सम्झदै मङगलसेनका
शरीर काप्न थाल्थ्यो।
हिउँ जस्तै कन्चन सेती नदि जब काली न काली गण्डकीसँग मिसिन्थिन , त्यहाँ
अदभूत कलाको जन्म हुन्थ्यो , अपत्यारिलो रङ्गको निर्माण हुन्थ्यो। त्यही सङगम स्थल
नजिकै एकजना भयानक साधु उत्पत्ति भए । ति साधुले सारा फौजलाइ रोके अनि राजासँग केही
भलाकुसारी गर्न लागे। उनि भन्दै थिए- कौटिल्याले आफ्नो ब्रम्हचर्यको तपस्यामा के पनि
मागेकी छिन भने; उनिसँग सहवास गर्ने कुनै पनि मानिसको तत्काल मृत्यु हवोस। अब राजा
हतास देखिए, सारा योजना बिफल भएको साथै सारा कमलपुर सभ्यताकै नाश हुने भयले निकै अधैर्य
भइ जमिनमा घोप्टो परेर रुन थाले। त्यो देखेर साधुले राजालाई सम्झाउँदै भन्न लागे, म
तिम्रा घोडामा कामवासना भरिदिन्छु जसका प्रभावले कौटिल्या उ प्रती मोहित हुनेछे र त्यस
स्त्रीको ब्रम्हचर्य पनि यसै घोडाले तोड्नेछ। राजा अवाक भए तर आफ्नो सभ्यताको रक्षार्थ
उनिसँग अर्को विकल्प थिएन त्यसैले साधुका कुरामा मौन स्वीकृती जनाए। हेर्दा -हेर्दै
घोडामा अनौठो किसिमको कान्ती प्रज्वलित भयो। साधु फेरि बिलिन भए, राजा अवाकको अवाकै
रहे।
**************************
गोप्य योजना अनुरुप राजा घोडा ब्यापारीको भेषमा कौटिल्या कहाँ जाने सहमती बन्यो। दरबार
बाहिर पुगेपछी सिपाहीले उनलाइ रोक्यो अनि सोधपुछ गर्न लाग्यो। मङगलसेन कलाकारितामा
निपुण थिए, सिपाहीले उनलाइ चिन्नै सकेन बरु त्यस्तो रहरलाग्दो घोडा देखेर आफ्नी महारानीसँग
भेट्ने चाँजोपाँजो मिलाइदियो । कस्यप राजाको मृत्यु भइसकेको थियो अनि कौटिल्या उनको
उत्तराधिकारीका रुपमा राज्य चलाउँथिन । मङगलसेनले दिउँसो दर्शनभेट गर्ने समय पाए।
जब घोडा सहित मङ्गलसेन कौटिल्याका
अघि उपस्थित भए दुवैका नजर टक्क अडिए। उस्तै सुन्दर, शालीन चेहरामा मङगलसेन पुनः एकपटक
मन्त्रमुग्ध भए । कौटिल्याको आँखामा पनि उस्तै भाव देखेर उनलाइ रानीले चिनेको अन्दाज
भयो। तर कौटिल्या त घोडाप्रती आकर्षित भएकी थिइन। उनमा त्यस्तै भावनाको जागृत भयो जस्तो
धेरै वर्ष पहिले गण्डकीको किनारमा मङगलसेनलाइ देख्दा भएको थियो।तुरुन्त घोडा किन्ने
सहमती जनाइन अनि आफ्नो खोपी भित्र पसेर सानो बालक झैँ रुन थालिन। आज कौटिल्यालाइ मङगलसेनको
यादले एकदमै सताउन थाल्यो, किन किन उ आफ्नो निकै नजिक छ कि जस्तो भान रानीलाइ भइरहेको
थियो। रातभर उनलाइ निन्द्रा परेन कहिले मङ्गलसेनको यादमा ब्याकुल हुन्थिन त कहिले घोडासँगको
सामिप्यताले प्रफुल्लित हुन्थिन।
*************************
कौटिल्या सबेरै तबेलामा पुगिन, जहाँ राजा मङ्गलसेन घोडा ब्यापारीको भेषमा आफ्नो घोडालाइ
सिहार्दै थिए। कौटिल्यालाइ त्यहाँ देखेर राजा तर्सिए तर पनि आफ्नो परिचय नखुलोस भन्नेकुरामा
उनि पुर्ण सचेत थिए। तर कौटिल्याले चिन्ने त परैको कुरा उनलाइ वास्ता समेत नगरी सिधै
तबेला भित्र पसिन।उनका आँखा पुरै सम्मोहनमा परेको मानिसको जस्तो देखिन्थ्यो।
मङगलसेन एकछिन त पहरेदार जस्तो बाहिरै प्रतीक्षा गरिरहे तर उनको धैर्यताको बाधँ धेरै
समय अडिन सकेन। कौटिल्या पुरै निवस्त्र भइसकेकी थिइन। राजा अन्तरआत्मादेखी नै कौटिल्यालाइ
