१. रिचार्ड स्मिथले पाएको गलत औषधी ः
यो सन् २०१० मा संयुतm राज्य अमेरिकामा घटेको घटना हो । ७९ वर्षिए रिचार्ड स्मिथ किड्नीका बिरामी थिए । उनी केहि वर्षदेखि लगातार रुपमा अस्पताल आएर आफ्नो डायलाइसिस पनि गराइरहेका थिए । अचानक एकदिन उनलाइ सास फेर्न निकै नै अफ्ठ्यारो भयो र चिकित्सकहरुले उनलाइ आइसियूमा राखेर उपचारको थालनी गरे । आइसियूमा राखेको अर्को दिन उनलाइ पेट दुख्यो । ग्यासट्राइटिसको शंका गरि चिकित्सकहरुले उनलाइ ‘एन्टासिड’ प्रेस्क्राइब गरे । तर भैदियो के भन्दा , एकजना आइसियूमै कार्यरत नर्सले एन्टासिड जस्तै देखिने ‘प्यानक्युरोनियम’ नामको अर्कै औषधी स्मिथलाइ दिइन ।
‘प्यानक्युरोनियम’ मानिसलाइ बेहोस बनाएर इन्ट्युबेट गर्न प्रयोग गरिने दबाइ हो । सो दबाइ पाउनासाथ , स्मिथ बेहोस भए र डाक्टरहरुको लाख कोसिसका बाबजुद पनि एक महिना पश्चात् उनको मृत्यु भयो । सोझो तरिकाले हेर्दा उतm घटनामा उपचारमा संलग्न नर्सले लापरबाही गरेको प्रष्ट देखिन्छ । तर पनि अस्पतालले सो घटनाको अनुशन्धान गर्यो र अन्त्यमा संसारलाइ चकित बनाउने गरि ती नर्सलाइ कुनै पनि कार्वाही गरेन । बरु अस्पतालका सबै डिपार्टमेन्टहरुमा उस्तै–उस्तै देखिने औषधी सँगै नराख्न परिपत्र जारी गर्यो साथै ‘प्यानक्याुरोनियम’ एनेसथेसियाले मात्रै चलाउन पाउने नियम बनायो ।
२. रेजिना टर्नरको गलत सर्जरी ः
लगातार रुपमा स–साना पक्षघातहरु भइरहे पश्चात् , रेजिना टर्नरले आवाज गुमाइन । चिकित्सकहरुको सल्लाहबमोजिम , उनको क्रानियोटोमी बाइपास ( एक किसिमको मस्तिष्कको सर्जरी) गर्नुपर्ने भयो । अपरेशन भन्दा अघि उनी ठमठम हिँड्न सक्थिन , आफ्नो स्याहार पनि आफैले गर्न सक्थिन । तर अपरेशन पश्चात भने उनी सम्पूर्ण रुपमा अपाङ्ग भइन । अलिक पछाडी मात्र चिकित्सकहरुले के पत्ता लगाए भने , टर्नरको देब्र्रे भागको बाइपास सर्जरी गर्नुपर्नेमा भूलवश दाहिने भागको सर्जरी भएको रहेछ ।
तर जब कारण पत्ता लाग्यो , तबसम्म ढिलो भइसकेको थियो । घटनापश्चात् , अस्पतालले उच्चस्तरीय छानबिन समिति गठन गर्यो जसले सर्जन र नर्सलाइ मात्र दोषी देखाएर अस्पताललाइ उन्मुतिm दिएन । बरु त्यस अस्पतालमा दैनिक रुपमा हुने सर्जरीको संख्यादेखि स्वास्थ्यकर्मीलाइ लगाइने ड्युटि हावर्स माथि पनि प्रश्न उठायो । साथै सोही घटना पश्चात् नै संसारभर हुने सर्जरी पूर्व पूरा गर्नुपर्ने प्रोटोकललाइ अझ परिस्किृत र शसतm बनाइयो ।
