Search This Blog

Sunday, October 23, 2016

कथा: मकालु यातायात

कथा: मकालु यातायात 
********
दिवस हतारिदै कलङ्की बसपार्क गयो। " आज नाइटको दुइ ओटा टिकट पाउँन? धरान जाने"
डिलक्स बसको पछाडिको बाँकी , अलि अलि उफार्छ नि-- हुन्छ दिनुस। धत, पैसा निकाल्ने बेलामा पो उसले सम्झियो एक्लै , उसकी बुढी छे तर बुढी धरानमा छे। लाजले मुन्टो निहुरायो अनि जम्मा एउटा टिकट लिएर झट-पट गाडीतिर लाग्यो। बिलम्ब भएन, गाडी थानकोटबाट उता लाग्यो।
गन्तव्य : धरान
गाडी : मकालु यातायात 
*********************-*
करिब एक वर्ष अघि दिवसको जिवन ठ्याक्कै यो नागढुङ्गाको जस्तै ओरालो लागिरहेको थियो अनि साँच्चै नौ बिस भन्दा बढ्ता गुजुल्टिएका घुम्तीहरु। जागिर भर्खरै मात्र खुस्किएको थियो, पढाइ लथालिङ्ग थियो अनि त्यँहामाथी मानुषीले दिएको चोट। ज्या!! उसले आँफैलाइ हपार्यो- को मानुषी , मानुषी- सानुषी कसैलाइ चिन्दिन" किनभने उसकी एउटी बुढी छे, एकदम राम्री, मानुषी भन्दा राम्री, सायद सबैभन्दा राम्री। 
जसै धार्के पुगेसँगै गाडीले सार्प टर्न लियो, दिवसको जिवनले पनि यु टर्न लियो। "आमा बिहे गर्न तयार छु, भोलि नै घर आउँदै छु है अस्ती भनेको केटी तयार राख्नुस " दिवसका निम्ति बिबाह फगत एउटा प्रतिशोध साँध्ने माध्यम थियो- मानुषीसँगको प्रतिशोध भोलिपल्टै इनरुवा गयो , केटी हेर्न भने धरान जानुपर्ने भयो। हो त्यही केटी आज उसकी बुढी हो जो धरानमा छे। एकदम राम्री छे तर 
पछिल्लो वर्ष भयो उसले आफ्नो बुढीलाइ प्रत्यक्ष देख्न नपाएको फोनमा भने कुरा भइनै रह्न्थ्यो- निरन्तर जस्तै।
*******************
अब बाटोमा घुम्तीहरु सकिसकेका थिए। थियो केवल दाँया पट्टी शान्त सौम्य त्रिशुली नदि अनि बाँया पट्टी मनै लोभ्याउने हरिया चट्टान पहिलोपटक दिवसले आफ्नी बुढीलाइ धरानमै देखेको थियो सायद भानुचोकमा हुनपर्छ। उसको सुन्दरताले दिवस कायल भएको थियो। जसरी मिश्र सभ्यताकि महारानी क्लीयोप्याट्रालाइ देख्नासाथ जुलियो सिजर हरम्यासिस जस्ता बढे-बढे योद्धाहरु पनि दोस्रो भन्दा तेस्रो पाइला सार्न सक्दैन थिए, दिवसको हालत पनि त्यस्तै भयो। लोग्ने मान्छेको जात, उसले मानुषीलाइ एक झट्का मै बिर्सियो; यस्तरी बिर्सियो कि उसका कुनै पनि स्नायुहरुमा त्यो स्टोर भएकै छैन- बोलेतो:- परमानेन्ट्ली डिलिट।
उसले सपनामा पनि कहिल्यै चिताएको थिएन होला , उसको बिबाह त्यस्ती अप्सरासँग हुनेछ भनेर। त्यसैले दिवस आफ्नी बुढीलाइ औधी प्रेम गर्छ। बिबाह पस्चात करिब महिना सँगै थिए उनिहरु जसबखत दिवसले संसारको सम्पुर्ण खुशी आफ्नी बुढीलाइ दिएको थियो।
