लत सधैँ-सधैं चुरोटको मात्र हुँदैन
लत कहिलेकाहिँ नोटको पनि हुन्छ
लत कहिलेकाहिँ भोटको पनि हुन्छ
लत सधै- सधैँ चुरोटको मात्र हुँदैन
लत कहिलेकाहिँ चोटको पनि हुन्छ ।।
नसा सधैँ-सधैँ दारुको मात्र हुँदैन
नसा कहिलेकाहिँ पारुको हुन्छ
कहिले चारुको हुन्छ
नसा धेरैजसो आफ्नीको होइन अरुको हुन्छ ।।
सम्झना सधैँ-सधैँ झरीको हुँदैन
सम्झना कहिलेकाहिँ चरीको हुन्छ
सम्झना कहिलेकाहिँ परीको हुन्छ
सम्झना जीवनभर
तिमीले अन्तिमपटक भनेको सरीको हुन्छ ।।
रोजाइँ सधैँ-सधैँ राम्रो हुँदैन
रोजाइँ कहिलेकाहिँ चाम्रो हुन्छ
रोजाइँ कहिलेकाहिँ हाम्रो हुन्छ
दिन्छन् इशले एकैथोक मात्र भनेपनी
रोजाइँ सधैभरी तिम्रो हुन्छ ।।
इच्छा सधैँ-सधैँ जितको हुँदैन
इच्छा कहिलेकाहिँ अरुको हितको हुन्छ
इच्छा कहिलेकाहिँ असल मितको हुन्छ
इच्छा जीवनभर एउटा सुमधुर प्रीतको हुन्छ ।।
अम्मल सधैँ-सधैँ गाँजाको हुँदैन
अम्मल कहिलेकाहिँ सत्ता , शक्ति राजाको हुन्छ
अम्मल कहिलेकाहिँ सित्तैमा पाइने खाजाको हुन्छ
एउटा उमेर हुन्छ जतिखेर
अम्मल जग्गे , जन्ती र पन्चे बाजाको हुन्छ ।।
खत सधैँ-सधैँ घाउको हुँदैन
खत कहिलेकाहिँ ॠण दिने साउको हुन्छ
घरबाट बिरामी बूढो बाउको हुन्छ
खत यो मनमा सधैँभरी
हुन नसकेको त्यो नाउँको हुन्छ ।।
लत कहिलेकाहिँ नोटको पनि हुन्छ
लत कहिलेकाहिँ भोटको पनि हुन्छ
लत सधै- सधैँ चुरोटको मात्र हुँदैन
लत कहिलेकाहिँ चोटको पनि हुन्छ ।।
नसा सधैँ-सधैँ दारुको मात्र हुँदैन
नसा कहिलेकाहिँ पारुको हुन्छ
कहिले चारुको हुन्छ
नसा धेरैजसो आफ्नीको होइन अरुको हुन्छ ।।
सम्झना सधैँ-सधैँ झरीको हुँदैन
सम्झना कहिलेकाहिँ चरीको हुन्छ
सम्झना कहिलेकाहिँ परीको हुन्छ
सम्झना जीवनभर
तिमीले अन्तिमपटक भनेको सरीको हुन्छ ।।
रोजाइँ सधैँ-सधैँ राम्रो हुँदैन
रोजाइँ कहिलेकाहिँ चाम्रो हुन्छ
रोजाइँ कहिलेकाहिँ हाम्रो हुन्छ
दिन्छन् इशले एकैथोक मात्र भनेपनी
रोजाइँ सधैभरी तिम्रो हुन्छ ।।
इच्छा सधैँ-सधैँ जितको हुँदैन
इच्छा कहिलेकाहिँ अरुको हितको हुन्छ
इच्छा कहिलेकाहिँ असल मितको हुन्छ
इच्छा जीवनभर एउटा सुमधुर प्रीतको हुन्छ ।।
अम्मल सधैँ-सधैँ गाँजाको हुँदैन
अम्मल कहिलेकाहिँ सत्ता , शक्ति राजाको हुन्छ
अम्मल कहिलेकाहिँ सित्तैमा पाइने खाजाको हुन्छ
एउटा उमेर हुन्छ जतिखेर
अम्मल जग्गे , जन्ती र पन्चे बाजाको हुन्छ ।।
खत सधैँ-सधैँ घाउको हुँदैन
खत कहिलेकाहिँ ॠण दिने साउको हुन्छ
घरबाट बिरामी बूढो बाउको हुन्छ
खत यो मनमा सधैँभरी
हुन नसकेको त्यो नाउँको हुन्छ ।।

No comments:
Post a Comment