मन पराउथे त्यसैले त उ आफु बाहेक अरु कसैको नहोस भन्ने चहाना उनिभित्र थियो।राजाले
आफ्नो तरबार निकाले र एकै प्रहारमा घोडाको शिर धडबाट अलग गरिदिए। तब मात्र कौटिल्या
होसमा फर्किएको झैँ झसङ्ग भइन। राजाले आफ्नो नक्कली दारी- जुङ्गा झिकेर आफ्नो असली
परिचय दिए।
कौटिल्याको ब्रम्हचर्य त्यसै तबेलामा भङ्ग भयो तर साधुको योजना अनुरुप घोडाबाट होइन।
राजा मङगलसेन हिक्क हिक्क गर्दै रगत ओकल्न थाले। कौटिल्याले यसको रहस्य बुझी अनि मङगलसेनको
तरबारले आफ्नो प्राण-पखेरु अन्त्य गरि। दुइ प्रेमी सदा- सदाका लागी अमर रहे।
******************-*
मङगलसेन रहेनन त के भयो उनको दरबारमा उसैगरि फल पाक्न थाले अनि जनावर वृद्धि हुन थाले।
कालान्तरमा राजा मङगलसेनको सम्झनामा पश्चिम पहाडमा दरबार बनाइयो अनि अझै पनि पुर्वी
भु-भागमा कौटिल्यादेवीको निकै सत्कार र सम्मान सहित सम्झना हुने गरेको छ।।
******************
भन्नेलाइ फुलको माला सुन्नेलाइ सुनको माला, यो कथा बैकुण्ठ जाला!!
सहेनारेSsssssss!!!!
**********************
करिब १००० वर्ष पहिलेको कुरा हो, सुनकोसीको किनारमा एउटा ऎतिहासिक सभ्यता मौलाएको थियो। हलेसी महादेवको कोखबाट बगेको दुधकोसी, अहिलेको दोलखा-रामेछापलाइ साधँ बनाइ बगेको तामाकोसी र रोसी खोलो सब मिसिएपछी सुनकोसीले एक भिमकाय स्वरुप ग्रहण गर्छ।हो त्यही सुनकोसी जो आफ्नो साथमा अमुल्य मणि- माणिक्य र सुनका असर्फीहरु लिएर बग्थ्यो। त्यसैले त त्यस कमलपुर सभ्यताको कान्ति दिन दुइ-गुना र रात चार गुना गर्दै संसारभर फैलिरहेको थियो। कमलपुर देशमा मङगलसेन नाम गरेका राजा थिए। आफ्नो युद्ध कौशल र सुशासनका लागि ति राजा दुर-दराजका देशहरुमा समेत कहलिएका थिए। भनिन्थ्यो मङ्गलसेनको राज्यमा खान नपाएर र अन्याय सहेर कोही मर्दैन। हुन पनि उनि आफ्ना प्रजालाइ सदैव उच्चतम स्थानमा राख्थे। यसरी त्यस राज्यमा राजा-प्रजा सबै मिलेर देशको गौरव चुलीमा पुर्याइरहेका थिए।
**************************
राजा मङगलसेनको एउटै खोट थियो; उनि निसन्तान थिए। त्यस दिनको स्राप यति भयानक थियो कि आजसम्म पनि राजदरबार वर-पर कुनै वृक्षमा फल फल्दैन थियो। तबेलाको घोडा होस् या राजगोठका गाइ- भैँसी कोही ब्याउन सक्दैन थिए। बुढो हुन्थे र मर्थे तर सन्तान उत्पादन गर्ने क्षमता तिनमा पटक्कै हुँदैन थियो।
"कौटिल्या" --आज पनि मङगलसेन कहालिदै बिउँझिए। कमलपुर राज्यमा त्यो आकाशवाणी सबैले सुनेका थिए- "जबसम्म कौटिल्याको कोख बाँझो रहन्छ , तबसम्म राजा मङगलसेनको दरबारमा विर्यहरु नाश भइरहने छ्न।
**************************
कमलपुरबाट धेरै पश्चिममा अर्को सभ्यता फस्टाउँदै थियो- सिखरापुरा। अन्नपूर्ण हिमशृङ्खला लाइ छिचोल्दै बगेको सेती अनि उस्तै अजङ्गको आँधीखोला जब कालीगण्डकीमा मिसिन्थ्यो तब सुनकोसीको महानता पनि फिका-फिका लाग्द्थ्यो। कस्यप राजा त्यस क्षेत्रमा आधिपत्य जमाएर बसेका थिए। कस्यप राजाकी जेठी सुपुत्री कौटिल्यादेवी जसको सुन्दरता बयान गर्न त्यस समयका कुनै पनि महापुरुषहरु असमर्थ थिए। त्यस्तो हजार सुर्यको जस्तो तेज वर्ण सायदै कुनै सभ्यतामा आजसम्म पैदा भएको होला।