*********************
नम्बर सिटको दाइ अलि पर सर्नुस , हाम्रो गुरुजी को मान्छे चढ्ने रे अर्को स्टपबाट- सहचालक भाइ कराउँदै थियो। दिवस झल्यास्स बिउँझियो। झिस-मिस साँझ परिसकेको थियो, सायद मुङ्लिङ आएको हुनपर्छ अनि पो उसले महसुस गर्यो, नम्बर अर्थात उसको छेउको सिट खाली छ। नभन्दै एक अपरिचित स्त्री उसको छेउमा आएर बसी। निकै बोलक्ड हुनपर्छ सायद, केही क्षेणकै यात्रा पछि उसले प्वाक्क सोदिहाली- "दाइ भर्खर बिदेशबाट आउनु भाको जस्तो नि, कहाँसम्म पुग्ने हो कुन्नि ??" मैले पनि इमानदारीका साथ जवाफ दिएँ- हो हिजोमात्र हङकङबाट फर्कदै छु, अहिले चाँही धरान हिनेको -ससुरालीतिर।" नजाने दिवसको त्यस वाक्यले उसमा के प्रभाव पर्यो निकै भावुक भइ अनि एक-एक गर्दै आफ्ना अतितका पाना पल्टाउन थाली। उसको पनि लोग्ने बिदेशमा अरे। वर्ष अघी मलेसिया गएको थियो रे यहाँको म्यानपावरले लगाएको काम चित्त नबुझेपछी भागेर अन्तै काम गर्न थालेछ्न। फलस्वरूप उसको पासपोर्ट भिसा जफत भएछ अनि नेपाल फर्कन नपाएर उतै गैरकानुनी रुपमा बसिरहेको अरे। भन्दै गइ- यसै बिचमा हाम्रो बसको गुरुजी माछा खान भन्दै हरेक चोटी उसकै होटलमा जान्थ्यो रे अनि घन्टौंसम्म उसलाइ हेरिरहन्थ्यो रे।एक दिन , दुइ दिन गर्दा-गर्दै दुइ बिच प्रेम सम्बन्ध झ्याङिन थालेछ। एकातिर बिदेशबाट लोग्ने फर्कने वा नफर्कने अनिश्चितता अनि आर्कोतिर हाम्रा गुरुजीको सदाशयता; उसले जिवनमा अत्यन्त ठुलो जोखिम उठाउने निर्णय गरिछे। त्यसैले आज त्यो होटल, सासु-ससुरा अनि आफ्नो प्यारो लोग्ने सबथोक सदाका लागि छाडेर यस मकालु यातायातमा चढेकी रहिछ। दिवसलाइ देखेर सायद उसले बिदेशमा रहेको आफ्नो लोग्ने सम्झी अनि बररर आँसु खसाल्न लागि। निस्पट अन्धकार थियो तर पनि दिवसले उसको आँसु पुछ्न आफ्नो हात अघी बढाउन सकेन किनभने धरानमा उसकी बुढी छे, एकदम राम्री, त्यो स्त्री भन्दा राम्री, सायद सबैभन्दा राम्री।
*********************
गाडी कृष्णभिरको पहिरो अनि दासढुङ्गाको खोंच छिचोल्दै अघि बढिरहेको थियो, दिवसको मनमा पनि त्यस्तै भयानक अवशेषहरुले ठाउँ लियो। बिबाह भएको महिना मात्रै भएको थियो, दिवसलाइ हङकङ जाने अवसर मिल्यो। समुन्नत भविस्यको लालचामा उसकी बुढीले पनि उसलाई रोक्न सकिन। जानेबेलामा आमाले भन्नुभएको थियो- तँ नभएपछि बुहारीलाइ यहाँ न्यास्रो हुन्छ होला, एकै वर्षको कुरा हो उनलाइ माइत मै पुर्याएर गएस है दिवस। उसले त्यसै गरेको थियो। आज त्यही निर्णयले दिवसलाइ पोल्न थाल्यो। बरु घरमै बस भनेको भए आफ्नी आमाको अभिभावक्त्वमा ...माइतमा ... त्यती राम्री मान्छे.....दिवसका मनमा अनेक तर्क-बितर्क खेल्न थाले। उसले आफ्नी बुढीलाइ अविस्वास गर्न खोजेको थिएन तर पनि आफ्नै अगाडि जे भैरहेको थियो, उसले त्यस्लाइ नजरअन्दाज गर्न सकेन।
