Search This Blog

Thursday, September 28, 2017

गजल


मित्रता र प्रेम बिच फरक देखिनछु
आफ्नै सम्झी तिम्लाइ छुट्टै पत्र लेखिनछु ।

काम पर्दा आक्कल-झुक्कल घन्टी बज्थ्यो उसको  (२)
त्यही 'कामका' पाना  भित्र गुलाफ राखिनछु ।

शहर बजार टहलिदै कफी पिइयो कतिकति (२)
एउटै इस्ट्र  कपमा राखी जुठो साटिनछु ।

मध्य रातमा अनलाइन गफले काउकुती लाउँथ्यो (२)
भेट हुँदा गफका कुरा गर्न जानिनछु ।

‘असल मित्र’ मात्रै हामी जाने बेला तिम्ले भन्यौ (२)
दाल–भात खायो भोक टर्यो  ! तर ट्वाक्क बनिनछु ।

मित्रता र प्रेम बिच फरक देखिनछु
आफ्नै सम्झी तिम्लाइ छुट्टै पत्र लेखिनछु ।



2 comments:

  1. त्यो मित्रतामा अलिअलि प्रेम देख्या भए हुन्थ्यो होला।
    चिसो लाग्या मुटुमा मायाले सेक्या भए हुन्थ्यो होला।
    आए आइहाल्छ,नत्र गुम्यो भन्ने जोखिम मोलेर बरु,
    उनको नाममा एउटा प्रेम पत्र लेख्या भए हुन्थ्यो होला।।

    ReplyDelete