कौटिल्याको सुन्दरताको चर्चा पुरै आर्य सभ्यता भरी हर एक युवकको मुक्तकन्ठबाट हुन्थ्यो।
कस्यप राजाका छोरा थिएनन मात्र दुइ छोरी कौटिल्या र बिशाखा।
*************************
त्यस सभामा मङ्गलसेन आफ्ना पिता उग्रसेनका साथ उपस्थित भएका थिए। कमलपुर राज्यबाट मात्रै होइन, लगभग चौधै भुवनका आधीपतिहरु , कौटिल्यालाइ आफ्नो बनाउन त्यहाँ पुगेका थिए। सभालाइ सम्बोधन गर्दै कस्यप राजाले भने- जसले यो स्वयम्बरको औँठीमा पोतिएको तिन रङ्गको अर्थ बताउन सक्ला म उसैलाइ आफ्नो छोरीको हात सुम्पनेछु।
*************************
मङगलसेनले पहिलोपटक कौटिल्यालाइ अर्धनग्न अवस्थामा देखेका थिए, जुन अवस्थामा उनलाइ कुनै परपुरुषले देख्न त परै जावोस चिताउन पनि सकेका थिएनन। कौटिल्या कालीगण्डकीको किनारमा शालिग्राम पुज्न गएकी थिइ अनि मङगलसेन नयाँ राज्यमा शिकार खेल्न। उनि त्यसबखत त्यहाँ आइपुगे जसबखत कौटिल्या आफ्ना वस्त्र खोलेर नदिमा स्नान गर्न तयार थिइन। हो मङगलसेनले त्यहीबेला कौटिल्याका छातीमा ३ बहुरङी धर्साहरु देखेका थिए। दुवैका आँखा जुधे अनि नशा-नशामा प्रेमको सन्चार यसरी भयो कि मानौं उनिहरु मिलनका निम्ती सात जुनीदेखि टडपिरहेका छन्।
**************************
सभामा निकैबेर खास-खुस चल्यो। ठुला-ठुला विद्वान कहलिएकाहरुले आ-आफ्नो तर्क राखे। जब मङगलसेनको पालो आयो, उनले सबैले अपेक्षा गरेभन्दा बिपरित उत्तर दिए। "औँठीमा पोतिएका तिन रङ्गको सिधा सम्बन्ध कौटिल्याको छातीमा रहेका तिन बहुरङ्गी धर्साहरुसँग रहेको छ"। उनको उत्तरले सभामा सन्नाटा छायो। यसको सबैभन्दा ठुलो असर कस्यप राजालाई पर्यो , उनले त केवल बौद्धिकता जाच्नेँ हेतुले यो प्रस्न गरेका थिए। उनको क्रोधको सिमा रहेन अनि आफ्नो तरवार निकालेर मङगलसेनतिर जाइ लागे। राजा उग्रसेनले पनि आफ्नो छोरालाइ बचाउन हतियार लिएर कस्यप राजालाइ प्रहार गर्न लागे। आफ्नो राजाको रक्षार्थ, अङ्गरक्षकले बिच सभामा राजा उग्रसेनको गर्दन छिनालिदियो । मङगलसेनको पनि त्यही हविगत भइसकेको थियो तर कौटिल्या हतारिदै आएर , मङगलसेनलाइ अङ्कमाल गरिन अनि जिवनरक्षाका लागी याचना गरिन।
कौटिल्या रोइ, कराइ अनि मङगलसेनसँग प्रेमको भिख मागी। तर बाबुको हत्याको चोट उसका लागी कौटिल्याको विस्व सुन्दर स्वरुप भन्दा लाखौं गुणा ठुलो थियो।
बाबुको छुट्टीएको शिर र धड उठायो अनि कौटिल्यालाइ थु-थु गर्दै त्यस सभाबाट मङगलसेन बाहिरियो।
*************************
कौटिल्याले आफ्नो चोखो प्रेम मङगलसेनलाइ दिइसकेकी थिइन त्यसैले यो घटना पछि आजिवन ब्रम्ह्चर्यमा रहने कठोर निर्णयमा पुगिन। यता मङगलसेन आफ्ना पिताका उत्तराधिकारीका रुपमा कमलपुर राज्यका नयाँ राजा बने नयाँ रानी भित्र्याए तर पनि कौटिल्याको स्नेहले उनलाइ हरपल - हरक्षण पोलिरहन्थ्यो।
त्यहाँमाथी कौटिल्याको ब्रम्हचर्यको असर यति भयावह हुदै गइरहेको थियो कि; अब त सारा कमलपुर भरी नै सन्तान उत्पादन गर्ने कार्य लगभग बन्द जस्तै भैसकेको थियो।
*******-**********
एकदिन राजाले हठात निर्णय लिए- म कौटिल्याको ब्रम्हचर्य डगाएरै छाड्छु.......
