एकपटक भगवान गौतम बुद्ध , एउटा सुन्दर बस्तीमा पुग्नु भएछ जहाँ तीनजना मजदुर, दिन-रात , घाम-पानी केही नभनी निर्माणको काममा निरन्तर खटिएका थिए । गौतम बुद्धले तिनैजनालाइ पालैपालो बोलाएर एउटै प्रश्न गर्नुभएछ - "बालक
तिमी के गरिरहेका छौ?" पहिलोले उत्तर दियो - मेरो घरमा बालबच्चा छन् , श्रीमती छे , त्यसैले जिविकोपार्जनका लागि मजदुरी गर्दैछु। दोस्रोले भन्यो - देख्नुभएन, म धमाधम इँटा थपिरहेको छु। तर तेस्रो व्यक्तिले दिएको जवाफले गौतम बुद्धलाई
सोच्न बाध्य बनाइदियो। उसले भन्यो - म यहाँ एउटा सुन्दर र ऎतिहासिक स्तम्भ ठड्याउने काममा लागेको छु।
आखिर तिनैजनाले गरिरहेको काम एउटै थियो तर पनि हरेकले आफ्नो कामप्रती राख्ने दृष्टिकोण र सोच्ने दायरा भिन्न थियो। यसरी नै जिवनमा सकारात्मक सोचाइ राख्ने र फराकिलो एटि-टिउड भएका व्यक्ति अति नै दुर्लभ हुन्छन् । मेरो नजरमा यस्तै दुर्लभ मध्यका एक हुन, डा.रमेश सिंह भण्डारी ।
करिब एक वर्ष अघिको कुरा हो, हाम्रो टिम व्हीपल्स सर्जरी (प्यानक्रीयाज वा पित्त थैलीमा हुने ट्युमरको अपरेसन)गरिरहेको थियो, अचानक रक्त नलिहरु जेलिएर अपरेसन थिएटर भित्रै कोलाहलको वातावरण बन्यो। यस्तो अवस्थामा प्राय सर्जनहरु अगाडि बढ्दैनन। तर रमेश सर बिगतमा यस्तो अवस्थामा के हुन्थ्यो भनेर सोच्नेतिर भन्दा पनि बिरामीलाई कसरी राम्रो गर्न सकिन्छ भन्नेतिर केन्द्रित हुनुभयो। शल्यक्रिया निकै लामो समयसम्म चल्यो, भास्कुलरका डाक्टरहरुलाइ बोलाएर रक्त नलिहरुको रिकन्स्ट्रक्सन गरियो र अन्ततोगत्वा हामी सबैले असम्भव ठानेको शल्यक्रिया पनि सफलता पुर्वक सम्म्पन्न भयो। सायद एक चिकित्सकका रुपमा डा.भण्डारीलाई सम्झनुपर्दा म
अत्यन्त धैर्यवान र कुइक डिसिजन गर्न सक्ने कुशल सर्जनका रुपमा सदैव सम्झ्नेगर्छु।
पहिलोपटक सरलाइ झट्ट हेर्दा, जो-कोही पनि झुकिन्छन् । सधैं फ़ुर्तिलो र इनर्जेटिक देखिनुहुन्छ ।बिहानीको राउन्डमा होस् या टिचिङ परिसरमा यताउती हिँड्दा नै , उहाँको सारमा हिँड्नुपर्दा हामी भर्चुअल्ली दौडिरहेका हुन्छौं । त्यही भएर होला कसैलाई उहाँको उमेर अन्दाज गर्न भन्यो भने, ३० भन्दा बढ्ता भनेको मैले आजसम्म सुनेको छैन। तर उहाँ भित्र जति परिपक्वता र नलेज छ, त्यो अक्सर मानिसहरुले गेस गर्ने उहाँको उमेर भन्दा तीन गुणा ज्यादा नै छ भन्दा फरक नपर्ला। जिवनको यति छोटो अवधिमै अनेकन इन्टर्नेसनल्ली रिकगनाइज्ड फेलोसिप र जटिल शल्यक्रियाहरु गर्ने अवसर निकै कम सर्जनहरुलाइ मात्र जुर्ने गर्छ। उहाँ बिरलै आफ्नो एकेडेमिक एक्सेलेन्स र राष्ट्रिय तथा अन्तराष्ट्रिय एक्सेपेरिन्सका बारे हामीलाइ बताउनुहुन्छ। तर उहाँले बिहानीको कन्फ्रेन्समा हामीलाइ सोध्ने प्रश्न, दिउँसो क्लासमा दिने नलेज अनि अपरेसन थिएटर भित्र चलाउने स्कालपेलले नै उहाँ भित्र रहेको अभुतपुर्व क्षमता र प्रतिभालाइ छताछुल्ल बनाइदिन्छ।