३. एन्डी वारहोलको रहस्यमय मृत्यु ः
सन् १९९० को घटना हो । अस्पताल र स्वास्थ्यकर्मीहरुसँग भयङ्कर डराउने एन्डी वारहेल पनि आफ्नो पित्त थैलिमा देखापरेको जटिल समस्याका कारण अन्तत्तोगत्वा अपरेशन गर्न राजी भए । चिकित्सकहरुले पनि सफलतापूर्वक उनको सर्जरी गरे । प्रोटोकलअनुसार उनलाइ केहि दिन अस्पतालमै भर्ना गरेर राखियो । बिस्तारै स्वास्थ्यलाभ गरिरहेका वारहोलको अचानक अस्पतालमै केहि दिन पश्चात् मृत्यु भयो ।
पोस्टमार्टम गर्दा उनको फोक्सो र शरिरका अन्य भागमा समेत पानी भरिएको थियो । कारण खोतल्दै जाँदा पत्तो लाग्यो कि वारहोललाइ दिइनुपर्ने फ्ल्युडको(स्लाइन पानी) मात्रा भुलबश डबल पर्न गएछ । त्यत्रो जोखिमपूर्ण सर्जरीबाट जोगिएका वारहोलले अति नै सानो गल्तिका कारण संसारकै प्रतिष्ठित अस्पतालमा मृत्युवरण गर्नुपर्यो ।
४. सिबिएसले गरेको सनसनीपूर्ण खुलासा ः
३४ वर्षिका रोड्नी इङ्गलिस जन्मजात स्पाइना बाइफिडा नामक समस्याबाट ग्रसित थिए । नियमित उपचार गराइरहेका इङ्गलिस यसपटक पनि सामान्य सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए । सामान्य शल्यक्रिया पश्चात् उनी स्वास्थ्यलाभ गर्दै थिए तब अचानक उनी बेहोस भए र त्यसपछि कहिल्यै आँखा खोलेनन् । अस्पतालले स्पष्ट रुपमा मृत्युको कारण बताउन सकेन तर मर्ने बेलामा उनलाइ एनेमिया भएको तथ्य बाहिर ल्यायो ।
बिरामीका आफन्तको उजुरीका आधारमा , सिबिएस, अमेरिकाले बृहत अनुशन्धान गर्यो जसले मृत्युको कारण उनलाइ दिइएको गलत रगत भनेको छ । आखिर रेडक्रस सोसाइटिले त्यत्रो होसीयारीपूर्वक तयार गरेको ब्लड जो पुनः १०–१२ ठाउँमा राम्रोसँग परिक्षण गरिन्छ , कसरी गलत भयो त ? जून आजसम्म पनि रहस्यपूर्ण नै रहेको छ ।
कि सबथोक रोबटले संचालन गर्नपर्यो , अन्यथा मानिसले नै गर्ने भएपछि कहिँ कतै गल्ति त भइहाल्छ । यस्ता गल्तिहरु पुरै निमिट्यान्न त बनाउन सकिदैन तर यिनलाइ न्युनिकरण गर्नेतिर सबैको ध्यान जानु वाञ्छनीय छ ।
पुनश्च ः माथि प्रस्तुत गरिएका दृश्टान्तहरु संसारभर लापरबाही हुन्छन् तसर्थ हामीले पनि लापरबाही गर्न पाउनुपर्छ भन्ने आशयका पक्कै होइनन् । बरु संसारका बिकसित भनिएका देशहरु र प्रतिष्ठित मानिएका अस्पताल र स्वास्थ्यकर्मीहरुबाट समेत त्रुटीहरु हुन्छन् भन्ने भाव प्रस्तुत गर्न खोजिएको हो । आखिर डाक्टर पनि मानव हो र मानिसले जान अन्जानमा अनेक गल्तिहरु गरिरहेको हुन्छ ।

No comments:
Post a Comment