१.
रामलाइ तिन दिनदेखी ज्वोरो आइरहेको थियो । उ चौथो दिनमात्र कलेज गयो । रामलाइ देख्नासाथ तिमी "हराम" भनेर सरले गाली गर्न थाल्नु भयो । रामले पनि आफुलाइ "बिराम" भएको कुरा बतायो । सरलाइ चित्त बुझेन । किन इन्फर्म नगरी लिभ बसेको भनेर, एक हप्ता थप "आराम"(सस्पेन्ड) गर्न आदेश दिनुभयो।
फर्किदै गर्दा रामले सस्पेन्ड लेटर तर्फ हेर्दै आफैले आफैलाइ प्रश्न गर्यो : "के ज्वोरो चाहिँ मलाइ इन्फर्म गरेर आएको थियो र ?"
२.
तुलाराम सर्जिकल वार्डमा भर्ना भएको आज तेर्ह दिन भयो । आज भने उ वार्डबाट कसैले थाह नपाउने गरि सरक्क उठेर बाहिर निस्कियो । सिधै क्यान्टिनमा गएर एक बटुका मटन सुप खायो । त्यसपछी फलफूल पसलमा गएर एक गिलास अनार जुस पियो । त्यही पसलबाट २ किलो स्याउ र २ किलो मौसम किन्यो । फेरी उसैगरी कसैले थाह नपाउने गरी वार्ड भित्र सरक्क छिर्यो । जब मुख मिठ्याउँदै बेडमा के पल्टन लागेको थियो; तुलारामलाइ झल्यास्स याद आयो : उ त बिगत २ दिनदेखी बेखर्ची भएर अस्पतालको बेडमा पानी मात्र पिएर सुतिरहेको छ ।
३.
सुदेश, उमेश र शृजन तिनजना अत्यन्त मिल्ने साथीहरु हुन् । आज उनीहरुले सबेरै पशुपति जाने योजना बनाए । श्लेशमान्तकको जङ्गलमा गएर थरीथरीका पोजमा फोटो खिचाए । हनुमानजीसँग सेल्फी लिए । आर्यघाटमा पुगेर जल्दै गरेको लासको फोटो अपलोड गरी, "आखिर अन्तिममा सबैलाइ यहिँ आउनु छ" भन्ने क्याप्सन राखे ।
फर्कने बेला मित्रपार्कको उकालो ठसठस कन्दै चढिरहेको सुदेशले सम्झियो : "ए दर्शन गर्नै बिर्सिएछ " ।
मान्छेले प्लास्टिकलाइ फोटो बनायो, फोटोले मान्छेलाइ प्लास्टिक बनायो ।
हे राम कति खत्रा लेख्या होला!!😂😂😂
ReplyDelete