बिहे गरेको ह्यारी
अनि बिहे नगरेको हरी
यो बाहेक पनि
ह्यारी र हरी बिच धेरै फरक छन् ।
बिहे नगर्नुपर्ने ह्यारीसँग कुनै कारण छैन
बिहे नगरेको बारे हरीसँग हजार कारण छन् ।
जेठो छोरो हुम
जेठमा कहाँ बिहे गर्छु ।
उसले परारको अनि पोहोरको जेठमा पनि
यसै भनेको थियो ।
असारमा जन्ती चिप्लन्छन्
साउन-भदौ यसै गरम
खास बिहेको आवश्यक्तै छैन ।
मलमास उसलाइ खुब मनपर्छ
कात्तिक र चैत उसका फेबरेट महिना
आखिर हरीसँग बिहे नगर्नुका
हजार कारण छन् ।
थेम्स किनारमा सजिएको ह्यारी
बाग्मती किनारमा झोक्राउदै गरेको हरी ।
बग्गीमा ठाँटिएको ह्यारी
नियतीले ढाँटिएको हरी ।
मेगन मार्केललाइ चाहेको ह्यारी
उसको ठामको श्रीदेविलाइ चाहेको हरी ।
मेगन मार्केलसँग ढुक्क भएको ह्यारी
श्रीदेविबाट धोका पाएको हरी ।
ह्यारी र हरी हुनुमा धेरै फरक छ
त्यसैले त
मेगन मार्केलहरु
श्रीदेविहरु
आजपनि ह्यारी कै खोजीमा छन् ।
र
हरीलाइ मलमास खुब मनपर्छ
चैत र कात्तिक उसका फेबरेट महिना हुन ।
मेरो बारेमा लेखेको हो?
ReplyDelete😂😂😂
Well written 👍
ReplyDelete