डा.भण्डारी प्रायजसो टिचिङ् अस्पतालमा नै भेटिनुहुन्छ।अस्पताल नै प्रदान गरेको क्वाटरमा बस्दै आउनुभएको सर, बेलाबखत हामीसँग भन्नुहुन्छ एम.एस यहिँ गरियो, एम.सि.एच यहीँबाट सक्काइयो अनि आफ्नो करिअरको सुरुवात पनि यसै अस्पतालबाट गरियो, त्यही भएर होला टिचिङ अस्पताल आफ्नै घर जस्तो लाग्छ। एक रेजिडेन्ट चिकित्सक वा बिरामीका रुपमा हेर्दा , ट्वाइन्टी फोर आवर्स अभाइलेबल सर्जन अस्पताल परिसरमै पाउँदा चाँही हामी आफैले आफुलाइ भाग्यमानी ठान्ने गरेका छौँ।
व्हिपल्स सर्जरी र लिभर ट्रान्सप्लान्ट सरको विशेष इन्टेरेस्टको विषय भएतापनी आजको दिनमा आउँदा उहाँ सम्पुर्ण सर्जरी बिभागकै एउटा महत्वपूर्ण स्तम्भका रुपमा स्थापित भइसक्नुभएको छ।
बिभागकै त्यस्तो अग्रणी सर्जन भएतापनी सरसँग समय बिताउँदा कहिलेपनि हामी गुरु-चेला हौं भन्ने भान हुँदैन बरु सधैं उहाँले हामीलाइ एउटै सर्कलको असल मित्र जस्तो फिल गराइरहनु हुन्छ। भनिन्छ नि 'जति फल्छ वृक्ष, त्यति नुघ्छ हाँगो।' सायद सरको यहि आचरणले नै उहाँप्रती हाम्रो सम्मान झनझन चुलिदै गएको छ। कहिलेकाही सर आफुले अष्ट्रेलियामा फेलोसिप गर्दैगर्दाका रमाइला किस्साहरु सुनाउनुहुन्छ, हामी त्यसलाइ चाख दिएर सुन्छौँ। कहिलेकाही , फेलोसिप गर्दाखेरी नै आफुले गरेका शल्यक्रियाहरुका बारेमा सुनाउनुहुन्छ। अनि हामी त्यसबाट प्रेरणा लिन्छौँ।
यतिसब भनिराख्दा डा.रमेश सिंह भण्डारीलाई एक सर्जनका रुपमा मात्र चित्रण गरियो भने, त्यो आलेख सधै अपुरो नै रहनेछ । अझ यसलाइ यसरी भनौँ, सरका धेरै प्रेमीकाहरु छन् जसमध्य सर्जरी उहाँको फस्ट लभ हो र फस्ट लभको मात्र चर्चा गरेर बाँकी प्रेमहरुका बारे मौन रहन कदापि पाइदैन।खेलकुद अझ बिशेषगरि फुटबल उहाँको सेकेन्ड लभ हो।रनिङ , ड्रीबलिङ , बल होल्डिङ , उहाँले फुटबलमा पस्कने कुनै पनि स्किलहरु एउटा प्रोफेसनल प्लेअरको भन्दा कम छैनन् । हस्पिटल भित्रै बेलाबखत हुने टुर्नामेन्टहरुमा त सर एक्लैले
९-१० गोल गरेका रेकर्डहरु छन् ।
सायद स्पोर्ट्सबाटै सिकेर होला, सरको जिवनका धेरै प्राथमिकताहरु मध्य डिसिप्लेन पनि एक हो। उहाँ आफ्ना विद्यार्थी र समकक्षीलाई पनि आफुजस्तै अपटुडेट र डिसिप्लेन्ड भएको हेर्न चहानुहुन्छ। त्यहिभएर होला बेलाबखत उहाँलाई सर्ट-टेम्पर्ड भएको आरोप लगाउने गरिन्छ। तर मैले भने सरको यो आचरणलाई सदैव पोजिटिभ्ली नै लिने गरेको छु।
सरले एकपटक मलाइ भन्नुभएको थियो- 'हेर आशिक, जिवनमा सधै सकारात्मक सोच राख्नुपर्छ , दिमागलाइ चौडा बनाएर सोच्नुपर्छ अनि मनको दौरालाइ फराकिलो बनाउनुपर्छ ।'
सायद सरका यिनै कुराहरुले सधैं मलाइ प्रभावित बनाइराखेका छन्। सरको चौडा दिमाग जसभित्र अथाह ज्ञानको भन्डार छ, फराकिलो मन जसभित्र हजारौं बिरामी र विद्यार्थीहरु अटाएका छन् अनि सकारात्मक सोच जसका कारण हार मान्नु र हरेश खानु जस्ता शब्दहरु उहाँको शब्दकोषमा नै छैन। त्यही भएर होला गौतम बुद्धले तेस्रो मजदुरबाट सिकेको जस्तै , डा.रमेश सिँह भण्डारीबाट हामीले
जिवनमा सिक्नुपर्ने कुराहरु पनि अथाह छन् । हो मैले यस्तो सर्जन कहिलै देखेको छैन।

No comments:
Post a Comment