**************************
जति जति पाइला पश्चिम तर्फ लम्कदै जान्थ्यो उनलाइ त्यती त्यती कौटिल्याको यादले सताउँदै जान थाल्यो। उसको मृगमरिची नयन, कलकलाउँदो केश अनि मस्त कसिएको बदन, सम्झदै मङगलसेनका शरीर काप्न थाल्थ्यो।
**************************
गोप्य योजना अनुरुप राजा घोडा ब्यापारीको भेषमा कौटिल्या कहाँ जाने सहमती बन्यो। दरबार बाहिर पुगेपछी सिपाहीले उनलाइ रोक्यो अनि सोधपुछ गर्न लाग्यो। मङगलसेन कलाकारितामा निपुण थिए, सिपाहीले उनलाइ चिन्नै सकेन बरु त्यस्तो रहरलाग्दो घोडा देखेर आफ्नी महारानीसँग भेट्ने चाँजोपाँजो मिलाइदियो । कस्यप राजाको मृत्यु भइसकेको थियो अनि कौटिल्या उनको उत्तराधिकारीका रुपमा राज्य चलाउँथिन । मङगलसेनले दिउँसो दर्शनभेट गर्ने समय पाए।
*************************
कौटिल्या सबेरै तबेलामा पुगिन, जहाँ राजा मङ्गलसेन घोडा ब्यापारीको भेषमा आफ्नो घोडालाइ सिहार्दै थिए। कौटिल्यालाइ त्यहाँ देखेर राजा तर्सिए तर पनि आफ्नो परिचय नखुलोस भन्नेकुरामा उनि पुर्ण सचेत थिए। तर कौटिल्याले चिन्ने त परैको कुरा उनलाइ वास्ता समेत नगरी सिधै तबेला भित्र पसिन।उनका आँखा पुरै सम्मोहनमा परेको मानिसको जस्तो देखिन्थ्यो।
मङगलसेन एकछिन त पहरेदार जस्तो बाहिरै प्रतीक्षा गरिरहे तर उनको धैर्यताको बाधँ धेरै समय अडिन सकेन। कौटिल्या पुरै निवस्त्र भइसकेकी थिइन। राजा अन्तरआत्मादेखी नै कौटिल्यालाइ मन पराउथे त्यसैले त उ आफु बाहेक अरु कसैको नहोस भन्ने चहाना उनिभित्र थियो।राजाले आफ्नो तरबार निकाले र एकै प्रहारमा घोडाको शिर धडबाट अलग गरिदिए। तब मात्र कौटिल्या होसमा फर्किएको झैँ झसङ्ग भइन। राजाले आफ्नो नक्कली दारी- जुङ्गा झिकेर आफ्नो असली परिचय दिए।
कौटिल्याको ब्रम्हचर्य त्यसै तबेलामा भङ्ग भयो तर साधुको योजना अनुरुप घोडाबाट होइन। राजा मङगलसेन हिक्क हिक्क गर्दै रगत ओकल्न थाले। कौटिल्याले यसको रहस्य बुझी अनि मङगलसेनको तरबारले आफ्नो प्राण-पखेरु अन्त्य गरि। दुइ प्रेमी सदा- सदाका लागी अमर रहे।
******************-*
मङगलसेन रहेनन त के भयो उनको दरबारमा उसैगरि फल पाक्न थाले अनि जनावर वृद्धि हुन थाले।
कालान्तरमा राजा मङगलसेनको सम्झनामा पश्चिम पहाडमा दरबार बनाइयो अनि अझै पनि पुर्वी भु-भागमा कौटिल्यादेवीको निकै सत्कार र सम्मान सहित सम्झना हुने गरेको छ।।
******************
भन्नेलाइ फुलको माला सुन्नेलाइ सुनको माला, यो कथा बैकुण्ठ जाला!!
सहेनारेSsssssss!!!!
No comments:
Post a Comment