“A good friend might not be a good son/daughter; similarly a good father might not be a good husband”
अर्थात, एउटा व्यतिm कसैका लागि एकदम राम्रो हुन सक्छ तर त्यहि व्यतिm अर्को पक्षका लागि एकदम खराब । गुण–अवगुणहरु सबैमा हुन्छन् । त्यसैले त , मानिस राम्रो या नराम्रो हुनुमा उसले खेल्ने भूमिका , समय, सन्दर्भ सबैले फरक पार्छन् । विगत केहि घण्टामा सिकेको यस दिव्यज्ञानका आधारमा आज आफैले आफ्ना बारेमा लेख्ने पहिलोपटक जमर्को गर्दैछु ।
मेरा खुलापत्रका मूख्य कमजोरीहरु
नम्बर १ ः दुइ–चारवटा अनलाइन र्पोटलमा आलेख छापिदैमा , आफूले आफैलाइ लेखनिमा निपुण सम्झनु सायद पहिलो भूल थियो । यत्तिसम्म हेक्का भएनछ कि , कुनै पनि सार्वजनिक पद धारण नगरेको व्यतिmका बारे, सो व्यतिmविशेषको सहमतिबिना लेख्न पाइदैन ।
व्यतिmलाइ इङकित गरिएको भएतापनि, मेरो लेखनीको एकमात्र उदेश्य पब्लिक फोरममा त्यस्ता कुराको हेल्दि डिसकसन होस भन्ने नै हो ।
नम्बर २ ः नियतमा गरिएको शंका
अघि भनेको जस्तै , मैले खराबी देख्ने त्यहि कुरामा , अर्को पक्षले केहि खोट नदेख्नसक्छ । तर म मेरो सोचाइमा घोत्लिन त्यतिखेर बाध्य भएँ जतिखेर मेरा निकै नजिकका साथी–भाइसमेतले पनि “त्यत्तिको लागीपरेको मानिसको नियतमै शंका चाहिँ नगरेको भए हुन्थ्यो है” भने ।
भावआवेशमै सहि , आखिर किन त्यस्तो सोचाइ आयो त? निकैबेरको चिन्तनपश्चात् ,म आफैले आफैलाइ निकै ठूलो स्वार्थी भएको महशूस गरेँ ।
डा.केसीको आन्दोलनमा सहभागि हुनुमा मेरा पनि केहि स्वार्थ रहेछन् । जस्तो कि , नेपालकै लब्धप्रतिष्ठित व्यतिmहरुसँग घनिष्ठ सम्बन्ध बनाउन पाइने , राजनितिज्ञहरुसँग नजिकबाट काम गरेर राज्य प्रणालीका बारे नजिकबाट जान्ने मौका पाइने , केहि मिडिया हाउसहरुसँग चिनजान हुने अनि मुख्यत हजारौँ हजार मानिसहरुलाइ लिड गर्न सक्ने नेतृत्वको विकास हुने ।
यी सम्बन्धहरुको दुरुप्रयोग नगरु भन्दा भन्दै पनि, कतिपल्ट त आफैले घुम्न गएका बकमफुसे आर्टिकलहरुसमेत प्रकाशित गराएर आलोचित भइसकेको छु ।
सायद आफूले यस्तै स्वार्थरुपि चश्मा लगाएर पनि हो कि अर्काको निष्ठामा पनि स्वार्थ देखेको ।
यति भन्दा भन्दै पनि मैले छलफलमा ल्याउन खोजेको नियत चाहिँ अनशनस्थलकै नजिकमा होहल्ला गर्ने , डिस्को चलाउने आदिको पनि थियो । तर त्यसका बारेमा कहि कतै डिसकसन नै भएन ।
धमिलो पानीमा माछा मार्ने काम
एउटा लेखको आ–आफ्ना किसिमका व्याख्या विश्लेशण गरी कसरी र कतिसम्म खेल्न सकिदो रहेछ भन्ने दृश्टान्तहरु हरएक आइवोमाइट्सका फेसबुक वालमा छरपष्ट देख्न सकिन्छ ।
पानी छचल्काएर जब मैलै धमिलो बनाएँ , तब सबैले आफ्नो बलबुताले भ्याएसम्म माछा मार्ने प्रयास गरे । कि त त्यस लेखमा खराबी देख्नेहरु मात्र थिए कि त पुर्ण सत्यता । एकजना त्यस्तो कोही निस्किएन जसले लेखका कमि कमजोरीहरु साथसाथै त्यसले उठाउन खोजेको इस्यूका बारेमा क्रिटिकल्लि सोचेको होस् । त्यो त फगत कसैलाइ म ममाथि वा मैले पत्र लेखेको पात्र माथि आफ्नो झोक पोख्ने माध्यम पो भएछ ।
ती गलत इन्टेसनका साथ भएका शेयरहरु प्रति मेरो गम्भिर आपत्ति रहेको छ ।
अन्तमा ,
डा.केसीलाइ ढाल बनाएर जसरी एकले अकालाई आरोप लगाउने काम भइरहेको छ , त्यो जत्तिको तुच्छ काम केहि हुन सक्दैन । आखिर एउटा व्यतिm हाम्रा लागि भोकभोकै लडिरहेको छ । हामी चाहिँ त्यहि भोको पेटमा आफ्ना इगोहरु भज्याइरहेका छौँ ।
No comments:
Post a Comment