गाडी हेटौंडामा गएर रोकियो, सबै खाना खान ब्यस्त भए, दिवस भने त्यही स्त्रीलाइ नियालिरहेको थियो जसमा आफ्नो बुढीको अंश खोजिरहेको थियो। अघिसम्म आफ्नो लोग्नेलाइ सम्झिएर बगाएको गोही आँसु, त्यस स्त्रीका आँखाबाट ओभाइसकेका थिए।
सरासर हाम्रा गुरुजीको हात समाएर एउटा कोठा भित्र पसि अनि गुरुजीले ढोका ढ्याप्प लगाए।
त्यसपछि "मकालु यातायात" का गुरुजी फेरिए। पहाड सकिएर मधेस सुरुभयो, परिवेश फेरियो; सायद दिवसको मन पनि।।
***********************
पथलैयाको जङ्गल सकिएर निजगढ आयो, निजगढको जङ्गल सकिएर .पुर आयो अनि .पुरको जङ्गल सकिएर सर्लाही आयो। जब घनाह जङ्गल आउँथ्यो, उसका मनमा अविस्वासका भावहरु पैदा हुन्थे जसै बस्ती सुरु हुन्थ्यो प्रकाश देखिनथाल्थ्यो, भित्र पनि आशाका दिपहरु प्रज्वलित हुन थाल्थे। 
उसको छेउको नम्बर सिट धेरैबेर खाली रहन पाएन। मलङगवा पुगेपछी एक जोडी युवक युवती "मकालु यातायात" मा चढे। युवतीलाइ अगाडी सिट मिलाइयो। त्यस युवक भने दिवसकै छेउमा बस्न आयो। "कहाँ सम्म पुग्ने होला?" त्यस युवकसँग भने दिवस आँफैले बार्तालाप सुरु गर्यो। हामी मिर्चैया हिँडेको, अलि अत्तालिएको जस्तो थियो यस्तो लाग्थ्यो उसले आफुभित्र भयानक रहस्य लुकाएको छ। केही घन्टाको यात्रा पछि ती जोडीको गन्तव्य आइपुग्यो ती झरे। 
**********************
दिवसले त्यस युवक बसेको सिटमा एउटा पत्र भेट्यो अनि पत्रसँग सम्लग्न गरिएको सानो फोटो। फोटो देख्नासाथ दिवस झस्कियो। फोटोको मानिस उसले नचिन्ने कुरै थिएन। पत्र पढ्न लाग्यो, जसमा लेखिएको थियो;;
प्यारी मानुषी,
यो पत्र लेखिरहदा तिमि सायद यो संसारबाट टाढा भइसकेकी छौ होली किनभने त्यो कोल्ड डृन्क्समा हामीले बिष मिसाइदिएका छौँ। हो हामिले। सुनेना म। हाम्रो भेट लन्डनमा भएको थियो त्यहीँ हाम्रो माया बस्यो। मानुषी, तिमि मेरी श्रीमती भएर के गर्नु, तिमि धेरै टाढा थियौ। धेरै समयको ग्याप भएपछि मानिसले सबथोक बिर्सिदो रहेछ, पनि अपवाद बनिरहन सकिन। तिम्रो एउटै गल्ती थियो- तिमि सति-सावित्री निस्कियौ। तिमिसँग डिभोर्स माग्न मैले सकिन अनि यो कदम उठाउन पर्यो। मिल्छ भने मलाई माफ गरिदिनु।
******-*******-***
गाडीले झ्याप्प ब्रेक हान्यो, कोशी ब्यारेज आइपुगेछ। दिवसले यता-उति हेर्यो। उसको हातमा मानुषीको फोटो थियो मात्र फोटो। खोइ त्यो चिठी , निकै अत्तालियो। सपना होकी बिपना त्यो पनि छुट्ट्याउन सकेन, धेरै पटक चिमोटेर हेर्यो तर पनि सकेन। हत्तपत्त मानुषीलाइ फोन गर्यो, स्विच अफ रहेछ। उसले केही बुझ्न सकेन को हो त्यो युवक, को हो सुनेना, कसरी आयो उसको हातमा मानुषीको फोटो?? 
