पुर्वीय दर्शनको कुनै आख्यानमा चिकित्सक / स्वास्थ्यकर्मीका बारे एउटा रोचक कथा उल्लेख गरिएको छ :
" धेरै पहिले देविदेवताको पालाको कुरा हो जतिखेर स्वास्थ्यकर्मीहरुलाइ अछुत वा तल्लो जातका रुपमा हेर्ने गरिन्थ्यो। उनीहरुलाई देवराज इन्द्रको सभा-समारोहमा निशेध गरिएको थियो र अन्य स्थानमा समेत उनीहरुको आगमनलाइ असुभ मानिन्थ्यो। एकदिनको कुरा हो, 'चवन' नाम गरेका एकजना ऋषि अचानक बिरामी परेछ्न। धेरै लामो समयसम्म ओछ्यान मै थला परिसकेपछी भने देवताहरु माझ खैलाबैला मच्चिएछ किनकि त्यो भन्दा पहिले कसैलाइ पनि त्यस्तो भएको थिएन। सबैजना आत्तिएर राजा इन्द्रकोमा भेला भएछन् तर निकै लामो रस्साकस्सी चलिसक्दा पनि ठ्याक्कै के गर्ने भन्ने कसैले सुझाउन सकेनछ्न। यता चवन ऋषि रोगले छ्ट्पटाइरहेका थिए।
यो सबै घटना त्यसबखतका स्वास्थ्यकर्मी अस्विनीकुमारले (जसलाइ आज हामी देवताहरुको चिकित्सक पनि भन्दछौँ) नजिकबाट नियाली रहेका थिए। अस्विनीकुमार सरासर चवन ऋषिकोमा गए र उनलाइ आफुले बनाएको औषधि सेवन गराए ( कालान्तरमा चवन ऋषीले प्राश गरेका कारण त्यसलाइ चवनप्राश भन्न थालियो)। औषधि खानासाथ चवन ऋषीको बिमारी सन्चो मात्र भएन, उनले अझ बढी तागत र तेज हाँसिल गरे।
यो घटनापश्चात, देवताहरु प्रसन्न भए र अस्विनीकुमारको जयजयकार गर्दै सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाइ उपल्लो दर्जा प्रदान गरे। उनीहरुको कुनै जात, धर्म वा वर्ण नहुने घोषणा गरे।
अहिले हामी सत्ययुगमा छैनौँ न त द्वापर वा त्रेता युगमै। तर यत्तिका समयपश्चात् आजको दिनमा पनि हामी चिकित्सकलाइ एउटा अब्बल र श्रेष्ठ दर्जाको पेशाकर्मी ठान्दछौं। अर्थात् , एउटा चिकित्सक बनिसकेको व्यक्ति कुनै पनि बहानामा पिछडिएको हुनैसक्दैन।
सोझो तरिकाले हेर्दा पनि जो अशक्त वा निर्धो छ उसलाइ हात दिएर माथी तान्नु स्वभाविक हो तर जो पहिलै बलवान छ र खुट्किलोको अग्रपंक्तिमा उभिरहेको छ उसैलाइ सहारा दिन खोज्नु माथी बसेकाहरुको मुर्खता मात्र नभइ बलमिच्याइँ पनि हो।
एम.डी/ एम.एस परीक्षामा आरक्षण
आइओएमले यसै साता एम.डी/ एम.एसका लागि लिएको प्रवेश परीक्षामा अस्वभाविक रुपमा आरक्षणको व्यवस्था लागू गरेको छ। महिला तथा विपन्न वर्गका लागि भनी समावेश गरिएको सो कोटा प्रणालीलाइ कुनै पनि तर्कले पुष्टि गर्न सकिँदैन।
के हाम्रा महिला चिकित्सकहरु पुरुष चिकित्सक भन्दा कमजोर छन् त ? के साँच्चै देशको एउटा पायोनियर हेल्थ इन्स्टिटिउटको यस्तै बुझाइ हो त? त्यसो हो भने, भोलिका दिनमा आम सर्वसाधारणले महिला चिकित्सकहरुका कुन हिसाबले स्वास्थ्य सुविधा लिन जाने?
