छाती भित्र गड्यो मुस्कान मेरी प्रीयाको
मलाइ देख्दा बड्यो मुस्कान मेरी प्रीयाको
मलाइ देख्दा बड्यो मुस्कान मेरी प्रीयाको
ओठ टोकी इसारामै आँखा झिमिक पारिदिदा
ओठै माथी चड्यो मुस्कान मेरी प्रीयाको ।
ओठै माथी चड्यो मुस्कान मेरी प्रीयाको ।
जब खुल्यो किताब त्यो जसमा मेरो नम्बर थ्यो
किताबैले पढ्यो मुस्कान मेरी प्रीयाको ।
किताबैले पढ्यो मुस्कान मेरी प्रीयाको ।
लाजका खित्का जब फुस्क्यो माइकमा तिम्रै नाम लिँदा
बल्ल तल्ल अड्यो मुस्कान मेरी प्रीयाको ।
बल्ल तल्ल अड्यो मुस्कान मेरी प्रीयाको ।
अन्तिम शेर :
अघि बढी प्रस्ताव पहिले कस्ले राख्ने द्विविधा भो
द्विविधा मै सड्यो मुस्कान मेरी प्रीयाको ।
द्विविधा मै सड्यो मुस्कान मेरी प्रीयाको ।

No comments:
Post a Comment