मानुषी त्यही थिइ, जोसँग दिवसको दुइ वर्ष अघीसम्म प्रेम थियो। एक दिन अचानक मानुषीले आएर उसँग सत्य कबुल गरि- आफ्नो बिबाह भैसकेको लोग्नेलाइ धोका दिएर उसँग आउन नसक्ने भनेर।" हो त्यसै दिनको प्रतिशोध साँध्न दिवसले बिबाह गरेको। बिबाह शब्दले फेरि झस्कियो:- उसकी एउटी बुढी छे, धरानमा छे एकदमै सुन्दर छे। तर दिवस रात भरिको घटनाले पुरै बिचलित भैसकेको छ। अब उसले आफ्नी बुढीको मुहार पनि सम्झ्न सकेन ।यो के भइरहेको , उसको समझमा केही थिएन।
**************----*****
बिहान सबेरै गाडी धरान पुग्यो। दिवस भने अब ढुक्क थियो, उसकी बुढी अरु कसैसँग हिँडिसकेकी छे, उसलाइ छाडेर ,त्यो पनि सदाका लागी। उसले सम्झियो -अन्तिमपटक फोनमा कुरा हुँदा पनि राम्रोसँग बोलेकी थिइन। धेरै भयो, राम्रोसँग सुनिएन भनेर बिचमै फोन काटेको। बसपार्कबाट बुढा-सुब्बा पुग्ने बेलासम्म उसले एक-एक सम्झियो , फेसबुकमा अर्कै केटासँग हालेको फोटो अरु पनि के के हो के के?? उसको मुटु जोड जोडले धड्किन लाग्यो।
********************
बुढा-सुब्बासँगै थियो उसको ससुराली। उसकी बुढी सानैदेखी दाजु-भाउजुसँग बस्थी- आमा बाबु सानैमा बितेका। बिहानको बजेको हुनपर्छ, सिदै घर गएर डोरबेल बजायो, मुटु ढुक-ढुक गर्दै नै थियो। जब ढोका खुल्यो, उसको क्रोधको सिमा टुट्यो। हाइ गर्दै एउटा युवक आएर खोलेको थियो ढोका। त्यो युवक उसकी बुढीकी दाइ थिएन कोहि आफन्त नै। दिवस आँधी -बेहरी जस्तै घर भित्र घुस्यो- सिदै आफ्नी बुढीको बेडरुम तर्फ। अर्धनग्न अवस्थामा युवती ओछ्यान पट्याउँदै थिइ। दिवसले आफ्नो ब्यागबाट " स्विस नाइफ" निकाल्यो आफुँतर्फ आउँदै गरेको युवकको पेटमा घुसाइदियो।उसले अया पनि भन्न पाएको थिएन होला जसै उसका आन्द्रा-भुँडी भुइँमा असरल्ल छरिए।अब बल्ल युवती कराइ। दिवसले उसलाई प्रहार गर्न सकेन, एकदमसँग रोकियो। त्यो उसकी बुढी थिइन।
*****---******-
दिवस भुइँमा थ्याच बस्यो अनि पो बल्ल उसलाइ करिब महिना अघी आएको म्यासेजको हेक्का भयो। उसकी बुढीले भनेकी थिइ- पुरानो घर लिलामीमा पर्यो, बल्ल-तल्ल दाजुले अलि माथी सानो टहरा जोड्नु भएको , तपाइ आउने हुँदा फोन गरेर मात्र आउनु है!! तर दिवस आफ्नो आगमनको सर्प्राइज दिन चहान्थ्यो!!!सायद धेरै ठुलो सर्प्राइज
*****************-**
सहेनारे!!!


No comments:

Post a Comment