मलाइ त त्यस्तो हो जस्तो कदापि पनि लाग्दैन किनभने आइओमबाटै भर्खर मात्रै पास आउट भएको ब्याचमा महिलाले नै टप गरेको समाचार यसै पत्रीकामार्फत पढेको धेरैदिन भएको छैन साथै सबै मेडिकल कलेजहरुको नतिजा सुक्ष्म रुपमा केलाउने हो भने पचास प्रतिशत भन्दा बढी ठाउँहरुमा महिलानै अब्बल रहेका छ्न।
पाकिस्तानको नजिर:
पाकिस्तान संसारको एउटा यस्तो देश हो जहाँ आमाबाबुहरु आफ्ना छोरीहरुलाइ यसकारण मेडिकल पढाउँछन् ताकी उनिहरुको विवाह एउटा गन्यमान्य चिकित्सकसँग होस। त्यसकारण धेरैजसो पाकिस्तानी महिला चिकित्सकहरु एम.बि.बि.एससम्म त अब्बल हुन्छन् तर त्यसभन्दा माथी पढ्दैनन, घरजम गरेर बस्छन् । त्यसैले त्यहाँको सरकारले महिलाहरुलाइ थप अध्ययनका लागि अनेकन कोटा प्रदान गरेर प्रोत्साहन गरिरहेको छ।

तर के हाम्रो परिप्रेक्ष्यमा त्यस्तो खाले प्रोत्साहनको खाँचो छ? के एउटा कट्टर इस्लामिक मुलुकको जस्तो गैरजिम्मेवार समाज हाम्रो छ, जसले अनेक प्रपन्च गरेर महिलाहरुलाइ विशेषज्ञता हाँसिल गर्न रोक गरेको होस् ? के आइओएम, धुलिखेल वा धरानबाट उत्तीर्ण गर्दै गरेको महिला चिकित्सकहरुको परिवारले त्यति सानो सोचाइ राख्छ होला?
आखिर यी सब कुरा होइनन् भने किन चाहियो एउटा डक्टर बनिसकेको महिलालाइ थप प्रोत्साहन ?
विपन्नताको परिभाषा के?
आफ्नो पुर्ख्यौली जायजेथाका कारण होस या चिकित्सक बनेपश्चात् आर्जन गरेको नाम वा कामका कारण , सबै चिकित्सकहरुको समान आर्थिक हैसियत हुँदैन। यो धुर्वसत्य कुरा हो। तर यहाँ त सरकारको सबैभन्दा महत्वपूर्ण प्राज्ञिक निकाय त्रिभुवन विश्वविद्यालय (जसलाइ सरकारले समाज नियाल्ने आखीँझ्यालका रुपमा पनि लिन्छ) ले हाम्रो जस्तो समाजमा एउटा चिकित्सक बनिसकेको व्यक्तीलाइ विपन्न वर्गमा वर्गिकरण गर्न खोजेको छ।डाक्टर नै विपन्न भएको देशमा गरिबीको रेखा कहाँ पो होला! सायद यस्तै आँखीझ्यालहरुका कारण कालन्तरमा नीतिनिर्माताहरुको आँखामा फुलो पर्छ र त्यसपछि हरबखत गलत नितिको तर्जुमा हुन्छ।

अझ हास्यास्पद कुरा त के छ भने, चिकित्सकहरुमा त्यत्रो विपन्नता देख्ने संस्थाले निशुल्क भनिएको पिजीका सिटहरुमासमेत अनेकन शिर्षक राखी महङ्गो फी चार्ट प्रकाशित गरेको छ।
एउटै छात्रावासमा बसेर, एउटै भाँडामा पकाएको खाना खाएर अनि एउटै कक्षाकोठामा पढाएको लेक्चर सुनेको जो-कसैले पनि आफू आफ्नो जात, भाषा, वर्ण वा फरक आर्थिक हैसियतका कारण अरु भन्दा सक्षम छैन भन्ने लक्जरी पाउनुहुँदैन। आखिर कसैको जीवनमरणसँग जोडिएको यस पेशामा कम सक्षम बन्ने छुट कसैलाई छैन।
त्रिवि पदाधिकारी र डिन कार्यलयको नियतमा शंका!
यहाँ बुढी मरि भन्ने चिन्ता त छँदै छ तर त्यो भन्दा बढ्ता चिन्ता काल पल्केकोमा छ। केही महिना अघि भएको अन्डर ग्राजुएट तहको प्रवेश परीक्षामा पनि आइओएमले संविधानको हवाला देखाउँदै महिला, जनजाति , विपन्न तथा सिमान्तकृत वर्गका नाममा आरक्षण लागू गर्न खोजेको थियो। तर त्यसको चौतर्फी विरोध साथै औचित्य पुष्टि गर्न नसकेपछि डिन कार्यलय उक्त निर्णयबाट पछि हट्न बाध्य भएको थियो।

अहिले आएर उ फेरि तिनै विरोधीहरुलाइ जिस्काइरहेको छ।सरसर्ती हेर्दा यस्तो लाग्छ, यसपटक महिला र विपन्न वर्गका नाममा दुई-चार वटा कोटा छुट्टाएर आउँदा दिनमा भने लार्ज स्केलमै र पुर्णकालिन रुपमै आरक्षणलाई संस्थागत गर्न खोजिएको छ।
अहिले महिलालाइ अघि सारेर कोटा लगाउने र अर्कोपटक पुर्ण आरक्षण लागू गर्दा कोही बोले , उनीहरुलाइ जनजाति वा सिमान्तकृत वर्गको विरोधी बताउने दाउ पनि त्रिविको हुनसक्छ। तर त्रिवि र डिन कार्यलय के कुरामा ठुक्क भए हुन्छ भने हामीले जनाएको विरोध समग्र मेडिकल शिक्षामा हुने आरक्षणका लागि हो चाहे त्यो महिलाका नाममा होस या विपन्न या जनजाति ।
यस विषयमा लामो समयदेखी लड्दै आएका साथीहरुले पनि साँच्चै ती समुदाय र वर्गको प्रगती चाहेको हो भने सानै कक्षादेखि नै समान पहुँच र अधिकारको वकालत गरून् नकि ५० सिट को एमबिबिएस र सय सिटको पिजीमा आएर। त्यो पनि यस्तो संवेदनशील क्षेत्रमा जहाँ क्वालिटी कम्प्रमाइजको गुन्जाएस पनि रहन हुँदैन।
यस्तो गम्भीर विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले केही सकारात्मक पहलकदमी चाल्लान भन्ने आस त कहिँकतै एकटुक्रो पनि छैन। उनीहरु त अझ चिकित्सा शिक्षालाइ तहसनहस बनाउन दिनरात नभनी लागि परेका छ्न। तर मेडिकल शिक्षाका बारे सबैथोक बुझेको डिन कार्यलय किन पटकपटक यस खेलमा त्रिविका तर्फबाट स्ट्राइकरको भुमिका खेलिरहेको छ, सायद यसको जवाफ खोज्नेबेला आइसकेको छ।
अन्त्यमा आरक्षणको औचित्य !
कुनै पनि दौडमा, यदि कुपोषणयुक्त प्रतियोगी सहभागी हुन चाहेमा , आयोजकसँग जम्मा दुईवटा विकल्प रहन्छ : या'त उसलाई केहि समयसम्म पोषणयुक्त खानेकुरा दिएर सक्षम बनाएर दौडन लगाउने या उसका लागि दुरि नै छोट्याइदिने। हामीलाइ सबैथोक क्षणिक चाहिएको छ, त्यसैले त कुनै वर्ग वा समुदायलाइ समान पहुँच र अधिकार दिएर बेलैदेखि नै सक्षम र पोषणयुक्त बनाउनका साटो हामी उनीहरुका लागि दुरी मात्रै छोट्याउने काम गरिरहेका छौँ जसलाइ समाजशास्त्रीहरु समेत जायज मान्दैनन् । अझ यस्तो संकायमा जहाँ थोरै मात्र कम दौडिएको घोडाकोसमेत कुनै मोल हुँदैन।त्यती मात्र होइन, छोट्टाइएकै दुरीमा पनि बलिया-बाङ्गा र हुनेखाने कै वर्चस्व छ।
एउटा विद्यार्थी आफ्नो वर्षौँको मिहेनत पछि एमबीबीएसको प्रवेश परीक्षामा ९५ अंक ल्याएर खुलातर्फ १ नम्बरका कारण छनोट हुँदैन अनि अर्कोतर्फ १ नम्बरले पास भएको र उसको भन्दा धेरै राम्रो आर्थिक हैसियत भएको साथी ५१ अंक ल्याउँदै आरक्षणको खोल ओढेर चिकित्सक बन्छ। पुन: त्यही साथी विपन्न कहलाउँछ अनि आरक्षणमै विशेषज्ञता हाँसिल गर्छ।हो, यस्तै यस्तै साना कुराहरुले नै हो , मेडिकल शिक्षाको गुणस्तर निर्धारण गर्ने।
उता देवताहरुले चिकित्सकलाई सर्वश्रेष्ठ दर्जा प्रदान गरे। यता मानवहरुले भने त्यही सर्वश्रेष्ठता भित्र पनि भिन्नभिन्न दर्जा खडा गरे। सायद त्यही होला देवता र मानवबिचको फरक।